Friday, April 24News That Matters

Author: हाम्रो सर्लाही

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको  २४ औँ साधारण सभा सम्पन्न

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको २४ औँ साधारण सभा सम्पन्न

Breaking news 2, कृषि समाचार, ट्रेन्डिङ, समाचार
निराज रानाभाट , मकवानपुर : साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको ` २४ औँ साधारण सभा ´ सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको मिति २०७९ साल असाेज २७ गतेदेखि शुरू भएको ` २४ औं वार्षिक साधारण सभा ´ कार्यक्रम अाइतबार सम्पन्न भएको छ । उक्त साधारण सभामा संस्थाको अध्यक्ष बिमला कार्कीको अध्यक्षतामा सम्पन्न सभामा मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती प्रमुख अतिथिमा रहेको थिए । त्यसैगरी , विशेष अतिथिहरुमा एकराज उप्रेती , ब्रह्मकुमार विजयराज सिग्देल , मनहरी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण उप्रेतीलगायतको उपस्थिति रहेको थियो । त्यस्तै , सभामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हेटौंडाका कृषि अधिकृत अनिल तिवारी , साना किसान कृषि सहकारी संस्था लिमिटेड हांडिखोला , हर्नामाडी , वसामाडीका अध्यक्ष र प्रबन्धकहरु तथा मनहरी गाउँपालिका वडा नम्बर ८ ...
प्रभु साह, विजय गच्छदारसहित ९ जना उम्मेदवार विरुद्ध परेको रिट खारेज

प्रभु साह, विजय गच्छदारसहित ९ जना उम्मेदवार विरुद्ध परेको रिट खारेज

राजनीति
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा उम्मेदवार प्रभु साह, विजय गच्छदारसहित ९ जनाविरुद्ध परेको रिट खारेज गरेको छ । सर्वोच्चका अनिलकुमार सिन्हाको एकल इजलालले अधिवक्ता अनिल आचार्यले दायर गरेको रिट निवेदन खारेज गरेको हो । रिट निवेदनमा सुनसरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार रहेका विजयकुमार गच्छदार, मनाङबाट कांग्रेस उम्मेदवार रहेका टेकबहादुर गुरुङ, तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र गोविन्दराज जोशी र रौतहट क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहलगायतको उम्मेदवारी खारेज गर्न माग गर्दै गरिएको थियो । यस्तै चितवन क्षेत्र नं २ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डे, सिरहा क्षेत्र नं १ की स्वतन्त्र उम्मेदवार सरिता गिरी, सिन्धुपाल्चोक क्षेत्र नं १ (क) का एमाले उम्मेदवार डिबी तामाङ, महोत्तरी १ का एमाले उम्मेदवार लक्ष्मी महतो र झापा ५ (ख)का माओवादी उम्मेदवार रेवत...
विकासमा पछि परेको पर्सालाई माथि उठाउन थुप्रै विकास निर्माणको काम गरेको छु : प्रदीप यादव

विकासमा पछि परेको पर्सालाई माथि उठाउन थुप्रै विकास निर्माणको काम गरेको छु : प्रदीप यादव

Breaking news 3, ट्रेन्डिङ, समाचार
वीरगञ्ज, ३० असोज । पूर्वमन्त्री एवम् पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार प्रदीप यादवले मङ्सिर ४ गतेको निर्वाचनमा कामको मूल्यांकन गरेर मतदान गर्न आग्रह गरेका छन् । वीरगञ्जमा शिक्षकहरुले आयोजना गरेको अन्तकृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतदान गरेर पछुताउनुभन्दा पहिले नै विचार गरेर सही व्यक्तिलाई मतदान गर्नु पर्नेमा जोड दिए । आफूले इमान्दारी पूर्वक आफ्नो क्षेत्र र पर्सेली जनाताका लागि काम गरेको भन्दै उनले विकासमा पछि परेको पर्सा जिल्लालाई माथि उठाउन थुप्रै योजना भित्र्याएको पनि उल्लेख गरे । संसदको पहिलो कार्यकालमा थुप्रै काम गरेको उदाहरण दिँदै उनले कहिल्यै पनि टाउको झुकाउने गरी गलत काम नगरेको बताए । बरु अहिलेसम्म कसैले पनि गर्न नसकेका योजनाहरु आफूले पर्सावासीका लागि भित्र्याएको उनले बताए । जिल्लाका ग्रामिण क्षेत्रलाई जोड्न सडक सञ्जालदेखि देशकै ठूलो...
निर्वाचन आचारसंहिता बिपरित मनहरीका अध्यक्ष कांग्रेसको चुनावी प्रचारमा

