Friday, April 24News That Matters

Author: हाम्रो सर्लाही

आज मिति २०७९ कार्तिक ३ गते बिहिबारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ कार्तिक ३ गते बिहिबारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता मिल्नेछ । विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ । तर, आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । आर्जित धन खर्च हुन सक्छ । तर, आफ्नै प्रयासले लाभ मिल्न सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह  पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र...
मंसिर ४ को निर्वाचन अग्रगमनकारी र प्रतिगमनकारीबीचको लडाइँ हो : प्रचण्ड

मंसिर ४ को निर्वाचन अग्रगमनकारी र प्रतिगमनकारीबीचको लडाइँ हो : प्रचण्ड

राजनीति
जनमत निर्माणमा लाग्न निर्देशन काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ गते हुने आमनिर्वाचन सामान्य निर्वाचन नभएको बताउनुभएको छ । मंसिर ४ को चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँ भएको प्रचण्डको भनाइ छ ।  ललितपुरमा प्रेस सेन्टर नेपालको कार्यक्रममा बोल्दै प्रचण्डले मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन मात्रै हो भन्ने छुट नभएको भन्दै जनमत निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।  प्रतिक्रियावादीहरूले माओवादी र त्यसको नेतृत्वमाथि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै प्रचण्डले भन्नुभयो, ‘हामी बलियो हुँदा परिवर्तन जोगिन्छ र समाजवादमा जान आधार पनि तयार हुन्छ ।’ माओवादीसँग हिजो जस्तो फौज नभएकाले शान्तिपूर्ण प्रतिस्पर्धाबा...
चुनाव देशको भविष्य बनाउने अवसर हो : अध्यक्ष ओली

चुनाव देशको भविष्य बनाउने अवसर हो : अध्यक्ष ओली

राजनीति
झापा – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे चुनाव सामान्य चुनावमात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताउनुभएको छ । झापाको धुलाबारीमा हिजाे बुधवार अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको बताउनुभयो । झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने काम निर्वाचन आयोगले रोक्नुपर्ने उहाँको भनाइ थियो । साथै उहाँले प्रहरी प्रशासनलाई गैरकानुनी क्रियाकलाप रोक्न पनि आग्रह गर्नुभयो ।  अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई कानुनको पूर्णपालना र आचारसंहिताको ख्याल गर्नका लागि अनुरोध गर्नुभयो । निष्पक्ष, शान्तिपूर्ण र भयरहित चुनावका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो ।   ...
दोस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९ को ग्रान्ड फिनाले हुँदै

दोस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९ को ग्रान्ड फिनाले हुँदै

Breaking news 2, ट्रेन्डिङ, मनोरञ्जन, समाचार
निराज रानाभाट , काठमाडौं : गत असोजको पहिलो साता हुने भनिएको ‘ दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९ ’ अब यहीँ कार्तिक २१ गते , साेमबार , राजधानी काठमाडौंको जमलस्थित राष्ट्रिय नाच घरमा हुने भनिएको छ । यस अघि यो अवार्ड रशियन कल्चरल सेन्टरमा हुने भनिएकोमा अब यसको ग्रान्ड फिनाले काठमाडौंको जमलस्थित राष्ट्रिय नाच घरमा आयोजन हुने आयोजक संस्थाले जनाएको छ । यो अवार्डको गत भदौमा मनोनयन सार्वजनिक गरिएको थियो । सोही कार्यक्रममा यो अवार्ड असोजको पहिलो साता आयोजना गरिने घोषणा गरिएको थियो , तर त्यतिबेला काठमाडौंमा डेंगोको महामारी फैलियो । आयोजक टिम समेत डेंगोबाट प्रभावित भएपछि यो अवार्ड त्यतिबेला स्थगित गरिएको थियो । अब भने कार्तिक २१ गते अवार्ड प्रदान समारोह गर्न लागिएको आयोजक संस्था क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले बताएका छन । उनका अनुसार यसपटक विभिन्न ४० विधामा यो अवार्ड प्रदान गरिने...
प्रत्येक पालिकास्तरमा २०० बिद्यार्थी अट्ने छात्रावास बनाउछु- महेश बर्तौला

