Saturday, April 25News That Matters

Author: हाम्रो सर्लाही

आज गाई तिहार, गाईको पूजाआजा गरी मनाइँदै

आज गाई तिहार, गाईको पूजाआजा गरी मनाइँदै

समाचार
सर्लाही | कार्तिक शुक्ल प्रतिपदा एवं यम पञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । वै...
सर्लाहीको बसबरियाबाट लाखौँ मुल्य बराबरको अबैध चिनी बरामद

सर्लाहीको बसबरियाबाट लाखौँ मुल्य बराबरको अबैध चिनी बरामद

ट्रेन्डिङ, समाचार, सर्लाही बिशेष, स्थानीय
बसबरिया । जिल्लाको दक्षिणी क्षेत्र बसबरियाबाट सर्लाही प्रहरीले २ सय ४० बोरा अबैध चिनी बरामद् गरेको छ । आईतवार दिउसो बसबरिया गाउँपालिका–३, स्थित भित्री सडक खण्डबाट उक्त परिमाणमा चिनी बरामद भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो । बलराबाट ट्रकमा नयाँरोड तर्फ अबैध चिनी ल्याउदै गरेको गोप्य सूचनाको आधारमा चेक जाचँ गर्ने क्रममा ट्रकबाट ल्याउदै गरेको चिनी बरामद भएको प्रहरीले जनाएको छ । प्रदेश ०३–००१ ख ७५८८ नम्बरको ट्रकलाई चेकजाचँको क्रममा ४ सय ८० बोरा चिनी फेला परेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । बरामद चिनी, पक्राउ परेको ट्रक समेत गरी ४४ लाख ४० हजार मुल्यांकन गरी जिल्ला भन्सार कार्यलय सर्लाहीमा बुझाईएको प्रहरी नायव उपरिक्षक यादवले बताए । यस रुटबाट प्रहरीले यस पहिला पनि तस्करीका विभिन्न खाध्यन्न सामाग्री बरामद गरिसकेको छ ।...
आज लक्ष्मी पूजा : धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै

आज लक्ष्मी पूजा : धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै

समाचार
काठमाण्डौ | यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ । घरमा बिहानै सफा सुग्घर तथा गाईको गोबर एवम् रातोमाटोले लिपपोतसँगै दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, कौसीमा सृङ्गार गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा र दिपावली गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज बेलुका चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो बनाउने गरिन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । आज बेलुका भैल...
आज मिति २०७९ कात्तिक ६ गते आइतबारको, हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ कात्तिक ६ गते आइतबारको, हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यापार ब्यवसायबाट अर्थ लाभ नहुनसक्छ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ । छोटो दुरीको यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट आज तपाईलाई फाइदा हुनसक्छ । शुभसमयमा यात्रा शुरु गर्नुहोला । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुनसक्छ । तपाईको सकारात्मक हुन जरुरी छ । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आजको दिन विहान सूर्योदय र शिवालयको दर्शन गरेर मात्र दिनको कार्य शुरु गर्दा तपाईलाई राम्रो हुनेछ। मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह  परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । मिथुन राशिमा जातकको लागि आजको द...
आज काग तिहार : कागलाई मीठा चीजबीज खान दिएर मनाइँदै

आज काग तिहार : कागलाई मीठा चीजबीज खान दिएर मनाइँदै

समाचार
काठमाण्डाै | आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँदै छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिइ खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आएर कराएमा शुभ बोल भन्ने प्रचलनसमेत छ । काग घरवरपर आएर कराएमा उसले केही खबर लिएर आएको विश्वास समेत गर्ने गरिन्छ । आज काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा हुने गर्छ । यसैगरी हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजाआराधना गरिन्छ।...
उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार दिने निर्वाचन आयोगको घोषणा

उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार दिने निर्वाचन आयोगको घोषणा

