Saturday, April 25News That Matters

Author: हाम्रो सर्लाही

अमेरिकी सांसदमा नेपाली मूलका दुई उम्मेदवार विजयी

अमेरिकी सांसदमा नेपाली मूलका दुई उम्मेदवार विजयी

Breaking news 1, समाचार
अमेरिकाको चुनावमा उमेदवार बनेका नेपालीमूलका दुवैजना विजयी भएका छन् ।मेरिल्यान्ड जनरल एसेम्बलीका लागि मेरिल्यान्ड राज्यको विधायक (सांसद) मा डेमोक्र्याट पार्टीका तर्फबाट नेपाली मूलका डा. ह्यारी भण्डारीले पुनः जीत हासिल गर्नुभएको छ । उहाँ कुल १३ हजार ९४९ मत ल्याएर पहिलो निर्वाचित विधायक बन्नुभएको छ । यो कुल खसेको मतको २० दशमलव २७ प्रतिशत हो । सन् २०१८ मा सम्पन्न चुनावमा विजयी भएर अमेरिकाको मूलधारको राजनीतिमा जित हासिल गर्ने पहिलो नेपाली बन्नुभएका भण्डारीले आफ्नो क्षेत्रका नागरिकलाई शिक्षामा सुधारको अभियान अगाडि सार्नुभएको थियो । यसका लागि उहाँले दुवै पटकको चुनावमा ‘टिचर फर डेलिगेट’ भन्ने नारा अगाडि सार्नुभएको थियो । हयारीसहित डेमोक्र्याट पार्टीका कार्ल ज्याक्सन र निक एलेनले पनि विजयी हासिल गर्नुभएको छ । कार्लले १३ हजार ती सय एक मत र निकले १२ हजार पाँच सय ४७ मत प्राप्त गर्नुभएको छ । डिष्...
आज मिति २०७९ कार्तिक २४ गते विहिबारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ कार्तिक २४ गते विहिबारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अनयाँ कार्य थालनिका निम्ति आटँ र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोबिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । मान्यजन को साथ प्राप्त हुनेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत...
धानको मूल्य वृद्धि

धानको मूल्य वृद्धि

Breaking news 1, कृषि समाचार
सरकारले धानको मूल्यमा वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम् समर्थन मूल्य तोकेको छ ।  कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा.प्रकाश सञ्जेलका अनुसार कात्तिक १६ गते बसेको मन्त्रिपरिषदको बैठकले धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम् समर्थन मूल्य तोकेको हो । मोटा धानको प्रति क्विन्टल दुई हजार ९६७ रूपैयाँ र मध्यम धानको प्रतिक्विण्टल तीन हजार १२८ रूपैयाँ न्यूनतम् समर्थन मूल्य तोकिएको प्रवक्ता सञ्जेलले जानकारी गराए ।  गत वर्षको तुलनामा मोटा धानको मूल्य प्रतिक्विन्टर २१५ रूपैयाँ वृद्धि भएको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल २६६ रुपैयाँ वृद्धि भएको छ । किसानले धान भित्र्याउन लागेको बेला सरकारले धानको मूल्य वृद्धि गर्दै समर्थन मूल्य तोकेको हो । सरकारले तोकेको न्यूनतम् मूल्यभन्दा कममा धान खरिद बिक्री गर्न पाइँदैन ।...
ओलीले फेरि प्रधानमन्त्री बनेर देखाए हुन्छ- प्रचण्ड

ओलीले फेरि प्रधानमन्त्री बनेर देखाए हुन्छ- प्रचण्ड

Breaking news 1, राजनीति
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिनुभएको छ । आज दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई आफैंले प्रधानमन्त्री बनाए पनि ओलीले आफैले बनाएको संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको बताउनुभयो । उहाँले तत्कालीन समयमा ओलीले एकपटक आफूलाई प्रधानमन्त्री बनाइदिनुुस् भनेकाले आफूले सहयोग गरेर दोस्रो पटक प्रधानमन्त्री बनाइएको भन्दै पुन प्रधानमन्त्री बनेर देखाउन चुनौती दिनुभयो । प्रचण्डले केपी ओलीले आफूले लिम्पियाधुरा लिपुलेक समेटेर बनाएको नक्सा पनि ओलीले बाध्य भएर मात्रै बनाएको टिप्पणी गर्नुभयो ।...
जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, १२ जना घाइते

जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, १२ जना घाइते

Breaking news 1, समाचार
प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । १२ जना घाइते भएका छन् । प्युठान नगरपालिका– ५ पूर्णा गाउँ कुना पानीमा गएराति साढे १२ बजे लु १ ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा पूर्णा गाउँकी ५२ वर्षकी मैमा घर्ती, ४३ वर्षकी बच्ची थापा र ४६ वर्षका खुमन थापाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको जिल्ला अस्पतालमा बिजुवारमा उपचार भइरहेको छ । प्युठान नगरपालिका–१ खैरामा लाग्ने पूर्णिमा मेला हेरेर फर्किएका व्यक्ति दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।...
आज मिति २०७९ कार्तिक २३ गते बुधबारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ कार्तिक २३ गते बुधबारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउन केही समय पर्खनुपर्नेछ । बौद्धिक व्याक्तित्वहरू सामु तपार्इंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अघि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो जीवनशैली व्यास्त भए पनि आर्थिक रूपमा पछि नै परिनेछ । आमा तथा आफ्नैबाट टाडिनुपर्ने बाध्यता आउनेछ । अध्ययनमा समय दिन नसक्दा सफलता चुम्न निकै मुस्किल पर्नेछ । मायाप्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ भने साथीभाइले नै धोका दिन सक्छन् । स्थायी सम्पत्तिमा विवाद आउनेछ । तर पनि कृषि तथा पशुपालन व्यावसाय भ...
डोटीमा गएराती ६.६ म्याग्निच्यूडको भूकम्प, ६ जनाको मृत्यु

डोटीमा गएराती ६.६ म्याग्निच्यूडको भूकम्प, ६ जनाको मृत्यु

Breaking news 1
भूकम्पमा परेर डोटीको पूर्विचौकी गाउँपालिकाको वडा नं ३ गैरागाँउमा ६ जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन् । एक जना बेपत्ता भएका र एक  जना बच्चाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । भूकम्पले ८ वटा घर भत्किएका छन् । भूकम्पले थप क्षति गरेको हुन सक्ने आशंका छ । क्षतिको विवरण संकलनको काम भइरहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । गएराति डोटीमा तीन पटकसम्म भूकम्प गएको थियो । गएराति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार त्यसअघि पनि त्यही क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यसअघि ९ बजेर ७...
परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने

परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने

Breaking news 1, समाचार
 मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने चुनावमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ । आयोगले परिचयपत्रका साथै नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा, सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार चुनावकाे सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएक...
कांग्रेसले बागी उम्मेदवारी दिने ७४ जनालाई पार्टीबाट निकाल्याे (सूचीसहित)

कांग्रेसले बागी उम्मेदवारी दिने ७४ जनालाई पार्टीबाट निकाल्याे (सूचीसहित)

Breaking news 1, राजनीति
नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ नेता कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै कारबाही गरेको हो । कारबाहीमा पर्नेमा पूर्वसांसद अमरेशकुमार सिंह, कांग्रेस पर्साका पूर्वसभापति अजयकुमार द्विवेदी, कांग्रेस बझाङका पूर्वसभापति हर्कजङ्गबहादुर सिंह, सिन्धुपाल्चोकका पूर्वक्षेत्रीय सभापति बद्री चौलागाइँ, पूर्वराज्यमन्त्री राजेन्द्रबहादुर शाह, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हेमराज तातेड, पूर्वसांसद महादेव गुरुङलगायत हुनुहुन्छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि पार्टीको सदस्यता नरहने गरी ती ...
सांस्कृतिक पर्व जोगाउन चन्द्रनगरमा समा–चकेवा उत्सव, उत्कृष्ट हुने परिस्कृत

सांस्कृतिक पर्व जोगाउन चन्द्रनगरमा समा–चकेवा उत्सव, उत्कृष्ट हुने परिस्कृत

Breaking news 1, सर्लाही बिशेष
चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा समा–चकेवा उत्सव सम्पन्न भएको छ । मंगलवार गाउँपालिकाको आयोजना तथा गाउँपालिकाको अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा समा–चकेवा उत्सव सम्पन्न भएको छ । समा–चकेवा उत्सव प्रदर्शनीमा उत्कृष्ट हुने क्लबहरुलाई परिस्कृत समेत गरिएको छ । परिस्कृत हुने क्लबहरु नव निर्माण युवा क्लब खडकाटोल, श्री युनाइटेड युथ क्लब खडकाटोल, श्री जनज्योती युवा क्लब चन्द्रनगर रहेको छ । प्रथम हुने नव निर्माण युवा क्लब खडकाटोललाई नगद रु १५ हजार तथा प्रमाणपत्र, दोस्रो हुने श्री युनाइटेड युथ क्लब खडकाटोललाई नगद रु. १० हजार तथा प्रमाण पत्र र तेस्रो हुने श्री जनज्योती युवा क्लब चन्द्रनगरलाई नगद रु ७ हजार तथा प्रमाण पत्र प्रदान गरिएको कार्यक्रमको उदघोषक अमृत चौधरीले जानकारी दिनुभयो ।गाउँपालिका अध्यक्ष राजकुमार महतोले तराई मधेशमा सांस्कृती पर्व जोगाउन कुनै पनि निकाय बाट कार्यक्रम न...