सर्लाही | मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा रहेको छ । संघ सरकारले छठ पर्वका अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो ।
तर, मधेस प्रदेश सरकारले छठको अन्तिम दिन पनि बिदा दिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।...
१४ कार्तिक २०७९, सोमबार ०७:३०१४ कार्तिक २०७९, सोमबार ०७:३०१४ कार्तिक २०७९, सोमबार ०७:३० by हाम्रो सर्लाहीNo Comments
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिको जातकका लागि मनमा प्रसन्नता छाउने छ। परिवारमा आत्मियता, सुख र समृद्धि हुने खालका कार्य हुनेछन्। व्यापारबाट आय र मनले सोच अनुसारको काम हुनेछ। आजको दिन विहान सूर्योदयको दर्शन गर्नु बेस हुनेछ।
वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आजको दिन यात्रा गर्दा अनेक समस्या हुनेछन्। मनमा अशान्त र आर्थिक भार र निराशासनक सोचका कारण तपाईँको आजको दिनमा चिन्ता हुने भएकाले बृष राशिका जातकले कम बोल्ने र आफ्नो नियमित कामबाहेक अन्य काममा बढी चासो नराख्नु बेस हुनेछ।
मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह
मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले तपाईँमाथि अनेक आरोप लगाउन सक्छन् त्यसैले आफन्तजनसँग सम्बन्ध विस्तारको लागि पहल गर्नुहोला। आजको दिन एकाग्रता राख्नु र कसैसँग विवाद र झगडा हुने काम नगर्नुहोला। तपाईँलाई दोष दिइनेछ।
कर्कट : हि, हु, ह...
१४ कार्तिक २०७९, सोमबार ०७:२४१४ कार्तिक २०७९, सोमबार ०७:२४१४ कार्तिक २०७९, सोमबार ०७:२४ by हाम्रो सर्लाहीNo Comments
आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो ।
उदाउँदो सूर्यलाई अर्घ्य दिन तराई मधेसका विभिन्न जिल्लासँगै काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमासमेत भक्तजनहरु नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । छठको मुख्य दिन हिजो अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् ।
उदाउँदो सूर्यको पूजा आराधना गर्न काठमाण्डौको गुह्येश्वरी, कमलपोखरीलगायत तराई मधेसका ऐतिहासिक गङ्गा सागर, पोखरी तथा नदी तलाउमा तलाउमा बर्तालुहरुको घुइँचो लागेको थियो । झकिझकाउ बनाएर सिँगारिएका तलाऊहरुमा हजारौँ भक्तजन भेला भएर पूजा आराधना गरेका छन्।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा...
१२ कार्तिक २०७९, शनिबार १३:४६१२ कार्तिक २०७९, शनिबार १३:४६१२ कार्तिक २०७९, शनिबार १३:४६ by हाम्रो सर्लाहीNo Comments
इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ बूढीगङ्गा-१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राइले जानकारी दिए ।
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाईते भएका थिए ।
गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
१२ कार्तिक २०७९, शनिबार १३:३५१२ कार्तिक २०७९, शनिबार १३:३५१२ कार्तिक २०७९, शनिबार १३:३५ by हाम्रो सर्लाहीNo Comments
काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् ।
स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए ।
बम नयाँ हो वा पुरानो भन्ने नखुलेको प्रहरीको भनाइ छ । गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका-१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।
पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भएको प्रहरीको भनाइ छ । खेल्न गएका बालबालिकाको साथमा हसिया रहेको खुलेको डीएसपी रिमालले जानकारी दिए । बम विस्फोट भएको जमिनमा प्वा...
१२ कार्तिक २०७९, शनिबार १३:२९१२ कार्तिक २०७९, शनिबार १३:२९१२ कार्तिक २०७९, शनिबार १३:२९ by हाम्रो सर्लाहीNo Comments
चितवन | खुकुरी प्रहारबाट माडीमा एकजनाको हत्या भएको छ । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएकोे आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका नेपालीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो।
नेपालीको हत्या गरेको आशङ्कामा कुमाललाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।...
