Saturday, April 25News That Matters

Author: हाम्रो सर्लाही

चुनाव नजिकिदा सर्लाही क्षेत्र नं २ मा राजेन्द्र महतोप्रति जनताहरु आकर्षण बढ्दै

चुनाव नजिकिदा सर्लाही क्षेत्र नं २ मा राजेन्द्र महतोप्रति जनताहरु आकर्षण बढ्दै

Breaking news 1, राजनीति
मनोज यादव/सर्लाही । आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोको उम्मेदवारीले यस क्षेत्रको राजनितीमा छुट्टै तरङ सिर्जना गरेको छ। सत्ता गठबन्धनको उम्मेदवारका रूपमा महिन्द्र राय यादव भएपनि महतोको लोकप्रियता भने प्रशंसा योग्य रहेको क्षेत्रबासीहरुले बताउदै आएका छन। यसै कारण पनि यादव र महतो एउटै सातरुढगठबन्धनकमा भएपनि मितत्रबद प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्यद्वय महतो र यादवबीचको चुनावी भिडन्तलाई मधेशको राजनीतिमा देखिएको फुटपछिको शक्ति प्रदर्शनको रूपमा हेरिएको छ। लोसपाका वरिष्ठ नेता महतोले २०७४ को प्रतिनिधि सभाको चुनावममा धनुषा क्षेत्र नं -३ बाट पुर्व गृह मन्त्री समेत रहेका बिम्लेन्द्र निधिलाई २ हजार ९०३ मतले पराजित गरेका थिए। महतोले ३० हजा...
सर्लाहीमा माओवादीका ‘बागी’ पार्टीबाट निष्काशित

सर्लाहीमा माओवादीका ‘बागी’ पार्टीबाट निष्काशित

Breaking news 1, राजनीति, सर्लाही बिशेष
लालबन्दी । सर्लाहीमा नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिने र उनीहरुका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्काशन गरिएको छ । पार्टीको मधेश प्रदेश कमिटीका इन्चार्ज गणेश साहले सर्लाहीमा पार्टीका ११ जना नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेका हुन् । कारवाहीमा पर्नेमा ५ जना बागी उम्मेदवार र बाँकी ६ जना उनीहरुको प्रस्तावक तथा समर्थक छन् । ५ दलिय गठवन्धनको विरुद्धमा उम्मेद्वारी दिएका सर्लाही क्षेत्र नं. १ (ख) बाट राजनकुमार श्रेष्ठ र क्षेत्र नं. ३ (क) बाट जवाहारलाल कुशवाहालाई पार्टीले कारवाही गरेको छ । श्रेष्ठले बागी दिएको क्षेत्र नं. १ (ख) मा गठवन्धनबाट नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र कुशवाहाले बागी दिएको क्षेत्र नं. ३ (क) बाट समाजवादीकै डिल्लीप्रसाद उप्रेतीको उम्मेदवारी परेको छ । त्यस्तै, सर्लाही क्षेत्र नं. ४ (ख) बाट बागी उम्मेदवारी दिने तीन जना नेता महेन्द्र...
एनसिई जिल्ला समन्वय समिति सर्लाही द्वारा राजिनितिक दलका प्रतिनिधि तथा प्रतिनिधि सभा सदस्य प्रत्यासीहरुलाई सार्वजनिक शिक्षा सुधारको लागि सुझाब पत्र हस्तान्तरण

एनसिई जिल्ला समन्वय समिति सर्लाही द्वारा राजिनितिक दलका प्रतिनिधि तथा प्रतिनिधि सभा सदस्य प्रत्यासीहरुलाई सार्वजनिक शिक्षा सुधारको लागि सुझाब पत्र हस्तान्तरण

