Saturday, April 25News That Matters

Author: हाम्रो सर्लाही

कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश

कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश

समाचार
काठमाडौं । काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई छाड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिनुभयो। युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवाः समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका थिए । उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसूर, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसूरमा अभियोगपत्र दायर गरेको थियो ।...
निर्वाचित भएको ४५ दिनमै बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा, जिम्मेवारी पूरा गर्न नसकेकाे भनाइ

निर्वाचित भएको ४५ दिनमै बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा, जिम्मेवारी पूरा गर्न नसकेकाे भनाइ

सर्लाही बिशेष
बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिनुभएको छ । निर्वाचित भएको ४५ दिनमै प्रधानमन्त्री ट्रसले राजीनामा दिनुभएको बीबीसीले जनाएको छ । याे बेलायतको कुनै पनि प्रधानमन्त्रीको सबैभन्दा छोटो कार्यकाल हो । यसअघि सन् १८२७ मा प्रधानमन्त्री जर्ज क्यानिङले एक सय १९ दिनमात्रै प्रधानमन्त्रीको रूपमा काम गर्नुभएको थियो ।   गलत आर्थिक नीतिका कारण आलोचित बन्दै गएकी ट्रसलाई आफ्नै दलभित्रबाट समेत समस्या हुन थालेपछि राजीनामा दिनुभएको हो । हिजो बुधवारसम्म निर्भिकताका साथ काम गर्ने बताएकी ट्रसले आज बिहीवार भने राजीनामा दिनुभएको हो । उहाँले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिएकाे बताउनुभएकाे छ । नयाँ उत्तराधिकारी चयन नभएसम्म आफू पदमा रहने उल्लेख गर्दै उहाँले नयाँ नेतृत्व चयनको प्रक्रिया आउँदाे हप्ताबाटै सुरु हुने बताउनुभयाे । यसअघि अर्थमन्त्री र गृहमन्त्रीले ...
राक्सिराङमा गठबन्धनकाे कार्यकर्ता भेला: मन र मत मिलाए फेरि प्रतिगमन भाेग्न पर्दैन’

राक्सिराङमा गठबन्धनकाे कार्यकर्ता भेला: मन र मत मिलाए फेरि प्रतिगमन भाेग्न पर्दैन’

Breaking news 2, ट्रेन्डिङ, समाचार
हेटाैंडा- कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितकाे लाेकतान्त्रिक बाम गठबन्धनले मकवानपुरकाे राक्सिराङ गाउँपालिकामा निर्वाचन केन्द्रित कार्यकर्ता भेलाकाे आयाेजना गरेकाे छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउने अभियानका साथ बिहीबार राक्सिराङ ३ स्थित सरिखेतमा भेला गरिएकाे हाे । भेलामा सहभागी उम्मेदवार तथा दलका नेताहरुले आगामी निर्वाचनमा गठबन्धन दलबाट उम्मेदवार बनेकाहरुलाई प्रतिवद्ध बनी मतदान गर्न आग्रह गरेका थिए । मन र मत मिलाएर गठबन्धनका उम्मेदवार बिजयी गराएमा आगामी दिनका प्रतिगमनकाे खतरा नहुने धारणा नेताहरुले राखेका थिए ।कार्यक्रममा बाेल्दै मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विराेध खतिवडाले मुलुकमा लामाे संघर्षपछि प्राप्त संविधान, गणतन्त्र र संघीयताकाे रक्षाकाे लागि आगामी निर्वाचनमा गठबन्धनलाई विजयी गराउनु...
नेपाली चलचित्र ‘ के घर के डेरा ’ आजदेखि देशभर प्रदर्शन हुँदै

