Sunday, April 19News That Matters

Breaking news 2

प्रमुख निर्वाचन आयुक्तको व्यङ्ग्य : भोलि पनि आजै भइरहने हो कि भन्ने भयो !

प्रमुख निर्वाचन आयुक्तको व्यङ्ग्य : भोलि पनि आजै भइरहने हो कि भन्ने भयो !

Breaking news 2, समाचार
निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन दिएको दुई दिनको समयसीमाको दोस्रो दिनको दुई बज्दा समेत प्रमुख ठुला राजनीतिक दलहरु आयोग पुगेका छैनन् । केही साना दलहरु भने सूची बुझाएर फर्केका छन् ।  यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रमुख दलहरु समयमै आयोगमा सूची लिएर नपुगेपछि सम्भवत भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्था महशुस गरिरहेको बताएका छन् ।  ‘विगतको समेत अनुभवलाई हेर्दा सम्भवत भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्थाको महशुस भइरहेको छ’, थपलियाले सञ्चारकर्मीसँग भने । उनले आयोगले आफ्नो सम्पुर्ण स्रोत साधन परिचालन गरेर कुनै कमजोरी हुन नदिने भन्दै आज बेलुकासम्म आयोग परिसरभित्र पस्ने सवै राजनीतिक दलको सूची बुझने बताए । ‘आयोग परिसरमा आएका सवै राजनीतिक दलहरूको काम नसक्दासम्म हामी जाँदैनौं । तरपनि उहाँहरु ५ बजेभित्र आइदिएर आज हुँदै सकिद...
श्रृजनशिल जागृत युवा क्लबको विजय सुरुवात

श्रृजनशिल जागृत युवा क्लबको विजय सुरुवात

Breaking news 2, खेलकुद, ट्रेन्डिङ, समाचार, स्थानीय
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-०६, मा वडा स्तरिय खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । श्रृजनशिल जागृत युवा क्लब नयाबस्तीले आयोजना गरेको प्रतियोगिताको आज मनहरी-०६ का वडा अध्यक्ष युबराज थपलियाको प्रमुख आतिथ्यतामा बिधिवत रुपमा उद्घाटन भएको हो ।आज भएको उद्घाटन खेलमा आयोजक टिम श्रृजनशिल जागृत युवा क्लब ( बी ) ले बिजय सुरुवात गरेको छ । निकटतम प्रतिद्वन्द्वी जोगिताल युवा क्लब २-० को गोल अन्तरले पराजित हुन पुग्यो । टिमलाई बिजय गराउनआयोजक श्रृजनशिल जागृत युवा क्लबका छेवाङ्ग लामाले खेलको पहिलो हाफको नबौ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएको थियो । अग्रतालाई बराबरीमा परिणत गर्ने हर प्रयासका बाबजुत जोगिताल युबा क्लब पहिलो हाफमा १-० ले पछि पर्यो । खेलको दौरान दोश्रो हाफमा पुन: श्रृजनशिल जागृत युवा क्लब गोल अन्तरलाई दोब्बर पार्न सफल भयो । उक्त टिमबाट राजकुमार रुम्बाले डिबक्स...
राप्रपा आबद्ध युबा अध्यक्ष राप्रपा नेपालमा प्रवेश

राप्रपा आबद्ध युबा अध्यक्ष राप्रपा नेपालमा प्रवेश

Breaking news 2, ट्रेन्डिङ, राजनीति, समाचार, स्थानीय
हेटौंडा । राप्रपा आबद्ध भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युबा संगठन बकैया गाउँ कमिटीका अध्यक्ष राजन राई राप्रपा नेपालमा प्रवेश गरेका छन् । राईले आज एक बिज्ञप्ति प्रकाशित गर्दै बिकासप्रेमी नेता कमल थापालाई सहयोग गर्नु आफ्नो राजनैतिक धर्म भन्दै कमल थापा जिताउ अभियानमा कृयाशिल हुने प्रतिबद्धता ब्यक्त गरेका छन्। उनले कमल थापाले बिचारको प्रतिपादन गरेको , पार्टी र संगठन निर्माण गरेको भनेर प्रशंसा समेत गरेका छन् । राईले अन्य सबै युबाहरुलाई कमल थापालाई जिताउन सहयोग गर्न पनि आग्रह गरेका छन् । राईलाई राप्रपा नेपालका नेताहरु गणेश थापा राजाराम बर्तौला लगायतले पार्टीमा स्वागत गरेका थिए ।...
मकवानपुरगढीको वंशगोपाल माविले असोज १ गते स्थापना दिवस र वार्षिकोत्सव मनाउने

