एमालेसङ्ग सद्भाव र आत्मीयता छ: कमल थापा
हेटौंडा,३१ असोज | मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापाले एमालेसङ्ग सद्भाव र आत्मियता निरन्तर रहेको बताउनुभएको छ । नेकपा एमालेको तर्फबाट सुर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रन पाउनु आफ्नो लागि सौभाग्य रहेको थापाको भनाई थियो ।आज हेटौंडा ५ र ६ को भिन्न भिन्नै समयमा नेकपा एमालेको प्रचार प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै एमाले सङ्गको सहकार्य चुनाव जित्ने मात्र नभई देशको आवश्यकताका कारण भएको भनाई राख्नुभयो ।बाह्य शक्तिको चलखेल व्यापक रुपमा बढेकोले यसलाई रोक्न राष्ट्रवादी शक्तिहरुको एकता खाचो रहेको उहाले औल्याउनुभयो । देश भित्र पनि कतिपय राजनीतिक दलहरुले स्वभिमान कायम राख्न नसकेको, राष्ट्रबादी शक्ति कमजोर बनाउने प्रयास गरेको आरोप लगाउनुभयो । नेपालको चुच्चे नक्सा जारी भए सङ्गै एमालेलगायतका राष्ट्रबादी शक्ति माथी प्रहार हुन थालेको उहाँको कथन थियो । उहाँले गठबन्धन राष्ट्रबादी शक...




