Saturday, April 25News That Matters

Author: हाम्रो सर्लाही

एमालेले बहुमत ल्याउँछ, राप्रपा र जसपासँग मिलेर संयुक्त सरकार बनाउँछाैँ : ओली

एमालेले बहुमत ल्याउँछ, राप्रपा र जसपासँग मिलेर संयुक्त सरकार बनाउँछाैँ : ओली

राजनीति
झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको चुनावमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गर्नुभएको छ ।  एमाले र राप्रपाले भद्रपुरमा आज शुक्रवार आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आउँदाे चुनावमा एमालेले बहुमत प्राप्त गर्ने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सँग संयुक्त सरकार गठन गर्ने जिकिर गर्नुभयाे ।  अध्यक्ष ओलीले झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले एमालेको इज्जतका लागि भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनलाई जिताउनुपर्ने भएको हुँदा राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।  कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले एमाले एक थोक भन्ने र अर्को थो...
तिहारको आज मुख्य दिन, भाइटीका

तिहारको आज मुख्य दिन, भाइटीका

समाचार
काठमाण्डौ l यमपञ्चक अर्थात् तिहारको पाचौँ दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटको समय उत्तम रहेको उहाँले बताउनुभयो । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थाली...
संघीय शिक्षक फोरममा आबद्ध सर्लाहीका चार दर्जन भन्दाबढी शिक्षकहरु एकैसाथ नेपाल शिक्षक संघमा प्रवेश

संघीय शिक्षक फोरममा आबद्ध सर्लाहीका चार दर्जन भन्दाबढी शिक्षकहरु एकैसाथ नेपाल शिक्षक संघमा प्रवेश

राजनीति, सर्लाही बिशेष
मनोज यादव / सर्लाही l संघीय शिक्षक फोरममा आबद्ध सर्लाहीका चार दर्जन भन्दा बढी शिक्षकहरु सामुहिक रुपमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल शिक्षक संघमा प्रवेश गरेका छन् । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सर्लाहीले नेपालीहरुको महान पर्व शुभ दिपावली,छठ तथा मुस्लिमहरुको साबान(सबेबारात)पर्वको अवसरमा बुधबार सदरमुकाम मलंगवामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका बिच उनीहरू एकैसाथ संघमा प्रवेश गरेका हुन । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सर्लाहीका अध्यक्ष यमनाथ उप्रेतीको अध्यक्षता तथा मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संघीय शिक्षक फोरमका अध्यक्ष रामबाबु राय,उपाध्यक्ष दिपेन्द्र राय यादव,सचिव अनिल यादव,कोषाध्यक्ष महेन्द्र सिंह जितेंद्र लाल दाससहित जिल्लाका विभिन्न स्थानीय तहका नगर अध्यक्ष,सदस्यहरु लगायत ५० जना भन्दाबढी श...
प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारको उम्मेदवारी खारेज

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारको उम्मेदवारी खारेज

ट्रेन्डिङ, समाचार
काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारको उम्मेदवारी खारेज भएको छ। नेपाली कांग्रेसले समानुपातिकमा उनको नाम बन्द सूचीमा राखेको थियो। प्रतिनिधि सभाको समानुपातिकमा रहेका परियारलाई लाभको पदमा रहेको भन्दै आयोगले सूचीबाटै हटाएको छ। उनको नाम दलित क्लस्टरमा रहेको थियो
बन्दसूचीबाट हटाइएका ५५० जनाको नामावली सार्वजनिक

बन्दसूचीबाट हटाइएका ५५० जनाको नामावली सार्वजनिक

ट्रेन्डिङ, समाचार
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीमा नाम समावेश भएका मध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका व्यक्तिको नाम सार्वजनिक गरेको छ । यही कात्तिक ८ गतेको आयोग र उक्त प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट ती नाम बन्दसूचीबाट हटाइएको हो । उक्त प्रणालीतर्फ छ हजार चारसय ५७ जना उम्मेदवार रहेकामध्ये निर्वाचन कानुन तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने तीन सय ६९, उम्मेदवारका सम्बन्धमा परेको दाबी विरोध उपर जाँचबुझबाट गरी पाँच सय ४८ र समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक र कालोसूचीमा रहेका एक गरी कूल पाँच सय ५० व्यक्तिको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाइएको छ ...
देशभर थप १६ जनामा कोरोना संक्रमण,३५ संक्रमित संक्रमणमुक्त्त

देशभर थप १६ जनामा कोरोना संक्रमण,३५ संक्रमित संक्रमणमुक्त्त

समाचार, स्वास्थ्य
काठमाडौं । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५५४ पीसीआर परीक्षणका क्रममा १४ जना र ५६३ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण आज पनि कसैको मृत्यु भएको छैन भने थप ३५ संक्रमित संक्रमणमुक्त्त भएका छन् । हाल नेपालमा ६४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।...
चुनाव शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न हुन्छ : प्रधानमन्त्री देउवा