मकवानपुरगढीको वंशगोपाल माविले असोज १ गते स्थापना दिवस र वार्षिकोत्सव मनाउने

Breaking news 2, ट्रेन्डिङ, शिक्षा, समाचार, स्थानीय
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर २ कुर्लेमा रहेको वंशगोपाल मा. वि. (प्राविधिक शिक्षालय) ले आफ्नो ४७ औँ स्थापना दिवस तथा प्रथम वार्षिकोत्सव मनाउने भएको छ । आउँदो असोज १ गते विद्यालय परिसरमा ४७ औँ स्थापना दिवस तथा प्रथम वार्षिकोत्सव मनाउने भएको हो । सोही अवसरमा विद्यालयलाई सहयोग गर्ने व्यक्तिहरुलाई शैक्षिक सम्मान गर्ने तथा गत वर्षको शैक्षिक सत्रमा प्रथम , द्धितिय र तृतिय हुने कक्षा ईसीईडी देखि कक्षा १२ सम्मका विद्यार्थीलाई पुरस्कार वितरण गर्ने विद्यालयका प्रधानाध्यापक सन्देश तुम्सिङ मगरले जनाएका छन् ।विद्यालयले यस वर्षदेखि आफ्नो वार्षिक उत्सव पनि मनाउँन लागिएको प्रधानाध्यापक मगरले बताए । प्र.अ. मगरका अनुसार बिहिबार र शुक्रबार विद्यालयमा विविध खेलकुद कार्यक्रम गर्ने र उक्त खेलकुद कार्यक्रमको पुरस्कार पनि सोही कार्यक्रममा वितरण गरिने बताएका छन् । गत वर्षदेखि विद्यालयमा प्राव...
राष्ट्रिय बाल दिवसको अवसरमा नेपाल फाउन्डेसनद्धारा शैक्षिक सामाग्री वितरण

राष्ट्रिय बाल दिवसको अवसरमा नेपाल फाउन्डेसनद्धारा शैक्षिक सामाग्री वितरण

Breaking news 2, समाचार
वीरगञ्ज । ५८औँ राष्ट्रिय बाल दिवसको अवसरमा परिवर्तन नेपाल फाउण्डेशनद्वारा शैक्षिक समाग्री वितरण गरेको छ ।वीरगञ्ज महानगपालिकाको वडा नं. २६ अठराहामा रहेको श्री नेपाल राष्ट्रिय आधरभुत विद्यालयमा अध्यनरत रहेका बालबालिकालाई परिवर्तन नेपाल फाउण्डेशनले शैक्षिक समाग्री वितरण गरिएको फाउण्डेशनका कोषाध्यक्ष शुशिल पटेलले जनाएका छन् । परिवर्तन नेपाल फाउण्डेशनको अध्यक्ष रणधीर वर्णवालको सभापतित्वमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालिकाको पुर्व उप प्रमुख एंव समाज सेवि शल्मा खातुन, अतिथि विद्यालयका प्रधानाध्यापक मोहनलाल प्रसाद कुर्मी, वडा सदस्य प्रदिप कुर्मी ,संस्थाका संचालन प्रमुख अतुल राउत, सदस्य बालेश्वर साह, राजन साह र कुसुम चौहान लगायतको उपस्थित रहेको थियो ।कार्यक्रममा पुर्व उप प्रमुख खातुनले वीरगञ्ज महानगरमा यो विद्यालय हुदा हुदै पनि यहाँको अवस्था अस्त व्यस्त छ । यस्मा स्थानीय सरकार ...
वीरगञ्ज महानगरपालिका- ६    मिनाबजार स्थित  अवैधरुपमा बनेको संरचना भत्कियो

वीरगञ्ज महानगरपालिका- ६ मिनाबजार स्थित अवैधरुपमा बनेको संरचना भत्कियो

Breaking news 2, ट्रेन्डिङ, समाचार, स्थानीय
वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ६ स्थित मिनाबजारको नाला र सडकमाथिको अवैधरुपमा निर्माण भत्काएको छ । बुधबार विहान वडाध्यक्ष जयप्रकाश साह (अग्रवाल)को सक्रियतामा मिनाबजारको नालामाथिको अतिक्रमण भत्काउने अभियान थालिएको हो । वडाभरिनै सार्वजनिक जगा माथि गरिएको अतिक्रमण हटाइने वडाध्यक्ष साहले जनाएका छन् । वडाध्यक्षका अनुसार पछिल्लो समय निर्माण भएका केही घरहरुको नालामाथिनै पिलर बनाइका छन् । ‘सडकको उचाईभन्दा केही इन्च बढाएर नालामाथि प्लेट/स्लेब राखिएका छन् । जसले गर्दा सडकको चौडाई झन साँघुरिएको छ,’ उनले भने, ‘सडककै उचाईमा नालामाथि स्लेब हाल्ने योजना छ । यसको लागि बजेट समेत विनियोजन गरिएको छ ।’ नालाको पर्खालमाथि नै घर निर्माण गरेका छन् । ‘केही व्यक्तिले बढीनै अतिक्रमण गरेका छन् । जसले गर्दा मिनाबजारको सडक झन साँघुरो भएको छ,’ वडाध्यक्ष साहले भने, ‘यसका लागि महानगरपालिकाको नक्सा शाखासँग समन...
बालबालिकालाई भविष्यको जिम्मेवार नागरिक बनाउन लागिपरौं : प्रदेश प्रमुख शर्मा