नेपाली चलचित्र ‘ के घर के डेरा ’ आजदेखि देशभर प्रदर्शन हुँदै

Breaking news 3, ट्रेन्डिङ, मनोरञ्जन, समाचार
निराज रानाभाट , काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित नेपाली चलचित्र ‘ के घर के डेरा ’ कार्तिक ०४ गते , शुक्रबार ( अाज ) देखि देशभर प्रदर्शन हुँदै छ । चलचित्रका लागि बुधबारबाट मल्टिप्लेक्सले बुकिङ खुला गरेका छन् । फिल्मले मल्टिप्लेक्स हलमा उच्च शो पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा ३८ शोज दिएको छ । यस्तै , वान सिनेमाजले ६ , रञ्जना सिनेप्लेक्सले ४ , बिग मुभिजले ३ , आईएनआई सिनेमाजले ६ , बिएसआर मुभिजले ३ , एफक्युबले ३ शो दिएको छ । चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा दयाहाङ राई , सुरक्षा पन्त , विपीन कार्की , वर्षा राउत , रवीन्द्र झा , लक्ष्मी गिरी , कोसिस क्षेत्री , अशान्त शर्मा , प्रभाकर न्यौपाने , सरोज अर्याल , भोलाराज सापकोटा , घनश्याम जोशी , आयुषा ढकाल लगायतको अभिनय छ । सिंगे लामाको कथा रहेको फिल...
अध्यक्ष महतोको उदाहरणीय कार्य : वडा स्तरमै समाजिक सुरक्षा भता वितरण

अध्यक्ष महतोको उदाहरणीय कार्य : वडा स्तरमै समाजिक सुरक्षा भता वितरण

ट्रेन्डिङ, स्थानीय
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा वडा स्तरमै समाजिक सुरक्षा भता वितरण हुन सुरु भएको छ । बिहीबार वडा नं ४ पोखरीया बाट एनआईसी एसिया बयलबास ब्रान्चले जेष्ठ नागरिक,विधवा,दलित जेष्ठ नागरिक, तथा अती अश्क्त र पूर्ण अंपागलाई समाजिक सुरक्षा भता दिन सुरु गरेको एनआईसी एसिया बयलबास ब्रान्चका म्यानेजर मनिष प्रताप साहले जानकारी दिनुभयो । । गाउँपालिका अध्यक्ष राजकुमार महतोले प्रतिबद्धता गरे अनुरुप वडा वडा मै नै भता दिन सुरु गरेपछि समाजिक सुरक्षा भता प्राप्त गर्ने व्यक्तिहरु दंग परेका छन । चन्द्रनगर गाउँपालिका पञ्जिकरण शाखाको आयोजना तथा गाउँपालिका अध्यक्ष महतोको अध्यक्षतामावडा स्तरमा समाजिक सुरक्षा भता प्रदान शुभारम्भ समारोह को उद्घाटन गाउँपालिका अध्यक्ष महतोले गर्नुभयो ।गाउँपालिका अध्यक्ष लगायत चन्द्रनगरका सम्पूर्ण जनप्रतिनिधिले वडा स्तरमा समाजिक सुरक्षा भता वितरण गराउन सफल भएको छ ,उहाहरुले उ...
पूर्वप्रधानमन्त्री नेपाललाई आयोगले सोध्यो स्पष्टीकरण

पूर्वप्रधानमन्त्री नेपाललाई आयोगले सोध्यो स्पष्टीकरण

राजनीति
सर्लाही । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाललाई स्पष्टीकरण सोधेको छ । मतदाताहरुलाई झुटो आश्वासन दिएको आरोपमा एकीकृत समाजवादीबाट रौतहट–१ का उम्मेदवार समेत रहेका नेपाल विरुद्ध उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो । ‘यहाँबाट स्पष्टीकरण सोध्ने निर्णय भएर पत्र पठाइएको छ’ निर्वाचन आयोग सम्वद्ध स्रोतले भन्यो, ‘मतदातालाई प्रभावित पार्नेगरी फ्रि भिसा, फ्रि टिकटको बारेमा दिएको अभिव्यक्तिका सन्दर्भमा उहाँलाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।’ एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालले रौतहटमा आयोजित एक कार्यक्रममा आफू निर्वाचित भएपछि बैदेशिक रोजगारीमा जान चाहनेका लागि फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरिदिने आश्वासन दिएका थिए ।...
सर्लाहीमा सहकारी प्रमुखमाथि गोली प्रहार गरेको आरोपमा ४ जना पक्राउ