प्रत्येक पालिकास्तरमा २०० बिद्यार्थी अट्ने छात्रावास बनाउछु- महेश बर्तौला

Breaking news 1, ट्रेन्डिङ, राजनीति, समाचार
हेटौंडा | नेकपा एमालेको तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं.२ को युवा उम्मेदवार महेश बर्तौलाले आफ्नो क्षेत्रको प्रत्येक गाउँपालिकामा २०० बिद्यार्थी अट्ने छात्राबास बनाउने बताएका छन् ।एमाले हेटौंडा उपमहानगरपालिका वडा नं.१ को बैठकमा उक्त कुरा बताएका हुन् । आफ्नो निर्वाचन क्षेत्र मकवानपुर २ मा ९,१०,११, १२ पढ्नको लागि घण्टौ लगाएर बिधालय पुग्नु पर्ने बाध्यता छ । धेरै बिद्यार्थीहरु यहि समस्याका कारण पढाइ छाड्नु पर्ने बाध्यता छ । यसको समाधानका ललागी प्रत्यक पालिकास्तरमा २०० बिद्यार्थी अट्ने छात्रावास बनाउने बताए । सडक संजालको बिकास र पुर्वाधार बिकास गरेर चेपाङ्गका छानोमा फलेका घिरंला नारायणघाटको बजार पुराउनेछु र चुलोको समृद्धि लेराउनेछु । आर्थिक समृद्धि मार्फत सुखी नेपाली समृद्ध नेपालको अभिभारा पूरा गर्नेछु भन्ने प्रतिवद्धता जनाएका छन् । उनले भने "जनप्रतिनिधि शासक होइनन, नागरिकका सेवक...
सामाजिक सञ्जालबाट भिटेन गायब , युट्युबबाट हटाए सबै गीत

सामाजिक सञ्जालबाट भिटेन गायब , युट्युबबाट हटाए सबै गीत

Breaking news 2, ट्रेन्डिङ, समाचार
निराज रानाभाट , काठमाडौं : र्‍यापर भिटेनको मस्तिष्कमा अहिले के कुरा चलिरहेको छ ? यो कुरा उनी आफैं बाहेक अरु कसैलाई थाहा छैन , तर जे चलिरहेको छ ठिकठाक चलिरहेको छैन । गत साता जापान कन्सर्टमा ‘ बबाल ’ गरे यता भिटेनको स्थितिलाई लिएर उनका फ्यान चिन्तित छन् । उनको एक इन्स्टाग्राम लाइभलाई लिएर समेत थप चिन्ता बढेको छ । सामाजिक सञ्जालमा भिटेनका फ्यानले मानसिक स्वास्थ्यको ख्याल गर्न पनि सुझाएका छन् । यस्तोमा , फ्यानलाई चिन्ता थप्ने गरि भिटेनले अर्को काम गरेका छन् । आफ्नो आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकबाट उनले एउटा बाहेक सबै गीत हटाएका छन् । १३ दिनअघि रिलिज भएको ‘ आफ्नै बाटो ’ बोलको गीत बाहेक भिटेनका सबै गीत हटाइएको छ । मंगलबार रातिदेखि भिटेनले यी सबै गीत गायब बनाएका हुन् । यति मात्र होइन, इन्स्टाग्रामबाट पनि भिटेनले दुईवटा बाहेक सबै तस्वीर डिलेट गरेका छन् । उनको फेसबुक पेज पनि निष्क्...
सर्लाहीमा लुटेराहरुले चलाएको गोली लागी सगुन साकोसका शाखा प्रमुख घाइते