बालबालिकालाई भविष्यको जिम्मेवार नागरिक बनाउन लागिपरौं : प्रदेश प्रमुख शर्मा

Breaking news 2, ट्रेन्डिङ, समाचार
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज भदौ २९ गते बुधबार मनाइदै गरिएको राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्नुहुँदै नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्दता गरेको दिनका अवसरमा हामी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आइरहेको उल्लेख गर्नुभएको हो ।‘‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’’ भन्ने नारासहित आज मनाइदै गरिएको ५८ औं राष्ट्रिय बाल दिवसका सन्दर्भमा प्रमुख शर्माले आफ्नो सन्देशमा नेपालको संविधानले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता अधिकार व्यवस्था गरेको उल्लेख गर्नुभएको छ । ‘बालबालि...
दिपेन्द्र चन्द ठकुरीले लौरो चुनाव चिन्हबाट चुनाव लड्ने

दिपेन्द्र चन्द ठकुरीले लौरो चुनाव चिन्हबाट चुनाव लड्ने

Breaking news 2, ट्रेन्डिङ, समाचार
हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका दिपेन्द्र चन्द ठकुरीले स्वतन्त्र रुपमा लौरो चुनाव चिन्हबाट चुनाव लड्ने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेद्वार ठकुरीले लौरो चुनाव चिन्ह लिएर चुनाव लड्न लागेका हुन् । बा आमालाई टेकाउने, भ्रष्टहरुलाई सेकाउने मुल उद्देश्यका साथ ठकुरी जनताको सेवा गर्न चुनावी मैदानमा होमिन थालेका हुन् । स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियानमा जोडिएर अगाडि आएका उनले जनताको सेवक भएर सेवा गर्ने इच्छा भएको बताए । स्वतन्त्र सरकार निर्माण गरौ, भ्रंष्टहरुलाई बिदाई गरौं भन्ने मुल नाराका साथ देशैभरबाट अहिले स्वतन्त्र अभियानमा युवाहरुको लहड नै लागेको छ । स्थानीय तहको निर्वाचनमा काठमाडौंमा वालेन्द्र साह र धरानमा हर्क साम्पाङले स्वतन्त्र रुपमा चुनाव जितेपछि राजनीतिक दलबाट दिक्क र आजित भएका जनताले स्वतन्त्र ...
पाकिस्तानलाई २ कराेड बराबरको   राहत सामाग्री सहयोग गर्ने सरकारकाे निर्णय

पाकिस्तानलाई २ कराेड बराबरको राहत सामाग्री सहयोग गर्ने सरकारकाे निर्णय

Breaking news 2, समाचार
काठमाडौं । नेपालद्वारा पाकिस्तानलाई रु दुई करोड मूल्य बराबरको राहत सामग्री सहयोगस्वरुप उपलब्ध गराइने भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षति भएको जनाउँदै राहतस्वरुप सहयोग उपलब्ध गराइने बताए । यही भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार सहयोग गर्न लागिएको मन्त्रालयले जनाएको छ । पाकिस्तानमा विपद्मा परी मृत्यु हुनेप्रति नेपाल सरकारले श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।...
चिनियाँ सभामुख ली नेपाल आउँदै

चिनियाँ सभामुख ली नेपाल आउँदै

Breaking news 2, समाचार
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु औपचारिक नेपाल भ्रमणका लागि सोमबार नेपाल आउँदै छन् । लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमण आउन लागेको र उनीहरु भदौ २९ गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयको भनाइ छ । सोमबार नै सभामुख सापकोटा र चिनियाँ नेता लीबीच भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । सभामुख सापकोटाले लीको सम्मानमा साँझ रात्रिभोजको आयोजना गर्नेछन् । मङ्गलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्नेछन् । बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची रहेको छ । नेपाल भ्रमणका क्रममा अध्यक्ष लीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली,...