राजनीति, सर्लाही बिशेष, स्थानीय
मनोज यादव / सर्लाही l नेपालका लागि शिक्षा अभियान( NCE Nepal ) जिल्ला समन्वय समिति सर्लाहीले जिल्लाका विभिन्न राजिनितिक दलका प्रतिनिधि तथा प्रतिनिधि सभा सदस्य पदका प्रत्यासी उम्मेदवारहरुलाई सर्लाही जिल्लामा विद्यमान गुणस्तरहिन शिक्षाको सुधारका योजनाहरु चुनावी घोषणापत्रमा उल्लेख गर्न १६ बुँदे सुझाव सहितको पत्र हस्तान्तरण गरेको छ। समितीले जिल्ला संयोजक राजेश पासवानको अगुवाइमा नेपाल समाजबादी पार्टीका केन्द्रीय अध्यक्ष महेन्द्र राय यादव ,लोसपा का बरिष्ठ नेता राजेन्द्र मह्तो , नेकपा एमाले का प्रतीनिधि सभा सदस्य उमेदवार राज नरायन साह र स्वतन्त्र उमेदवार डा.बिरवंश बैठलाई सुझाब पत्र हस्तान्तरण गरेको हो। एनसिइ नेपालले राजनीतिक दलहरुकाघोषणापत्र तथा चुनावी मुद्दामा १. आधारभूत तथा माध्यमिक शिक्षामा व्याप्त निजीकरण तथा व्यापारीकरणको अन्त्य गर्न निजी तथा नाफामूलक विद्यालयहरुलाई निजी तथा सार्वजनिक ग...
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने बुधबार सर्लाही  आउँने

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने बुधबार सर्लाही आउँने

राजनीति
मलंगवा l राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछाने बुधबार सर्लाही आउने भएका छ ।मंसिर ४ गते हुने निर्वाचन लक्षित कार्यक्रलाइ सम्वोधन गर्न लामिछाने सर्लाहीको सदरमुकाम मलंगवा आउन लागेका पार्टीले जानकारी दिएको छ। यसपालि भोटको घण्टी जन्ताको कानमा बज्नु पर्छ, भरष्टचारको बेथिति खोल्नु पर्छ, भन्ने मुल नाराका साथ सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० मा रहेको तिनबिघे मैदानमा जिल्ला कमिटिले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न लामिछाने आउन लागेको हो। कात्तिक २३ गते बुधबार बिहान ७ बजेको लागि तय गरेको लामिछानेको सम्बोधन कार्यक्रममा जिल्लाभरीबाट करिब १० हजार समर्थकहरुको उपस्थित रहने पार्टीले दाबी गरेको छ।...
कविता – तिमी ब्वाँसा मार्ने बन : परशुराम घिमिरे निदान

कविता – तिमी ब्वाँसा मार्ने बन : परशुराम घिमिरे निदान

मनोरञ्जन
समय समयको कुरा हो सानीत्यति खेर एक्लै हिड्न डराउन्नथ्यौलोग्ने मान्छेमान्छे थिए तरआज व्वाँसा भएका छन् ।त्यत्रो जंगल कटेर तिमी स्कुल जान्थ्यौकहिल्यै गुहार माग्न परेनहेर ! त आज भरी बजारमा डर छत्रास छ र अन्यौल छ ।साथीले साथी चिन्दैनआफ्नाले आफ्ना भन्दैनबस ! लुछ्न मात्रै खोज्छन्जताततै । स्कुलमा शिक्षकअस्पतालमा डाक्टरसबका सबलुटेरा भैसके ।हामीले सरस्वती पूजाको लागिनाटक मन्चन गर्दारातभरी सँगै बस्यौको केटा को केटी थाहा भएनत्यसताका समाजको मूल्य थियोमान्यता थियोमर्यादा र सम्मान थियोअझ भनौँ आफ्नोपना थियोअब विराना भएआस्था र विस्वाश । हेर त !आज डर मर्नु छ शहर ,हाट बजार ,घर ,खेतजता ततै डुलिरहेछन् पागलहरुबच्न पर्छ तिमी नै ।यहाँ , आफन्त र कानुनलेमद्दत गर्ने छैनराहत पाएर के गर्छयौ रलुटिए पछि ?बस! कालू तिमी आफैँबलियो बनब्वाँसा मार्ने बन । परशुराम घिमिरे निदान...
घारेको टोकाईबाट रन्जितपुरमा एक बृद्धाको ज्यान गयो

घारेको टोकाईबाट रन्जितपुरमा एक बृद्धाको ज्यान गयो

सर्लाही बिशेष, स्थानीय
लालबन्दी । सर्लाहीको रन्जितपुरमा आज दिउँसो घारेको टोकाईबाट एक बृद्धाको ज्यान गएको छ । लालबन्दी ५ रन्जितपुरमा आफ्नै घरमा बसिरकेको अबस्थामा अन्दाजी ९५ बर्षिय बृद्धा राम सखी यादवलाई जंगली घारेले टोकेको हो । नजिकैको सिम्मलको रुखमा बसेको घारेलाई बाज, चील लगाएतका चराले बिच्क्याएको र घाँस काट्न गएकी एक महिलालाई लखेटे पछि उनी ज्यान जोगाउन मृतक यादवको घरमा पसेकि थिईन । घाँसे महिला घर भित्र परेपछी यादवको घर परिवार र बस्तुभाउलाई घारेले टोकेको मृतकका आफन्तले बताएका छन । घारेले हजार पटक भन्दा बढी पटक टोकेपछी बृद्धालाई लालबन्दिको सुर्योदय हस्पिटलमा उपचारको लागि लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।...
नेकपा(बहुमत)द्वारा सर्लाहीका विभिन्न ठाउँमा भित्तेलेखन सम्पन्न

