Saturday, April 25News That Matters

Author: हाम्रो सर्लाही

‘नो रोड नो भोट’ भन्दै कौडेनामा उम्मेदवारलाई गाउँ छिर्न रोक

‘नो रोड नो भोट’ भन्दै कौडेनामा उम्मेदवारलाई गाउँ छिर्न रोक

Breaking news 1, सर्लाही बिशेष, स्थानीय
 सर्लाही । सर्लाहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कौडेना गाउँपालिका ३ का बासिन्दाले उम्मेदवार र उनीहरुका प्रतिनिधिलाई गाउँ छिर्न रोक लगाएका छन् । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि दलहरुले प्रचार प्रसार गर्न थालेपछि युवाहरुले उम्मेदवारलाई गाउँ छिर्न रोक लगाउँदै नारावाजी गरेका हुन । गाउँका युवाले हुलाकी राजगार्कमा ढाट राखेर र टायर बालेर प्रदर्शन गरेका छन् । हुलाकी राजमार्ग र गाउँको सडक नबनेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले ‘नो रोड नो भोट’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन पनि गरेका छन् । प्रदर्शनको नेतृत्व गरेका कौडेना गाउँपालिका ३ का वडाध्यक्ष पचु चौधरी कल्वारले नेता र नेतृत्वबाट पटक पटक धोका भएकोले गाउँमा राम्रो सडक नबनेकाले विरोध गर्नु परेको बताए । उनले हुलाकी राजमार्ग पीच नगरेकै कारण धुलोले गाउँलेको स्वास्थ्य समे...
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

Breaking news 1
काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् । गुजरावालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । र्‍यालीमा रहेका उनीसवार कन्टेनरमा आक्रमणकारीले ३-४ राउण्ड गोली हानेका थिए । पाकिस्तान तहरीक-ए-इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ र उनलाई उपचारका लागि लाहोर पठाइएको छ । घटनामा अरु ३-४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । घाइते हुनेमा पाकिस्तान तहरीक-ए-इन्साफका  नेता फैसल जावेद पनि छन् । गोली हान्ने एक जना व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले बताएको छ ।...
गठबन्धनका उमेदवार राजेन्द्र महतोको साथ जंगीलाल र मेथुरको चुनावी अभियान तिब्र /घरदैलोमा जनताको बाक्लो उपस्थिति

गठबन्धनका उमेदवार राजेन्द्र महतोको साथ जंगीलाल र मेथुरको चुनावी अभियान तिब्र /घरदैलोमा जनताको बाक्लो उपस्थिति

राजनीति
सर्लाही l मधेसका प्रभावशाली नेता राजेन्द्र महतो मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सर्लाहीको संसदीय निर्वाचन क्षेत्र न-२ मा आफ्नो चुनावी अभियानलाई तिब्र पारेको छ। चुनाव आउन अब केही दिनमात्र बाँकी रहँदा उहाँले सर्लाही क्षेत्र न-२ (क )बाट प्रदेश सभा सदस्य उमेदवार जंगीलाल राय र २(ख ) बाट मेथुर चौधरीको साथमा अभियानलाई तिब्र पार्नुभएको छ।उहाँहरु अहिले चुनावी अभियानको क्रममा बिहान देखि अबेर रातिसम्म आफ्ना क्षेत्रका जनताहरुको घरदैलोमा पुगेर आम जनताको दु:ख,पीडा र समस्याहरुको बारेमा जानकारी लिई रहनु भएको छ। जनताको समस्या आफुले भलिभाँति बुझेकोले उनीहरुको समस्या र दु:ख लाई पनि आफ्नै समस्या र दु:ख बुझेको महतोले बताए । महतो लोकतान्त्रिक समाजवादी पार्टीको चुनाव चिन्ह साइकल छाप लिएर चुनावी मैदानमा उत्रिनु भएको छ भने पनि यही निर्वाचन क्षेत्रबाट यादव यसपटक नेकपा माओवादी केन्द्रको चुन...
डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)

अर्थ
काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबार(आज)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । युरो एकको खरिद दर १३० रुपैयाँ ८९ पैसा र बिक्री दर १३१ रुपैयाँ ४९ पैसा रहेको छ ।    बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ९७ पैसा र बिक्री दर १५२ रुपैयाँ ६६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।  कुन देशको मुद्राको दर कति ?...
सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रमा शसस्त्रका डीएसपीको कमाण्ड

सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रमा शसस्त्रका डीएसपीको कमाण्ड

सर्लाही बिशेष
सर्लाही ।  सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा शसस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा निर्वाचन सुरक्षा वेस खडा भएको छ । ४ मंसिरको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी चारवटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीले शसस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा जनशक्ति परिचालन गरिएको हो । जिल्लाको क्षेत्र नं. १ को सागरनाथ, क्षेत्र नं. २ को मलंगवा, क्षेत्र नं. ३ को हरिवन र क्षेत्र नं. ४ को गोडैतामा निर्वाचन सुरक्षा बेश राखिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा. गण सर्लाहीका सशस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि जिल्लामा रहेका बाहेक काठमाडौंसहित अन्य ठाउँबाट पनि थप मद्दतमा जनशक्ति खटाइने छ । आवश्यकता र संवेदनशीलताको आधारमा जनशक्ति परिचालन हुने र बाहिरी जिल्लाबाट थप मद्दत टोली आइरहेकाले निर्वाचनमा ...
चुनाव बिथाेल्ने गतिविधि हुन दिइँदैन : निर्वाचन आयाेग