चुनाव शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न हुन्छ : प्रधानमन्त्री देउवा

राजनीति
काठमाण्डौ | प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताउनुभएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज शङ्खधर चोक मध्यपुरथिमिमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्दै उहाँले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताउनुभयो । देशमा लोकतान्त्रिक सरकारले मात्रै रचनात्मक कार्य सम्पन्न गर्न सक्ने चर्चा गर्दै उहाँले आगामी निर्वाचनले लोकतन्त्रलाई मजबुत बनाउने बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएको चर्चा गर्दै सरकारले साख्वाःको योगदानको उच्च सम्मान गर्दै यसअघि नै राष्ट्रिय विभूति घोषणा गरेको, उहाँको नाममा हुलाक टिकट प्रकाशित ...
तिहारका लागि साढे २४ लाख फूलमाला खपत : प्रतिबन्ध लगाए पनि भारतबाट आयात रोकिएन

तिहारका लागि साढे २४ लाख फूलमाला खपत : प्रतिबन्ध लगाए पनि भारतबाट आयात रोकिएन

समाचार
काठमाण्डौ | यो तिहारमा साढे २४ लाख माला खपत भएको छ । देशभित्र उत्पादन भएको १७ लाख सयपत्री माला तथा मखमली, गोदावरी र भारतबाट आयात भएको सयपत्री गरी साढे २४ लाख माला खपत भएको र झण्डै १३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । भोलि मुख्य दिन भाइटीकासम्म नै कारोबार हुने भएकाले फूलको खपत र कारोबारको वास्तविक तथ्याङ्क भने तिहारपछि मात्रै आउने फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । तिहारमा प्रयोग हुने माला र फूलका लागि नेपाल भित्रकै उत्पादनले लगभग धान्न सक्ने अवस्था छ । तर, व्यवसायीले बढी नाफा कमाउन भारतबाट आयात गर्ने गरेका छन् । सरकारले यसवर्ष फूलमाला ल्याउन प्रतिबन्ध लगाएको भएपनि माला आयात भने रोकिएन । काठमाण्डौ तथा मुख्य बजारमा भारतबाट आयातित सयपत्री फूल किनबेच र कारोबार भैरहेको छ । यस वर्षको तिहारका लागि सयपत्री माला अनुमान भन्दा धेरै आयात भएको छ...
फेसबुकको शेयर, ट्याग, कमेन्टमा पनि निर्वाचन आयोगको निगरानी

फेसबुकको शेयर, ट्याग, कमेन्टमा पनि निर्वाचन आयोगको निगरानी

ट्रेन्डिङ, समाचार
काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालको शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्टमा पनि निगरानी राखेको छ । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नगर्न आग्रह गर्दै आयोगले कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा नगराउन भनेको छ । सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टीकाटिप्पणी नगर्न र नगराउन पनि भनेको छ । निर्वाचनमा प्रतिकुल प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा एकाउन्ट खोल्न, झुटा वेवसाइट नखोल्न वा सञ्चालन नगर्न र नगराउन पनि आयोगले आग्रह गरेको छ ।...
‘नो नट अगेन’ फेसबुक पेज तत्काल बन्द गर्न निर्देशन

‘नो नट अगेन’ फेसबुक पेज तत्काल बन्द गर्न निर्देशन

ट्रेन्डिङ, समाचार
काठमाडौं । निर्वाचन आयोगले दलका शीर्ष नेताहरुमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र गु्रुप तत्काल बन्द गर्न निर्देशन दिएको छ । ‘नो नट अगेन’ आदि नाममा बनेका फेसबुक ग्रपमा शीर्ष नेतामाथि लाञ्छना गरिएको भन्दै आयोगले यस्ता पेज र ग्रुप तत्काल हटाउन आग्रह गरेको हो । ४ मंसिरमा हुने चुनावका लागि उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा यस्ता ग्रुपमार्फत गरिएको लाञ्छनायुक्त अभिव्यक्ति, भ्रामक र द्वेषपूर्ण श्रव्य दृश्य सामग्री विद्युतीय कारोबार ऐनको दफा ४७, निर्वाचन कसूर तथा सजाय ऐन २०७३ को दफा २३ अनुसार कसूर मानिने आयोगले जनाएको छ । त्यस्तै यस्ता गतिविधि निर्वाचन आचारसंहिताविपरीत हुने पनि आयोगको भनाइ छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ । आयोगले यस्ता पेज र ग्रुप तत्...