Friday, April 24News That Matters

Author: हाम्रो सर्लाही

महासचिवमा पुनः विप्लव चयन

महासचिवमा पुनः विप्लव चयन

ट्रेन्डिङ, समाचार
कपिलवस्तु ।  कपिलवस्तुमा आयोजित नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् । महाधिवेशनका निर्णयहरु काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव असल क्षेत्रीले जानकारी दिए । नवौं महाधिवेशन गत असोज २५ गतेदेखि विप्लवको गृहक्षेत्र कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको थियो । महाधिवेशनले ‘एकीकृत जनक्रान्तिको विचार’लाई नयाँ उचाइमा पुर्याउने लक्ष्य कार्यदिशालाई निरन्तरता दिएको छ । एकीकृत जनक्रान्ति नै नवीन कार्यदिशा भएको बताउँदै क्षेत्रीले त्यसलाई अहिले समृद्ध गर्ने काम भएको बताए । तत्कालीन पार्टी अध्यक्ष मोहन वैद्यको कार्यक्षमतामा प्रश्न उठाउँदै २०७० मंसिरमा आफ्नै नेतृत्वमा विप्लवले नेकपा गठन गरेका थिए ।...
ट्रयाक्टर दुर्घटनामा चार जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा चार जनाको मृत्यु

ट्रेन्डिङ, समाचार, सर्लाही बिशेष
ताप्लेजुङ l ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्रयाक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्रयाक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्रयाक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए । उनका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो । ट्रयाक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ । अध्यक्ष वनेमका अनुसार ट्रयाक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए ।...
चन्द्रनगर गाउँपालिकाले गरे आन्तरिक आयस्रोतबाट करारका कर्मचारीको तलब बृद्वि

चन्द्रनगर गाउँपालिकाले गरे आन्तरिक आयस्रोतबाट करारका कर्मचारीको तलब बृद्वि

स्थानीय
राधेश्याम कुशवाहा, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले करारमा कार्यरत कर्मचारीको तलब १५% तलब बृद्वि गरेको छ ।गाउँपालिकाले आन्तरिक आयश्रोतबाट तलबभक्ता पाउने करारका कर्मचारीहरुको तलबमा साउन १ गतेदेखि लागु हुने गरी १५ प्रतिशत बृद्वि गर्ने निर्णय गरेको छ ।स्थानिय सरकारले तलब बृद्वि गर्ने निर्णय गरेपछि करारमा कार्यरत कर्मचारीले राहतको सास फेर्न पाएको छ । स्थानिय सरकार निर्माण भएको ५ बर्षसम्म समेत विभिन्न क्षेत्रमा कार्यरत करार कर्मचारीको तलब बृद्वि नभएपछि कर्मचारीहरु निराश बनेका थिए । तलब बृद्वि भएपछि करारका कर्मचारीले खुशि हुनुको साथै काम गर्ने उत्साह थपिएको करारमा कार्यरत कर्मचारी अविनाश महतो बताउँछन ।करारका कर्मचारीहरु समेत पालिकाको सेवा चुस्तदुस्त र सेवाग्राहीलाई कुनै किसिमका कठिनाई नहोस भने अहोरात्र खटिदै आएपनि तलब बृद्वि हुन सकेका थिएन ।सरकारले वजेट भाषण मार्फत बर्षेनि स्थायी कर्मच...
एमाले राष्ट्रको पहरेदार हो– कमल थापा

