Friday, April 24News That Matters

Author: हाम्रो सर्लाही

हामीले पवित्र उद्देश्यले गठबन्धन गरेका छौं : माधव नेपाल

हामीले पवित्र उद्देश्यले गठबन्धन गरेका छौं : माधव नेपाल

राजनीति
काठमाडौं |  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन पवित्र उद्देश्य राखेर बनाएको बताएका छन् । ललितपुरमा सत्ता गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई सम्बोधन गर्दै नेपालले संविधान, गणतन्त्र, संघीयता र लोकतन्त्र जोगाउन गठबन्धन गरिएको बताए । ‘हाम्रो सहकार्य जति सशक्त हुँदै जाने छ । जति समन्वय गर्दै जाने छौं । जति जनताको माझमा पुग्ने छौं । त्यति विजय सुनिश्चित हुने छ’ नेपालले भने,‘विपक्षहरूले नै कुरा उठाउँदै छन् । तथ्यहरू अगाडि सारेर तर्कपूर्ण ढंगले गलत कुरालाई खण्डन गर्नुपर्छ । यो गठबन्धन प्रकृति हो वा अप्राकृतिक हो यो प्रश्न खडा हुन्छ । त्यसपछि काउन्टर प्रश्न तेर्स्याउनुपर्छ । यो गठबन्धन २/२ पटक संसद् विघटन गरेर संविधान कुल्चने प्रवृत्ति भएपछि तालमेल गरिएको नेपालले बताए । ‘हाम्रो गठबन्धन संविधानको रक्षाका लागि बनाएको हो । २ पटक संविधान कुल्चिने काम भयो...
‘नाईं नभन्नू ल ६’ बाट अभिनयमा डेब्यु गर्दै निखिलका छोरा अथर्व

‘नाईं नभन्नू ल ६’ बाट अभिनयमा डेब्यु गर्दै निखिलका छोरा अथर्व

समाचार
काठमाडौं |  नेपाली फिल्म क्षेत्रमा थुप्रै सेलिब्रेटीका सन्तानको पनि प्रवेश भएको छ । यस्तैमा अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलको छोरा अथर्व उप्रेती पनि फिल्ममा डेब्यू गर्ने भएका छन् । बिहीबारबाट छायांकन सुरु हुन लागेको फिल्म ‘नाईं नभन्नू ल ६’ मा उनले बाल कलाकारको रुपमा अभिनय प्रवेश गर्न लागेका हुन् । फिल्ममा उनले नव–अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिका निर्वाह गर्ने बताइन्छ । विकासराज आचार्यको निर्देशन रहने फिल्म ‘नाईं नभन्नू ल’ को छैठौं श्रृखंला हो । ‘नाईं नभन्नू ल’ को दोस्रो श्रृखंलादेखि अनुभव रेग्मी बाल कलाकारको रुपमा देखिँदै आएका थिए । तर, अहिले उनी बाल कलाकारको रुपमा नसुहाउने भएपछि नयाँ कलाकार खोज्ने क्रममा निखिल र सञ्चिताको छोरा लिएको निर्देशक आचार्यले बताए । फिल्ममा आँचल शर्माको पनि मुख्य भुमिका रहनेछ । कात्र्तिक महिनामा सम्पूर्ण छायांकन सक्ने लक्...
देश र जनताको समृद्धिका लागि जसपा-एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन समाजवादी महिला संघको आग्रह

देश र जनताको समृद्धिका लागि जसपा-एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन समाजवादी महिला संघको आग्रह

Breaking news 2, ट्रेन्डिङ, समाचार
वीरगञ्ज, १ कार्तिक । जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट महिला संगठन समाजवादी महिला संघले जसपा-एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउने अभियानलाई तीव्रता दिएको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जसपा-एमाले गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार प्रदीप यादव, प्रदेशसभा सदस्यद्वय उम्मेदवार विचारी प्रसाद यादव र लालबाबु राउत गद्दीलाई मतदान गर्न आग्रह गर्दै महिला संघले घरदैलो गरेको हो । आगामी मंसिर ४ गते हुने निर्वाचनमा जसपा-एमाले गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउने लक्ष्यका साथ आफूहरुले अभियानलाई तीव्रता दिएको समाजवादी महिला संघकी मधेश प्रदेश उपाध्यक्ष पिंकी यादवले बताईन । देश र जनताको हित तथा पर्सा जिल्लाको वृहतर विकासका लागी जसपा-एमाले गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने उनको भनाई छ । समाजवादी महिला संघले गरिरहेको घरदैलो र विभिन्न चुनाव केन्द्रित का...
काँग्रेस-माओबादिले दुखले आर्जेको संगठनको छातिमा टेकेर खतिवडाले साँसद बन्ने सपना देख्दै

काँग्रेस-माओबादिले दुखले आर्जेको संगठनको छातिमा टेकेर खतिवडाले साँसद बन्ने सपना देख्दै

