Saturday, April 25News That Matters

Author: हाम्रो सर्लाही

आज तिहारको चौथो दिन गोवर्द्धन, गोरु र हलि पूजा गरिँदै

आज तिहारको चौथो दिन गोवर्द्धन, गोरु र हलि पूजा गरिँदै

समाचार
सर्लाही  |  आज कार्तिकशुक्लपक्ष प्रतिपदा । यमपञ्चक आज बलिपूजा, गोवर्द्धनपूजा, र नेपाल संवत ११४३ शुरुवातको दिन हो । आज नेवार समुदायले म्हपूजा गर्ने गर्दछन् । आफ्नो शरीरलाई आफैले पूजा गर्ने म्हपूजा काठमाडौं उपत्यका र देशभर रहेका नेवार समुदायले गर्ने गर्दछन् । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ। द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो। वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ। यसैगरी कृषक एवं हलीलाई पनि आज पूजा गर्ने गरिन्छ ।...
आज मिति २०७९ कार्तिक ९ गते बुधवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ कार्तिक ९ गते बुधवारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ मेष राशिका जातका लागि आजको दिन रोजगारीको क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । आज नजिकको शिवालय यात्रा गर्दा मनमा खुसियाली छाउनेछ । देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । आज सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो व्यापार व्यवसायबाट प्राप्त हुने अर्थलाभले खुसी हुनुहुनेछ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनुहोला । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । मौन रहनु उत्तम हुनेछ । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह  आजको दिन परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैले...
लघु कथा :  हामी मृत्युसँग होइन, डरसँग डराउँछौं – सन्तोष कार्की माैसुफ

लघु कथा : हामी मृत्युसँग होइन, डरसँग डराउँछौं – सन्तोष कार्की माैसुफ

मनोरञ्जन
एकपटक घर छेउको एउटा ठुलो रुखमा दुई वटा चील आएर बस्यो। एउटाले आफ्नो मुखमा सर्प पक्डिएको थियो भने दोस्रो चिलले एउटा मुसा समातेको थियो। दुई चील जब रुखको एउटै हाँगोमा आएर बसे तब सर्पले मुसोलाई देख्यो उसले बिर्सियो कि उ एउटा चिलको मुखमा छ र आफ्नो मृत्युको धेरै नजिक छ्। मुसोलाई देखेपछि सर्पको मुखमा पानी आयो। उसलाई उसको प्रबल तृष्णा ले गाज्यो। अर्कोतिर मुसाले सर्पलाइ देख्यो र उ डरले काप्न थाल्यो। मुसा त्यसैपनी मृत्युको मुखमा छ, तर पनि सर्पलाई देख्ने बित्तिकै डराउन थाल्यो। यो दृश्यलाई देखेर दुई चिलहरु अचम्ममा परे। त्यसपछि एउटा चिलले अर्को चिललाई भन्यो: भाइ, यसको अर्थ बुझ्यौ? अर्को चिलले भन्यो: यसको अर्थ राम्रोसँग बुझे, जिब्रोको चाहना, स्वादको तृष्णा यति तीब्र हुन्छ कि आफू अगाडि मृत्यु उभिएको छ भने पनि देख्दैनौं। र मृत्यु भन्दा डर ठुलो हुन्छ भन्ने पनि बुझे। मृत्यु मुसाको नजीक छ मुसा ...
चितवन : भरतपुरको पुल्चोक – गोन्द्राङ सडक विस्तारको ४५ प्रतिशत काम सकियो

चितवन : भरतपुरको पुल्चोक – गोन्द्राङ सडक विस्तारको ४५ प्रतिशत काम सकियो

Breaking news 3, ट्रेन्डिङ, समाचार
निराज रानाभाट , चितवन : चितवन जिल्लाको भरतपुरस्थित पुल्चोक – गोन्द्राङ खण्डको सडक विस्तारको काम ४५ प्रतिशत सम्पन्न भएको छ । सडक विस्तारका लागि वि.सं. २०७७ असोज २६ गते , इण्डो – सगुन – रौताहा जेभी बुटवलसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी फागुन १० गतेसम्म कम्पनीले सडक विस्तारको काम सम्पन्न गरिसक्नु पर्ने छ । रु.१ अर्ब १३ करोडको लागतमा विस्तार हुने पुल्चोक – गोन्द्राङ सडक छ लेनको हुने छ । सडकको दायाँबायाँ ११.५ – ११.५ मिटर कालोपत्र हुने छ , भने सडकको बीचमा ३ देखि ४ मिटरको मेडियन , मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन रहने छ । साथै , ३ देखि ४ मिटरको फुटपाथ हुने छ , भने सडकको बीचको मेडियन र सर्भिस लेनको डिजाइन ३ खण्डमा फरक – फरक हुने छ । पुल्चोकदेखि लायन्सचोकसम्म , लायन्सचोकदेखि क्याम्पस गेट र क्याम्पस गेटदेखि गोन्द्राङसम्म फरक – फरक ...
पुर्व मन्त्री खतिवडाको बन्यजन्तु संरक्षण ऐन बिपरित अभिव्यक्ति: “ यसो बँदेल घुम्न आउंथ्यो स्वाट्ट पार्न पाइन्थ्यो” (भिडियो सहित)

पुर्व मन्त्री खतिवडाको बन्यजन्तु संरक्षण ऐन बिपरित अभिव्यक्ति: “ यसो बँदेल घुम्न आउंथ्यो स्वाट्ट पार्न पाइन्थ्यो” (भिडियो सहित)

