Friday, April 24News That Matters

Author: हाम्रो सर्लाही

राक्सिराङमा निर्वाचन आचारसंहिता विपरित सडक बनाउन इन्द्र बानियाँको डोजर अभियान

राक्सिराङमा निर्वाचन आचारसंहिता विपरित सडक बनाउन इन्द्र बानियाँको डोजर अभियान

Breaking news 2, ट्रेन्डिङ, समाचार
हेटौंडा । मकवानपुरको पस्चिमी क्षेत्र राक्सिराङ गाउँपालिकामा निर्वाचन आचारसंहिता विपरित सडक बनाउन इन्द्र बानियाँको डोजर अभियान सुरु गर्नु भएको छ । मकवानपुर क्षेत्र नम्बर–२ को (ख) मा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँले निर्वाचन आचारसंहिता विपरित चुनाबको मुखैमा सडक निर्माण गर्नका लागि डिजेल सहयोग गर्नु भएको छ । पहिले पनि यही क्षेत्रको जनप्रतिनिधी हुँदा समेत बिकासका काममा कुनै काम नगर्ने, ठुला ठेक्का लिन मात्र तम्सिने अहिले निर्वाचन आइसकेपछी सडक निर्माण गर्न आचार संहिता विपरितका काम गरेको प्रति स्थानीय वासिन्दाहरुले बिरोध जनाएका छन् । बानियाँले राक्सिराङ–८ मैसिराङको बाटो मर्मतको लागि १५० लिटर र राक्सिराङ–५ बुखुमको लागि ५० लिटर गरि २०० लिटर डिजेल उपलब्ध गराएर सडक निर्माणको काम गरिरहनु भएको नेपाली कांग्रेसका यस क्षेत्रक...
को हुन् नेकपा एमालेको उम्मेदवार महेश बर्तौला ?

को हुन् नेकपा एमालेको उम्मेदवार महेश बर्तौला ?

Breaking news 1, ट्रेन्डिङ, राजनीति, समाचार
नाम: महेश कुमार बर्तौलाठेगाना : भिमफेदी गाउँपालिका वडा नम्बर ९बुबा : गोबिन्द बर्तौलाआमा : सानुमाया बर्तौलाउमेर : ३९  बर्ष राजनितीक पृष्ठभुमि :-  बि.स. २०५३ सालमा श्री कालिका मा.बि. नामटारमा कक्षा ७  मा अध्ययनरत रहँदा अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्षको जिम्मेवारी सहित राजनीतिक यात्रा प्रारम्भ ।- बि.स २०५४, ०५५ सालमा अनेरास्ववियु इलाका  कमिटी तथा निर्वाचन क्षेत्रीय कमिटीको पदाधिकारी लगायत को जिम्मेवारी बहन ।-बि.स. २०५६ मा अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरको सदस्यको जिम्मेवारी हुँदै  सचिवालय सदस्य, बि.स. २०५८ सालमा जिल्ला कमिटी सचिवको जिम्मेवारी बहन  ।-बि.स. २०६० र  ०६२ मा गरि अनेरास्ववियु मकवानपुरको  दुई पटक जिल्ला अध्यक्षको जिम्मेवारी बहन ।-बि.स. २०६३ मा अनेरास्ववियु नारायणी अञ्चल कमिटी सदस्य हुँदै उपाध्यक्षको जिम्मेवारी बहन ।- बि.स. २०६० मकवानप...
आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

Breaking news 1, ट्रेन्डिङ, समाचार
सरकारले आज सार्वजनिक बिदा दिएको छ। आइतबार निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक बिदा दिएको हो।  गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा नेपाल राज्यभरिका सबै  सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरू विदेशस्थित कूटनीतिक नियोगहरूमा मंगलबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ।  आज नेपालको राष्ट्रिय झन्डा झुकाउने पनि निर्णय भएको गृहको विज्ञप्तिमा उल्लेख गरिएको छ। १०३ वर्षीय जोशी आइतबार बिहान उपचारको क्रममा किस्ट अस्पतालमा निधन भएको थियो।...
चुनाव प्रचारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन

चुनाव प्रचारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन

समाचार, सर्लाही बिशेष
काठमाण्डाै | निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरू तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेको छ ।  आज सोमवार देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिनुभएको हो । उहाँले उम्मेदवारहरूले विभिन्न ठाउँमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो काम नगर्न अनुरोध गर्नुभयो । उहाँले ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारहरूलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गर्नुभयो ।  सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन चुनाव चिह्नकाे प्रयोग भएको छ त्यही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहितामा उल्लेख भएकाले त्यहीअनुसार काम गर्न पनि आयोगका सचिव दुवाडीले आ...
२४ घण्टामा ४६ जनामा काेराेना पुष्टि

२४ घण्टामा ४६ जनामा काेराेना पुष्टि

समाचार
काठमाण्डाै | पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी दुई हजार दुई सय ८७ जनाको नमुना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा १७ जना काेराेना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सात सय ११ जना पुगेको छ । यस्तै थप २३ हजार नौ सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ...
चार दलद्वारा सर्लाहीमा संसदीय चुनाव अवज्ञा/बहिष्कारसभा सम्पन्न

चार दलद्वारा सर्लाहीमा संसदीय चुनाव अवज्ञा/बहिष्कारसभा सम्पन्न

स्थानीय
हरिवन । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले संसदीय प्रणालीको चुनावमा भाग लिएर जित्नु भनेको देश लुट्ने लाइसेन्स प्राप्त गर्नु रहेको बताएका छन् । सर्लाहीको हरिवनमा आइतबार चार वामपन्थी दलद्वारा आयोजित अवज्ञा/बहिष्कार सभामा सम्बोधन गर्दै संयोजक कञ्चनले भने, ‘संसदीय चुनावमा हरेक नेपाली नागरिक र सुकुमबासी जनताले धेरैपटक भोट हाले । नेताहरू पटकपटक जितेर गए तर ६० लाख सुकुमबासी तथा नेपाली नागरिकको व्यवस्थापन गर्नुको साटो मिटरब्याजी, भ्रष्ट जनप्रतिनिधि, माफियाहरूको योजनामा कुमार पौडेललगायत गरिबको अवाज उठाउने धेरैको हत्या गरियो । त्यसैले जितेर गएकाहरूले नै लाखौँ सुकुमबासीको पेटमा लात हानेर कुमारहरूको हत्या गरेका हुन् । मानवअधिकार आयोगले समेत अपराधी घोषणा गरिसकेकाहरूलाई नेपालका कानुन र प्रहरीले किन देखेनन् ? हत्यारा र अपराधीहरूलाई कारबाही गर्नुको साटो उल्टै हाम्रो पार्टीका धेरै नेता–कार्य...
सत्यमाेहन जाेशीकाे निधनकाे शाेकमा भाेलि सार्वजनिक बिदा

सत्यमाेहन जाेशीकाे निधनकाे शाेकमा भाेलि सार्वजनिक बिदा

समाचार
काठमाण्डाै l सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भाेलि मङ्गलवार सार्वजनिक बिदा दिएको  छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज साेमवार एक विज्ञप्ति निकालेर भाेलि मङ्गलवार कात्तिक १ गते जाेशीकाे निधनकाे शाेकमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । शताबी पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा हिजो आइतवार बिहान निधन भएको थियो । उहाँको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था र विदेशमा रहेका कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताउनुभयो । ...
मलंगवाबाट ९ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित एक भारतीय पक्राउ

मलंगवाबाट ९ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित एक भारतीय पक्राउ