Breaking news 1, ट्रेन्डिङ, समाचार
हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेस र माओबादीे केन्द्र समेतको उम्मेदवार नभएकाले आफुनै सबैको साझा उम्मेदवार भएको नेकपा एमालेका तर्फबाट क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बतौलाले बताउनु भएको छ ।नेकपा एमाले नेकपा एमाले भीमफेदी गाउँपालिकाको बिस्तारित बैठकलाई संबोधन गर्दै उहाँले ठुला दलका उम्मेदवार नभएकाले आफु एमाले सहितका सबैजसो दलको साझा उम्मेदवारका रुपमा प्रस्तुत भएको र त्यही अनुसार विजयी भएपछी पनि काम गर्ने बताउनुभयो । काँग्रेस र माओबादिले दुखले निर्माण गरेको संगठनको छातिमा टेकेर अर्का उम्मेदवारले युवा उम्मेदवार माथी बीस बमन गरिराखे आरोप समेत लगाउनुभयो । गठबन्धनको नाममा आएका उम्मेदवार काँग्रेस र माओवादिको काँध चढेर छातिमा फुलि थप्ने सोचमा आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘मकवानपुर–२ प्रतिनिधि सभामा माओवादी र काँग्रेसको उम्मेदवार वहाहरुले उठाएका छैनन् म उनिहरुको ...
यो वर्षको भाइ टीकाको उत्तम साईत बिहान ११ बजेर ३७ मिनेटमा

यो वर्षको भाइ टीकाको उत्तम साईत बिहान ११ बजेर ३७ मिनेटमा

Breaking news 3, ट्रेन्डिङ, समाचार
निराज रानाभाट , काठमाडौं : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइ टीकाको उत्तम साईत सार्वजनिक भएको छ । यस वर्षको भाइ टीकाको उत्तम साईत बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले सूचनामा जनाएको छ । समितिका अनुसार भाइ टीकाको उत्तम साईत यहीँ कार्तिक १० गते , बिहान ११ बजेर ३७ मिनेटमा जुरेको हो । टीका लगाउने उत्तम साईत ११ः३७ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइ टीका लगाउन सकिने पनि समितिले जनाएको छ ।...
सत्यमाेहन जाेशीकाे निधनकाे शाेकमा आज सार्वजनिक बिदा

सत्यमाेहन जाेशीकाे निधनकाे शाेकमा आज सार्वजनिक बिदा

सर्लाही बिशेष
काठमाण्डाै | संस्कृतिविद् सत्यमोहन जोशीको निधनमा सरकारले आज शोक बिदा दिएको छ । गृह मन्त्रालयले हिजो विज्ञप्ति निकालेर आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जोशीको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशमा रहेका कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय भएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निकालेको विज्ञप्तिमा उल्लेख छ । शताब्दी पुरुष जोशीको १ सय ३ वर्षको उमेरमा अस्ति आइतवार बिहान निधन भएको थियो । सरकारले अस्ति राष्ट्रिय सम्मानका साथ जोशीको बिदाइ गरेको थियो । जोशीको शव अध्ययनका लागि किस्ट मेडिकल कलेज ललितपुरलाई उपलब्ध गराइएको छ । शव अध्ययनका लागि उपलब्ध गराएर जोशीका आफन्तले जोशीको पार्थिव शरीरको सट्टा चिनाको दाहसंस्कार गरेका छन् ।  ...
आज मिति २०७९ कार्तिक १ गते मङलबारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ कार्तिक १ गते मङलबारको , हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष :चु, चे, चो, ला, लि, लु, ले, लो, अदाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलाशी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ। वृष :इ, उ, ए, ओ, बा, बि, बु, बे, बोन्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् भने सत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साईड लगाउदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । नयाँ ठाउबाट...
निर्वाचन आयोगले गलत सूचना रोक्न फेसबुकसँग सहकार्य गर्ने

निर्वाचन आयोगले गलत सूचना रोक्न फेसबुकसँग सहकार्य गर्ने

सर्लाही बिशेष
काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गलत सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गर्ने भएएको छ । आयोगले आइतबार फेसबुकको दक्षिण एसिया हेर्ने व्यूरोको अधिकारीहरुसँग छलफल गरेको छ । आइतबार फेसबुकको दक्षिण एसिया कार्यालयको नीतिगत मामिला हेर्ने प्रमुख सहितको टोली नेपाल आएको थियो । उनीहरुले निर्वाचन आयोगका पदाधिकारी र सूचना/प्रविधि हेर्ने विज्ञ टोलीसँग छलफल गरेको थियो । त्यसक्रममा फेसबुकले राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन सामग्रीको प्रचारप्रसार तथा मिथ्या सूचना नियन्त्रणबारे भर्चुअल कार्यशाला आयोजना समेत गरेको आयोगका अधिकारीहरुले बताएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले फेसबुकसँग तीनवटा विषयमा सहकार्य हुने बताए । ‘निष्पक्ष र सन्तुलित रुपमा निर्वाचन गर्न सामाजिक सञ्जालमा हुनसक्न...
तिहारकाे भाइटीकाकाे उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

तिहारकाे भाइटीकाकाे उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

समाचार
सर्लाही | यो वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।  अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आज साेमवार विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको हो । नेपालका लागि याे समय उपयुक्त भएको जनाएको हो ।  त्यस्तै भारत, अमेरिका, बेलायतलगायतका देशमा फरक–फरक समयमा उत्तम साइत रहेको पनि समितिले जनाएको छ ।...
प्रदेश १, मधेस र बाग्मती प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी

प्रदेश १, मधेस र बाग्मती प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी

समाचार
काठमाण्डाै | मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ । आज साेमवार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाण्डाैमा मतपत्र ढुवानी भएकाे निर्वाचन आयोगले जनाएकाे छ ।    प्रदेश १, मधेस र बाग्मती प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड २२ लाख २५ हजार मतपत्र ढुवानी भएको आयोगले जनाएको छ । प्रदेश सभातर्फ एक करोड १४ लाख ९९ हजार तथा प्रतिनिधि सभाका लागि एक करोड सात लाख २६ हजार मतपत्र रहेका छन् ।  ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, म...