Breaking news 2, ट्रेन्डिङ, थप समाचार, राजनीति, समाचार
मकवानपुर | पुर्व संसद तथा पुर्व स्वस्थ्य मन्त्रि बिरोध खतिवडाले राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन बिपरित अभिव्यक्ति दिएका छन् |सत्ता गठबन्धनको तर्फ बाट एकीकृत(समाजवादी)को मकवानपुर प्रतिनिधि क्षेत्र नं. २ को उम्मेदवार खतिवडाले पश्चिम मकवानपुरको मध्यवर्ती क्षेत्रमा एक चुनाबी कार्यक्रममा बोल्दै उक्त आपत्तिजनक भनाइ राखेका हुन् |उनले भनेका छन् ‘ यसो बँदेल घुम्न आउँथ्यो स्वाट्ट पार्न पाईन्थ्यो | कहिलेकाहीँ यहाँका साथीहरूले यसो बनेल छ दाइ भनेर यसो १/२ किलो पठाउँथ्यो त्यो खान नपाउने भो ।’उनको यो भनाइले वन्यजन्तु चोरीसिकारलाइ झन् प्रसय दिइरहेको प्रस्ट हुन्छ | पाँच पटक संसद र एक पटक मन्त्रि भइसकेका खतिवडाले मध्यवर्ती क्षेत्रका धेरै नागरिकले वषौंदेखि समस्या व्यहोरी रहेको र त्यो समस्या समाधान गर्नुको साटो उल्टै ऐन बिपरित अभिव्यक्ति दिएका हुन् |राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष व...
‘भोला जोशीको ‘जाग जाग’ बोलको स्वदेश गीत सार्वजनिक (भिडियोसहित)

‘भोला जोशीको ‘जाग जाग’ बोलको स्वदेश गीत सार्वजनिक (भिडियोसहित)

Breaking news 1, ट्रेन्डिङ, मनोरञ्जन, समाचार
मकवानपुर । वरिष्ठ संगीतकार स्वर्गीय भोला जोशीको ‘जाग जाग’ बोलको स्वदेश गीत सार्वजनिक गरिएको छ । सो गीतको म्यूजिक भिडियो वनएमबी प्लस युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । शम्भुप्रसाद बाँस्कोटाको शब्दमा रहेको उक्त गीतमा गायक तथा संगीतकार घनश्याम ढकाल, गायक तथा पत्रकार बलराम पुडासैनी, पुस्कर नेपाल, युवराज लामा, गायिकाहरु क्रमश रोजिना बल, संगीता मगर र पुनम थापा मगरले स्वर भर्नुभएको छ । गीतको संगीत संयोजन दिपकराज विश्वकर्माले गर्नुभएको हो । भिडियोको दृश्य सम्पादन भने अन्तरा स्टुडियोले गरेको हो । आम नेपालीमा राष्ट्रिय भावना जागृत गराउने उद्देश्यले सुरभारम्भ कला केन्द्रको सहयोगमा गीत तयार पारिएको गीतकार बाँस्कोटाले जानकारी दिनुभयो । हेर्नुहोस म्युजिक भिडियो | https://youtu.be/lPVczbStr-Q...
झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा दुई जनाको ज्यान गयो

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा दुई जनाको ज्यान गयो

समाचार
धनुषा | दीपावलीका लागि झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा आज दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादव रहेका प्रहरीले जनाएको छ । दुवै जनालाई आफ्नै घरमा दीपावलीका लागि झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ । गम्भीर घाइते मिश्र र यादवको जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषामा प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।...
आज मिति २०७९ कार्तिक ८ गते मंगलवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ कार्तिक ८ गते मंगलवारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ मेष राशिका जातकका लागि आजको दिन सामाजिक र धार्मिक काममा गर्नुहुने कामबाट मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा नयाँ काम गर्न मन लाग्नेछ । आजको दिन शुरुवात गरेको काम छिटो सम्पन्न हुनेछ । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आकस्मिक अर्थलाभ हुनेछ । व्यापार व्यवसायबाट नसोचेको धन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट फाइदा हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह   नयाँ खबरले मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो का...
अहिले झगडा गर्ने बेला होइन : प्रधानमन्त्री देउवा

अहिले झगडा गर्ने बेला होइन : प्रधानमन्त्री देउवा

राजनीति
काठमाडौं  | प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको बिरुद्धमा जान नसक्ने बताएका छन् । सोमवार काठमाडौँमा आयोजित सत्तारुढ गठबन्धनको वागमती प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको खिलाफमा जान नसक्ने बताएका हुन् । उनले कसैले प्रजातन्त्र विरोधी कार्य गर्न पनि नसक्ने बताए । उनले गठबन्धन कायम रहेमा समावेशिताको खिलाफमा पनि कोही जान नसक्ने बताए । प्रधानमन्त्री देउवाले अहिले संक्रमणकालीन समय भएकाले आपसमा झगडा गर्न नहुने समेत बताए । उनले गठबन्धनलाई टिकाएर देश विकासको बाटोमा जानुपर्नेमा समेत जोड दिए । उनले भने– ‘गठबन्धनका कारणले सबैले टिकट पाउँदैनन् । यो हाम्रो पार्टीमा पनि, हरेक पार्टीमा त्यही समस्या होला । गठबन्धन छ चुनावी जितिहाल्छु टिकट चाहियो । त्यस्तो पनि छ अहिले ...
आज खण्डग्रास सूर्यग्रहण लाग्दै

आज खण्डग्रास सूर्यग्रहण लाग्दै

समाचार
काठमाडौं |  कात्तिक कृष्ण औँसीका दिन आज खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्ने छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले बताए। नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे सात बजे छाड्ने छ । शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम ब...