सर्लाहीमा सहकारी प्रमुखमाथि गोली प्रहार गरेको आरोपमा ४ जना पक्राउ

ट्रेन्डिङ, समाचार
बागमती । सर्लाहीको बागमती नगरपालिका–१ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र प्रमुखमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनजना भारतीय छन् भने एक जना नेपाली रहेका छन् । रकम लुटपाट गर्ने उद्देश्यका साथ सहकारी प्रमुखमाथि गोली प्रहार गरी भारतीय नम्बरको मोटरसाइकलमा भागेका तीन जनालाई प्रहरीले नेपाल–भारत सीमाबाट बुधबार राति नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यका १९ वर्षीय आलोक सिंह, १९ वर्षीय सौरभकुमार यादव र १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन् । घटनाको मुख्य योजनाकार एवं सहयोगी सर्लाहीको धनकौल गाउँपालिका–१ का ३२ वर्षीय डिजे भन्ने धीरेन्द्र सहनीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान घटना पश्चात प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा खटिएको टोलीले बलरा नगरपाल...
उपमेयर घलान र वडा अध्यक्ष रेजाले गरे रेडियो सर्लाहीको निरीक्षण

उपमेयर घलान र वडा अध्यक्ष रेजाले गरे रेडियो सर्लाहीको निरीक्षण

समाचार, स्थानीय
हरिवन । हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान र वडा नम्बर ११ का वडा अध्यक्ष शेख मेहबुब रेजाले रेडियो सर्लाहीको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । हरिवन नगरपालिका ११ स्थित बजारमा रहेको जिल्लाकै पहिलो रेडियोको पहिचान बनाएको सामुदायिक रेडियो सर्लाहीको अनुगमन तथा निरीक्षण गर्नुहुँदै उपमेयर घलान र वडा अध्यक्ष रेजाले रेडियोको भौतिक संरचना निर्माण र गुणस्तर सुधारमा आवश्यक सम्पूर्ण सहयोग नगरपालिकाले गर्ने प्रतिवद्धता जनाउनुभएको छ । तिहार, छठ तथा अन्य पर्वको शुभकामना आदान प्रदानसहित उहाँहरुलाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपमेयर घलानले सामुदायिक रेडियो सर्लाही हरिवनको मात्र नभई जिल्लाकै सम्पति भएकोले यसको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय सरकारका गतिविधि तथा देशविदेशका सूचना नगर तथा जिल्लावासीलाई सुसुचित गराउन विगत देखि नै रेडियोले खेलेको भू...
माधव नेपाललाई आयोगको स्पष्टीकरण, कारबाही गर्न प्रहरीलाई पनि पत्र

माधव नेपाललाई आयोगको स्पष्टीकरण, कारबाही गर्न प्रहरीलाई पनि पत्र

Breaking news 3, ट्रेन्डिङ, समाचार
काठमाण्डाै – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । रौतहटमा चुनाव प्रचारका क्रममा मतदातालाई प्रभावित पार्ने गरी 'फ्री भिसा, फ्री टिकट' को बारेमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएकाले स्पष्टीकरण सोधेको निर्वाचन आयोगले जनाएको छ ।  स्पष्टीकरणसँगै आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत पत्र लेखिसकेको छ । आयोगले नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भने पनि रौतहट जिल्ला प्रहरी कार्यालयलाई आजै पत्र लेखेर कारबाही प्रक्रिया अगाडि बढाउन पनि भनेको छ । आफूहरूले चुनाव जितेमा विदेश जाने युवालाई 'फ्री भिसा फ्री टिकट' को व्यवस्था गर्ने अभिव्यक्ति दिएका कारण नेपाललाई आयोगले स्पष्टीकरण सोधेको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको वक्तव्य माधव नेपालकै भएको उल्लेख गर्दै आयोगले नेपालवि...
आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

ट्रेन्डिङ, समाचार
सर्लाही । हाल देशका पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जानकारी दियो । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। भोलि पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।...