नेकपा(बहुमत)द्वारा सर्लाहीका विभिन्न ठाउँमा भित्तेलेखन सम्पन्न

सर्लाही बिशेष
सर्लाही । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सर्लाहीले जिल्लाको विभिन्न ठाउँ तथा सार्बजनिक स्थानहरुमा भित्तेलेखन गरेको छ। जनतालाई जागरुक बनाउने र आफ्नो कार्यक्रमको प्रचार गर्ने उदेश्यले पर्चा, पम्पलेटिङ अनि प्रचार प्रसारको कामलाई व्यापक बनाईएको नेकपा(बहुमत)ले जनाएको छ । नेकपा(बहुमत)का सर्लाही संयोजक बिहानीका अनुसार दलाल पुँजीवादी संसदीय व्यबस्थाको कथित चुनाब अवज्ञा गरौं, एकीकृत जनयुद्ध जिन्दावाद, सुकुम्बासीलाई तत्काल लालपुर्जा बितरण गर, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिन्दावाद लगायतको नाराहरु व्यापक रुपमा लेखिएको छ । यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई बहिस्कार तथा अवज्ञा गर्न नेकपा(बहुमत)ले प्रचार प्रसारको कामलाई तिव्र बनाएको हो । यस अघि गत असोज ३० गते सर्लाहीको हरिवन चोकमा संयुक्त निर्वाचन अवज्ञा जनसभा पनि सम्पन्न गएको थियो ।...
कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

समाचार
 हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ ।  देशका अन्य भूभागको मौसम सामान्यतः सफा रहेको छ ।  आज दिउँसो सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ । देशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । भोलि प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।...
निगमलाई १५ दिनमा १८ कराेड रुपैयाँ नाफा, तत्काल भाउ नघट्ने

निगमलाई १५ दिनमा १८ कराेड रुपैयाँ नाफा, तत्काल भाउ नघट्ने

अर्थ
 एजेन्सी |  भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको भाउ बढाएर पठाएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको छ । निगमका अनुसार खासगरी डिजल र हवाई इन्धनको मूल्य धेरै बढेको छ । नयाँ मूल्यसूचीअुनसार पेट्रोलमा प्रतिलिटिर ६१ पैसा, डिजलमा प्रतिलिटिर ५ रुपैयाँ ७६ पैसा, मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ ०१ पैसा र हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ ७७ पैसा बढेर आएको छ । एलपी ग्यासको मूल्य भने केही घटेर आएको निगमले उल्लेख गरेको छ । निगमले अझै १५ दिनमा डिजलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा र खाना पकाउने ग्यासमा २ सय २८ रुपैयाँ ८४ पैसा प्रतिसिलिन्डर घाटा रहेको जनाएको छ । पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा नै छ । निगमले अहिलेलाई नेपाली बजारमा भने पेट्रोलियम पदार्थको साव...
मधेश प्रदेश सरकार र प्रदेश सभा सचिवालयसँग विवरण माग

मधेश प्रदेश सरकार र प्रदेश सभा सचिवालयसँग विवरण माग

समाचार
निर्वाचन आयोगले मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश सभा सचिवालयलाई पत्र पठाइ प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीसमेतले गाडी नबुझाइ निजी नम्बर प्लेट कायम गरी चुनाव प्रचारमा हिँडेको हो/होइन भन्ने विषयमा विवरण उपलब्ध गराउन पत्र पठाएको छ । आयोगले मङ्सिर ४ गते हुने चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन जारी गरिएको निर्वाचन आचारसंहिता २०७९ को दफा ४ को खण्ड (क) मा सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने व्यवस्था रहेको स्मरण गराउँदै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीसमेतले गाडी नबुझाइ निजी नम्ब रप्लेट कायम गरी हिँडेको भनी उजुरी प्राप्त हुन आएको जनाएको छ । ‘त्यस सम्बन्धमा के कसो भएको हो ? प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा सरकारी पदाधिकारीलाई सरकारी सुविधास्वरूप उपल...