एमाले राष्ट्रको पहरेदार हो– कमल थापा

Breaking news 1, ट्रेन्डिङ, समाचार
हेटौंडा । नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापाले बिगतका अरु भन्दा यो चुनाव महत्त्वपूर्ण र अर्थपुर्ण रहेको बताउनुभएको छ ।नेकपा एमालेको हेटौंडा ९ मा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष समेत रहनुभएका थापाले राष्ट्रघाती विरुद्ध राष्ट्रबादीको चुनाव भएकोले धेरै ठूलो दुरगामी महत्त्व मङ्सिर ४ को चुनाव भएको भनाई राख्नुभयो । उहले काङ्ग्रेस नेतृत्वको गठबन्धन किन र कसले बनायो, अभिप्राय के थियो भन्ने चिन्तन मनन गर्नुपर्छ, अनि सोचेर सुर्य चिन्हमा मतदान गर्नु पर्छ,पुर्ब र पश्चिम सोचाइ भएकाहरुको कसरी मिलन भयो भन्दै उहाँले प्रश्न गर्नुभयो । साम्यवादी र पुजीवादीको गठबन्धन शस्कास्पद मात्र हैन भन्दै अपबित्र गठबन्धनलाई जनताले पराजित गर्नुपर्ने बताउनुभयो ।बिगतमा केपी ओलिको नेतृत्वमा सरकार बनोस भनेर जनताले मत दिएको स्मरण गर्दै थापाले त्यो सरकार गिराउन देशी ...
गठबन्धन सरकार स्वार्थका लागि बनेको हो– एकालाल श्रेष्ठ

गठबन्धन सरकार स्वार्थका लागि बनेको हो– एकालाल श्रेष्ठ

समाचार
हेटौंडा । नेकपा (एमाले) मकवानपुरका अध्यक्ष एबम मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेद्बार एकालाल श्रेष्ठले देशको हित भन्दा पनि स्वार्थका लागि काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकार बनेको बताउनुभएको छ । हेटौंडा ९ मा आयोजित वडास्तरीय बिस्तारीत बैठकलाई सम्बोधन गर्दै उहाँले आफु बागमती प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेलको उत्ताराधिकारी भएर काम गर्ने बताउनुभयो । उहाँले गठबन्धनल संविधान र लोकतन्त्र दाउमा राखेको बताउनुभयो । गठबन्धनले देशलाई स्थिरता भन्दा अस्थिरता तर्फ लिएर जाने उहाँको भनाई थियो । जनताको बलमा प्राप्त उपलब्धिलाई जोगाउँदै मुलुकलाई स्थिरतातर्फ लैजाने पवित्र उद्देश्यमा एमाले बिजयी बन्नु अनिवार्य रहेको उहाँले बताउनुभयो ।संविधानको कार्यान्वयन, सुखी नेपाली र समृद्ध नेपाल नारालाई पूरा गर्न एमाले डटेर लागेको पनि उहाँको भनाई थियो । अहिले एमालेले थालेका बिकास निर्माणलाई निरन्तरता दि...
जनताले जिताएकाहरु नै गठबन्धनको नाम गर्दै बिनासको बाटोमा लागे– पौडेल

जनताले जिताएकाहरु नै गठबन्धनको नाम गर्दै बिनासको बाटोमा लागे– पौडेल

Breaking news 3, ट्रेन्डिङ, समाचार
हेटौंडा । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले जनताले जिताएर पठाएकाहरु गठबन्धनको नाममा विनाशको बाटोमा लागेको बताउनुभएको छ । आफू मुख्यमन्त्री हुँदा गृह जिल्लामा बढीभन्दा बढी विकास गरेको जानकारी दिदै पौडेलले सहि मान्छे चिन्ने बेला आएको बताउनुभयो ।एमाले सरकारले अनेकौं विकासका कामहरु सुरु गरेकोले पूरा गर्न पनि एमालेकै सरकार चाहिने उहाँको भनाई थियो ।आज हेटौंडा ९ मा आयोजित एमालेको प्रचार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले सामान्यभन्दा सामान्य उपचार गर्न नसक्ने हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण भएर स्वास्थ्य उपचारको क्षेत्रमा फड्को मार्दै गएको बताउनुभयो । हेटौंडामा बिसौं वर्षदेखि अलपत्र रहेको गौरीटार रंगशालाको काम पनि आफू मुख्यमन्त्री हुँदा सुरु गरेको जानकारी दिनुभयो । नहेटौंडा बहुप्राविधिक महाविद्यालयको काम २० वर्षदेखि काम नभइरहेको अ...
चितवनकाे नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का आह्वान