१२ कार्तिक २०७९, शनिबार १०:३६१२ कार्तिक २०७९, शनिबार १०:३६१२ कार्तिक २०७९, शनिबार १०:३६ by हाम्रो सर्लाहीNo Comments
मनोज यादव/सर्लाही l मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा विभिन्न पार्टीका नेताहरु मतदाताहरुलाई आफुतर्फ आकर्षित गर्न विभिन्न तरिकाले प्रचार प्रसारमा उत्रिएका छन्। तर मंसिर ४ गते हुने प्रदेश सभाको चुनावमा सर्लाही क्षेत्र न-३ (ख) का जनताहरुको झुकाव समाजसेवी युवा नेता सरोज यादवतर्फ रहेको देखिएको छ।
सो क्षेत्रबाट चुनाव लडेका अन्य नेताहरु आफुहरुको भोंट तान्न विकासको नाममा झुठो आश्वासन मात्र बाँँडिरहेको स्थानीय जनताहरुले बताएका छन् । विगत लामो समयदेखि समाजिक सेवामा सकृय रहेका सामाजिक अभियन्ता रायको सर्वसाधारण नागरिकहरु प्रतिको अथाह प्रेम र समर्पण भावकै कारण यस क्षेत्रका जनताहरुले उहाँलाई प्रदेश सभाको लागि उमेदवारी दिन लगाई चुनावी मैदानमा उतारेको राय निकटका व्यक्तिहरुले बताएका छन् ।
आफ्नो फाइदाको लागि मात्र चुनाव लडेका नेताहरुको हाम्रो क्षेत्रमा कुनै काम नरहेकोले यस पटक आफ...
१२ कार्तिक २०७९, शनिबार ०८:१११२ कार्तिक २०७९, शनिबार ०८:१११२ कार्तिक २०७९, शनिबार ०८:११ by हाम्रो सर्लाहीNo Comments
महाकाली नदीपारि भारतले सडक चौडा पार्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको ज्यान गएको छ । अर्की बालिका घाइते भएकी छिन् । हिजो भएको घटनामा व्यास गाउँपालिका-२ दुम्लिङका हिक्मत महराका छोरा ९ वर्षीय पवनको ज्यान गएको हो ।
हिक्मतकी छोरी १४ वर्षीया सरिना घाइते भएकी छिन् । उनकाे खुट्टामा चोट लागेकाे र अहिले जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको व्यास गाउँपालिकाका अध्यक्ष मङ्गल सिंह धामीले उज्यालोलाई जानकारी दिनुभयो । उहाँकाअनुसार भारतले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा विना सूचना विस्फोट गराउँदा घटना भएको हो ।
अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एकअर्कालाई असर पुर्याउने काम गर्न नपाइने र विस्फोट गराउनैपर्ने भए त्यसको सूचना दिनुपर्ने नियम छ । तर, हिजो भारतले सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा सूचना नै नदिएको जिल्ल...
१२ कार्तिक २०७९, शनिबार ०७:५७१२ कार्तिक २०७९, शनिबार ०७:५७१२ कार्तिक २०७९, शनिबार ०७:५७ by हाम्रो सर्लाहीNo Comments
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ। धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ। व्यापार व्यवसायबाट पनि लाभ मिल्नेछ। दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला। अनावश्यक सामान खरिद नगर्नुहोला।
वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययन अनुसन्धानमा रुचि र मनमा हर्ष छाउने छ। कुनै नयाँ अध्यात्मशास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ। यदि आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ। यात्रा गर्नै पर्नेछ भने पूर्वदिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला। तपाईंको आम्दानीको स्रोत बढ्नेछ।
मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह
आजको दिन निकै शुभ छ। व्यापार व्यवसायमा रहेका साझेदारसँग फाइदा हुनेछ। आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने तपाईँको गर्ने काममा...
१२ कार्तिक २०७९, शनिबार ०७:४७१२ कार्तिक २०७९, शनिबार ०७:४७१२ कार्तिक २०७९, शनिबार ०७:४७ by हाम्रो सर्लाहीNo Comments
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।आज डलरको खरिद दर १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रुपैयाँ ०० पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ८० पैसा र बिक्री दर १५२ रुपैयाँ ५० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।...