सर्लाहीमा लुटेराहरुले चलाएको गोली लागी सगुन साकोसका शाखा प्रमुख घाइते

ट्रेन्डिङ, सर्लाही बिशेष, स्थानीय
बागमती । सर्लाहीको बागमतीमा लुटेराहरुले चलाएको गोली लागेर सगुन साकोसका शाखा प्रमुख घाइते भएका छन् । घाईते हुनेमा हरिवन स्थित सगुन साकोसको बागमती नगरपालिका १ स्थित मिलनचोकमा रहेको शाखामा प्रमुखको रुपमा कार्यरत लालबन्दी नगरपालिका २ बस्ने अन्दाजी ३४ वर्षिय साजन कार्की रहेका छन् । कार्कीको शरीरका विभिन्न भागमा गोली लागेको छ । उनलाई हरिवनस्थित एड्भान्स सरस्वती हस्पिटलमा सामान्य उपचारपछि सिमरा हुँदै हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको छ । आज विहान कार्की कार्यालय समयमै कार्यालय पुगेका थिए । उनले ४ जना सेवाग्राहीसँग कारोवार समेत गरिसकेका थिए । त्यस लगतै भारतीय नम्बर प्लेटमा आएका तीन जना लुटेराहरुले सो शाखा लुटन खोजेपछि शाखा प्रमुख कार्कीले प्रतिकार गर्न खोज्दा उनीमाथि ४ राउण्ड गोली प्रहार भएको सगुन साकोसका संस्थापक अध्यक्ष बाबुराम घिमिरेले बताए । घिमिरेका अनुसार प्रारम्भिक जानकारी अनुस...
१४९ वटा जातलाई मधेशीको रुपमा परिभाषित गर्न आयोगको सिफारिस

१४९ वटा जातलाई मधेशीको रुपमा परिभाषित गर्न आयोगको सिफारिस

ट्रेन्डिङ, समाचार
सर्लाही । मधेशी आयोगले १४९ वटा जात र मुस्लिम-थारूलाई मधेशीको रुपमा परिभाषित गर्न आफ्नो वार्षिक प्रतिवेदन मार्फत राष्ट्रपति समक्ष सिफारिस गरेको छ । राष्ट्रपति कार्यालयमा पेश गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १४९ वटा जात र २२०० भन्दा बढी थरहरुलाई मधेशीको रुपमा परिभाषित गर्न सिफारिस गरिएको छ  । आयोगले आफ्नो प्रतिवेदनमार्फत चुरे संरक्षण गरी पानीको स्रोत जोगाउनुपर्ने, स्थानीय पाठ्यक्रममा स्थानीय भाषाको प्रयोग हुनुपर्ने, मधेशी समुदायको आस्थाको केन्द्र रहेको हिन्दु संस्कृतिमाथि हुने अतिक्रमण रोक्नुपर्ने, हुलाकी राजमार्गको पूर्णता, मधेश प्रदेशका आठ जिल्लाहरूलाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने लगायत सिफारिसहरू गरेको एक विज्ञप्ति मार्फत आयोगले जानकारी गराएको छ । जनकपुरको जानकी मन्दिर, सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेको लक्ष्मीनारायण मन्दिर लाई विश्व सम्पदा सुच...
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

समाचार, स्वास्थ्य
सर्लाही । सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।...
५.९ म्याग्नेच्युटको भूकम्प , केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल – चीन सीमाना

५.९ म्याग्नेच्युटको भूकम्प , केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल – चीन सीमाना

Breaking news 1, समाचार
निराज रानाभाट , काठमाडौं : कार्तिक ०२ गते , बुधबार ( आज ) दिउँसो ३ बजेर ८ मिनेटमा गएको भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै , भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल - चीन सीमानामा रहेको पनि केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमाका महशुस भएको थियो । काठमाडौं उपत्यकामा त धक्का थाहा पाउनेहरु घर बाहिर नै निस्केका थिए ।...