चितवनकाे नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का आह्वान

Breaking news 3, ट्रेन्डिङ, समाचार
निराज रानाभाट , चितवन : पूर्व - पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का आह्वान भएको छ । अहिले रहेको पुरानो पुलको आडैमा सिग्नेचर पुल बनाउने गरि ठेक्का आह्वान भएको हो । सडक विभागको पुल शाखाले डिजाइन एण्ड बिल्डको मोडलमा सिग्नेचर पुल बनाउने गरि कार्तिक ०२ गते , बुधबार ( आज ) ठेक्का आह्वान गरेको हो । बहुप्रतिक्षित सिग्नेचर पुल निर्माणको लागि ठेक्का आह्वान भएपछि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बधाई दिएकी छन् । नारायणी नदीको पुल निकै पुरानो भइसकेको छ । अहिलेको पुलमा ठूलो दुर्घटना हुनसक्ने भन्दै नयाँ पुल निर्माणका लागि पटकपटक नगरिक स्तरबाट दबाब दिँदै आइएको थियो ।...
१५ औं गोदावरी पुष्प प्रदर्शनी २०७९ भाेलिदेखि ललितपुरको जावलाखेलमा हुँदै

१५ औं गोदावरी पुष्प प्रदर्शनी २०७९ भाेलिदेखि ललितपुरको जावलाखेलमा हुँदै

Breaking news 2, खेलकुद, ट्रेन्डिङ
निराज रानाभाट , ललितपुर : विगत १५ वर्षदेखि हुँदै आएको ‘ गोदावरी फूल ’ को प्रतियोगितात्मक प्रदर्शनी कार्तिक ०३ गते , बिहीबार ( भाेलि ) देखि कार्तिक ०६ गतेसम्म हुने भएको छ । ललितपुर जिल्लाको जावलाखेलस्थित खेल मैदानमा हुने प्रदर्शनीको तयारी पूरा भएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ । ‘ रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि ’ भन्ने मुल नाराका साथ हुने प्रदर्शनीमा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरि जम्मा ५५ वटा प्रदर्शनी कक्षहरु रहने मेला संयोजक सिताराम पन्तले जन्कारी दिए । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १० मिनियचर , २० स्पाईडर , ३० रिफ्लेक्स , ४० ईन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाती छन् । मेलामा सहभागी भएका नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने जनाइएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको अयोजना र पुष...
चुनावपछि पनि गठबन्धन सरकार बनाउने देउवा–प्रचण्ड–माधवको प्रतिवद्धता

चुनावपछि पनि गठबन्धन सरकार बनाउने देउवा–प्रचण्ड–माधवको प्रतिवद्धता

राजनीति
काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४ मंसिरको चुनावपछि पनि गठबन्धन सरकार बनाउने साझा प्रतिवद्धता गरेका छन् । सत्ता गठबन्धनमा रहेका पाँच दलले देशभर सिट बाँडफाँट गरेर साझा उम्मेदवार खडा गरेका छन् । गठबन्धनको तर्फबाट आज र सार्वजनिक साझा प्रतिवद्धतामा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मात्र हस्ताक्षर गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुले भने हस्ताक्षर गरेका छैनन् । संविधानको मर्म विपरीत गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटन लगायत तत्कालीन सरकार प्रमुख (केपी शर्मा ओली)को स्वेच्छाचारी कदमलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु गठबन्धनको उद्देश्य भएको नेताहरुले बताएका छन् । उनीहरुले आसन्न आम निर्वाचनलाई भयरहित र निष्प...
भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गयाे

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गयाे

सर्लाही बिशेष
 भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । केदारनाथको गरुडचट्टी पहाडमा ठोक्किएर हेलिकप्टरमा आगो लागेको बीबीसीले जनाएको छ । दुर्घटनामा पाइलट अनिल सिंहको पनि ज्यान गएको उत्तराखण्ड नागरिक उड्डयन प्राधिकरणका मुख्य कार्यकारी अधिकारी रविशंकरले बताउनुभएको छ । ज्यान गुमाउने बाँकी ६ जना तीर्थ यात्री रहेका अनुमान गरिएको खबरमा उल्लेख छ । घटनाप्रति भारतीय राष्ट्रपति द्रोपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।...