ट्रेन्डिङ, समाचार
काठमाण्डौ | आउँदो चुनावका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।  टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि एक मिनेटसम्मको भिडियो बनाएर आउँदो १५ गतेभित्र पठाइसक्नुपर्ने छ ।  आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने जनाएको छ । उनीहरुलाई प्रशंसापत्रसमेत प्रदान गरिने बताइएको छ ।...
बिरोध खतिवडाको बदमासिमा महेश बर्तौलाले मागे माफी

बिरोध खतिवडाको बदमासिमा महेश बर्तौलाले मागे माफी

Breaking news 1, ट्रेन्डिङ, समाचार
हेटौंडा । नेकपा एमालेका बागमती प्रदेशका उपसचिब तथा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले २०७४ सालको निर्वाचन जितेर जनतासंग बेखबर हुने, पार्टी माथी धोका दिएर पार्टी फोर्ने कार्य गरेको भन्दै बिरोध खतिवडाको बदमासिको आज मनहरिमा माफि मागेका छन् । एमाले मनहरी गाउँपालिका कमिटीको अयोजनामा भएको कार्यक्रलममा बोल्दै बर्तौलाले मनहरीका मतदाताहरुसंग खतिवडाले गरेको गल्तिका विषयमा माफी समेत माग्नुभयो । कार्यक्रममा बोल्दै बर्तौलाले आफू स्कुले जीवन देखि बिद्यार्थी राजनीति गरेको र पहिलो पटक जनताको बिचमा मत माग्न आएको बताउनुभयो । युवा उम्मेदवार बर्तौलाले आफुलाई जनताले बिश्वासको मत दिएर जिताएको खण्डमा असाधारण काम गरेर देखाउने र युवाले जित्दा कस्तो काम गर्छ भन्ने सबैले महसुस गर्नेगरि काम गर्ने बताउनु भयो । आफ्नो निर्वाचन क्षेत्रको राक्सिाराङ र कैलासमा एक टुक्रा पनि काल...
चन्द्रनगरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

चन्द्रनगरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

समाचार, स्थानीय
चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष राजकुमार महतोले पहिलोपटक चन्द्रनगर गाउँवासी सँग दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरे पछि स्थानीयहरु खुसि भएको छ । शनिवार चनद्रनगर गाउँपालिकाको आयोजना तथा गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको कार्यक्रमको उदघोषक पच्चुलाल माझीले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष महतोले चन्द्रनगर गाउँपालिकामा धेरै परिवर्तन गर्नु छ, त्यो क्रमबद्ध रुपमा सुरु गरको छु बताउनुभयो । अहिले मरिचमान माविमा प्लस टु संचालित गरेको छु,शिक्षा क्षेत्रमा क्रमिक रुपमा नयाँ तरिकाले परिवर्तनको काम भैरहेको गाउँपालिका अध्यक्ष महतोले बताउनु भयो । यसैगरी नेपाल सरकारले स्था...
गायक रमेश पाठकको ‘झिलिमिली तिहारै आयो’ चर्चामा

गायक रमेश पाठकको ‘झिलिमिली तिहारै आयो’ चर्चामा

ट्रेन्डिङ
काठमाडौं । गायक रमेश पाठकले तिहार लक्षित गीत सार्वजनिक गरेका छन् । पाठककै शब्द, स्वर तथा र संगीतमा ‘झिलिमिली तिहारै आयो’ सार्वजनिक भएको हो । तिहारमा साथीभाई मिलेर तिहार मनाउनुपर्छ भन्ने सन्देश गीतमार्फत दिन खोजिएको छ । पाठकको आफ्नै वेभ स्टुडियोमा रेकर्ड भएको गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन् । गीतको भिडियोमा विजय कार्कीको छायांकन रहेको भने सम्पादन रोशन धितालको छ । गायक पाठकले यस अघि विभिन्न चाडपर्व समयमा गीतहरु रिलिज गर्दै आएका छन् । उनका विशेष गरेर तीज र दसैंका गीतहरु चर्चामा रहदै आएका छन् । https://youtu.be/2yyScv3jSXo...
आज मिति २०७९ कार्तिक ४ गते शुक्रबारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ कार्तिक ४ गते शुक्रबारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छ । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह  परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ। श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ। कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो अस्वस्थताका बाबजुद कामको दायित्व बढ्न...