चुनाव बिथाेल्ने गतिविधि हुन दिइँदैन : निर्वाचन आयाेग

राजनीति
सर्लाही । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने बताएको छ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरूले चुनाव बिथोल्ने अभिव्यक्ति दिइरहेका बेला आयोगले त्यसो हुन नदिन सचेत रहेको जनाएको हो ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बुधवार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा चुनाव बिथोल्ने खालको गतिविधि हुन नदिने गरी सुरक्षा योजना बनाउने बताउनुभयो । उहाँले विप्लव नेतृत्वको नेकपाको नाम नलिइ कुनै राजनीतिक समूहले भनेको कुरालाई आयोगले गम्भीरतापूर्वक लिएको र त्यहीअनुसारको सुरक्षा योजना बनाउने विषयमा छलफल सुरु गरिएको पनि बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘कुनै राजनीतिक समूहले चुनाव बिथाेल्ने भनेकाे कुरालाई हामीले गम्भीररूपमा लिएर छलफल गरेका छौँ । च...
चुनावमा सुरक्षाकर्मीबाहेक दुई लाख ४६ हजार जनशक्ति खटिने

चुनावमा सुरक्षाकर्मीबाहेक दुई लाख ४६ हजार जनशक्ति खटिने

राजनीति
काठमाण्डाै | मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सुरक्षाकर्मी बाहेक झण्डै दुई लाख ४६ हजार जनशक्ति परिचालन हुँदैछन् । आवश्यक कर्मचारी तथा चुनावको तयारी निरन्तर भैरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी आवश्यकता अनुसार कर्मचारी नियुक्त गर्न वा तोक्न सक्ने व्यवस्था छ । आयोगको मुख्य कार्यालयमा समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचनको कार्यालयमा ५५ जना, असोज २० गतेसम्म सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सञ्चालन भैसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृतसहित नौ जना र निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जना ...
आज मिति २०७९ कार्तिक १६ गते बुधबारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ कार्तिक १६ गते बुधबारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज अर्थ लाभको योग छ । व्यापारव्यवसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । यात्रा गर्दा सूर्योदयको दर्शन र पूर्वतर्फको यात्रा गर्नुहोला । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आज अर्थ लाभ हुनेछ । त्यसो त मनमा निरासा छाउने छ । पारिवारिक समस्याका कारण आयभन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्नुपर्ला । आजको दिन मौन रहनु तपाईहरुको लागि शुभ मानिन्छ । कसैसँग विवाद गर्नु हानी मात्र हुनेछ । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह  आज समय र दिन अनुकुल छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ, व्यापार व्यवसायमा सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा...
सामाजिक अभियान र राजनीतिको कनेक्सन  नीति निर्माणको तहमा जानकै लागि मैले आफ्नो उम्मेदवारी दिएको हुँ :सरोज राय

सामाजिक अभियान र राजनीतिको कनेक्सन नीति निर्माणको तहमा जानकै लागि मैले आफ्नो उम्मेदवारी दिएको हुँ :सरोज राय

राजनीति
मनोज यादव / सर्लाही l सर्लाहीको संसदीय निर्वाचन क्षेत्र -३(ख) को चुनावी दौडमा समाजिक अभियन्ताको रुपमा सुपरिचित सरोज राय अग्रपंक्तिमा रहेको छ। मधेश प्रदेशको सर्लाही ३ (ख) मा प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका रायले जनता समाजवादी पार्टी नेपालबाट टिकट लिएर चुनाव लड्ने सोचमा हुनुहुन्थ्यो तर सो पार्टीबाट उहाँले टिकट नपाएपछि प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको हो। तराई मधेशमा मात्र होइन, उहाँ देशभरमै एउटा समाजिक अभियनताको रुपमा परिचित हुनुहुन्छ । उहाँले विभिन्न विपदमा सहयोग जुटाउनेदेखि लिएर वैदेशिक रोजगारमा गई समस्यामा परेका ब्यक्तिहरुको उद्धार गर्दैआउनु भएको छ । उहाँले समाजमा कसैलाई कुनै आपत्त बिपत्त परेको छ भने त्यसबाट उद्धार गर्न अगाडी बढ्ने गरेको स्थानीयहरुले बताएका छन् । चाहे कोही विरामी परेको होस् या कसैको घरको झगडा होस् अथवा प्रहरी प्रशासनबाट पिडित...
माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्ने

माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्ने

राजनीति
मंसिर ४ गते हुने चुनावका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । माओवादी केन्द्रले दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेको हो । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्त्वका साथ उठाएको जनाएको छ । उसले यसअघि पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा उठाउँदै आएको थियो भने संविधान जारी गर्ने बेलामा यो विषयमा फरकमत राखेको थियो । माओवादीले घोषणापत्रमा देशको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरण, कृषि क्षेत्रको विकास, पूर्वाधार निर्माण, जलवायु परिवर्तन, निजीकरण तथा उदारीकरणलगायत मुद्दा सम्बोधन गर्न आवश्यक नीति, नियम र कार्यक्रम आउँदो संसदबाट बनाउने प्रतिबद्धतामा जोड दिएको छ । एकीकृत समाजवादी...