स्थानीय
मलंगवा l सर्लाही प्रहरीले ९ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला सोनवर्षा थाना ग्राम पञ्चायत बिसनपुर आधार वार्ड न-६ संग्रामपुर बस्ने जाकिर हुसेनको छोरा अन्दाजी वर्ष २७ को नुर मोहम्मद रहेको प्रहरीले जनाएको छ । निजलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा आइतवार दिउँसो BR 30 Z 6466 नम्बरको मोटरसाइकलमा ४ किलो ९ सय ग्रामको दरले दुइवटा पोका बनाएर राखेको जम्मा ९ किलो ८ सय ग्राम गाँजासहित मलंगवा नगरपालिका वडा न-१ भेडियाही गाउँ स्थित ढलान सडक खण्डबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जानकारी दिएको छ । पक्राउ परेका भारतीय युवक नुर मोहम्मदलाई सशस्त्र प्रहरीले मोटरसाइकल र बरामद भएको लागुऔषधसहित सोही दिन साँझ आवश्यक अनुसंधानको लागि सदरमु...
आर.आर.पि.के को १७ औं  वार्षिक साधारणसभा सम्पन्न

आर.आर.पि.के को १७ औं वार्षिक साधारणसभा सम्पन्न

स्थानीय
मलंगवा l राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मलंगवाले आफ्नो १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।संस्थाका अध्यक्ष गायत्री देवीको अध्यक्षतामा आयोजना भई सम्पन्न भएको उक्त सभाको सोमबार प्रमुख जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले उद्घाटन गर्नुभएको थियो। मलंगवा नगरपालिका वडा न-८ स्थित कुसुम पार्टी पैलेसमा आयोजना भएको कार्यक्रममा विशिष्ट अतिथि जिसस सर्लाहीका उपसभापति जितेन्द्र प्रसाद कुशवाहा, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगायत विभिन्न निकाय तथा संघसंस्थामा आबद्ध अतिथिहरुले शुभकामना मन्तव्य मार्फत आर.आर.पि.के ले गरेको कामको प्रसंसा गर्नुका साथै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए। कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक शिवजी प्रसाद साहले स्वागत मन्तव्य राखेका भने संस्थाका कोषाध्यक्ष पिंकी साहले संस्थाको वार्षिक आर्थिक प्रगतिबारे जानकारी दिएकी थि...
सर्लाहीको चन्द्रनगर गाउँपालिकाका कामदमा प्लस टु सुरु भएपछि स्थानिय हर्षित

सर्लाहीको चन्द्रनगर गाउँपालिकाका कामदमा प्लस टु सुरु भएपछि स्थानिय हर्षित

स्थानीय
चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिका वार्ड न.६ स्थित मरिचीमान माध्यमिक विधालयमा दस जोड दुई सन्चालनमा आएपछि स्थानीयवासी हर्षित भएको छ ।गणतन्त्र र संघीयता कार्यान्वयन पछि को पहिलो स्थानीय सरकारको पांच बर्षे कार्यकालमा समेत उक्त विधालयमा कक्षा ११ र १२ अध्यापन गराउन कुनै पहल नगरेपछि आम जनसमुदायमा निराशा बनेका थिए । स्थानिय सरकारमा प्लस टु सन्चालन भएपछि चन्द्रनगर गाउँपालिकाका वडा नम्बर ६ र ७ का जनताका १५ वर्षे सपना साकार भएको स्थानीय मन्जुु सिंह बताउछिन ।वैशाख २०७९ को स्थानीय तहको निर्वाचन पछि गाउँपालिका अध्यक्ष राज कुमार महतोको नेतृत्वमा गठन भएको स्थानीय सरकारले पहिलो तिन महिना भित्र अहोरात्र खटि सम्पूर्ण पक्रिया पुरा गरेर कक्षा ११ को अध्यापन शुरु गराउनु निकै सुखद र सकारात्मक कार्य रहेको छन । उनले भनिन । उहाँको नेतुत्वमा भएको उल्लेखनीय कार्यहरुले उहाँको कार्यकालको ६ महिना नबित्दै आम न...