निर्वाचन आचारसंहिता बिपरित मनहरीका अध्यक्ष कांग्रेसको चुनावी प्रचारमा

Breaking news 2, ट्रेन्डिङ, राजनीति, समाचार
हेटौंडा । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती सत्ता गठबन्धनको चुनावी प्रचारमा हिँडेका छन् । निर्वाचन आयोगको आचारसंहिता उल्लंघन गर्दै अध्यक्ष कालाखेती मकवानपुर क्षेत्र नम्बर–२ को (ख) मा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा हिँडेका हुन् । अध्यक्ष कालाखेती आचारसंहिता विपरित बिहान देखि बेलुकासम्म बानियाँको चुनावी प्रचारमा हिँडेका हुन् । कालाखेती विशेषगरी गाउँपालिकाको हाँडीखोला र मनहरी क्षेत्रको चुनावी प्रचार प्रसार हिँडेको स्थानीयले जानकारी दिएका छन् । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित स्थानीय तहमा कुनै पनि दलको उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाउने जनाएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनाव प्रचार प्रसारमा स्थानीय तहका पदाधिकारी लागेको पाइएमा कारबाही हुने आयोगले...
सिक्का र टिकटमा सजिएका सत्यमोहन जोशी

सिक्का र टिकटमा सजिएका सत्यमोहन जोशी

Breaking news 1, ट्रेन्डिङ, रोचक, समाचार
काठमाडौं : नेपाली एक हजारको नोटमा किन हात्तीको चित्र ? कसले किन, हात्ती नै छान्यो होला ? धेरैको मनमा यो प्रश्न हुन सक्छ। हात्तीको चित्र राख्ने प्रस्तावक थिए, संस्कृतिविद् सत्यमोहन जोशी। उनी कागजी नोटमा राखिने चित्र लगायतको डिजाइनको सुझावकर्ता थिए। हजारको नोटमा हात्तीको चित्र राख्दा बढी महत्व हुन्छ भन्ने तर्क संस्कृतिविद् जोशीको भनाइ थियो। नेपाली मुद्राको सबैभन्दा ठूलो नोट हजारको भएकाले हात्तीलाई बढी ‘वेट’ दिनुपर्छ भन्ने उहाँको भनाइ थियो– राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले भने। पछि कतिपय हजारको नोटमा हात्तीको चित्र फरक पर्‍यो। जोशीले नै ‘अफ्रिकन हात्ती’ को चित्र छापिएको भनेर सच्याउन सुझाव दिएको पूर्वगभर्नर डा. युवराज खतिवडाले बताए। ‘जोशीको भनाइ पछि हात्तीको चित्र सच्याइएको थियो,’ डा. खतिवडाले भने, ‘यस्ता कतिपय घटनामा पुराना गल्तीहरू पनि सच्याउनुभएक...
जसपासँग तालमेल गरेको भन्दै सर्लाहीका एमाले केन्द्रीय सदस्य बद्री न्यौपानेले पनि पार्टी छाडे

जसपासँग तालमेल गरेको भन्दै सर्लाहीका एमाले केन्द्रीय सदस्य बद्री न्यौपानेले पनि पार्टी छाडे

थप समाचार
सर्लाही | जनता समाजवादी पार्टीसँग चुनावी गठबन्धन गरेको भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले एमाले छोडेको घोषणा गरेका छन् ।यस अघि जसपासँगको तालमेलको बिरोध गर्दै प्रभु शाह सहित नेता कार्यकर्ताले एमाले छाडेका थिए । शनिबार एक विज्ञप्ति जारी गर्दै न्यौपानेले जसपासँग पार्टीले गठबन्धन गरेको प्रति घोर आपत्ति जनाउदै राजीनामा दिएका हुन् । देश र जनताको पक्षमा नभई विदेशीको इशारामा जसपासँग गठबन्धन गरेको उनको आरोप छ । उनले विज्ञप्तिमा भनेका छन्– ‘हिजो उपेन्द्र यादवको नेतृत्वमा मधेशमा साम्प्रदायिकता भडकाई नाकाबन्दीजस्ता घृणित कार्य गर्ने जनता समाजवादी पार्टी ९जसपा० सँग एउटा राष्ट्रवादी पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको कहिले पनि हित नचाहने र भारतको इशारामा नेपालमा आफ्नो गतिविधि गर्ने एउटा साम्प्रदायिक पार्टी जसपासँग जनताको माग विपरीत पार्टी कार्यकर्ता...
कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

थप समाचार
पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमन सम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नम्बर १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो । ‘गत जेठ २२ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेश प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ’, जारी बुलेटिनमा भनिएको छ । नेपालको बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । सरदरमा अक्टोबर २ तारिखका दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाले आवश्यकताअनुसार विशेष मौसम बुलेटिन अद्यावधिक गर्ने पनि जनाएको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया स...
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

थप समाचार
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘उहाँको छोराले बुवा खस्नुभयो भनेर फोन गर्नु भएको थियो, म अस्पताल जाँदैछु,’ प्रसाईंले भने । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।...
युवा नेता रिजाल दम्पतीले मानवसेवा आश्रममा आश्रति २ सय बढी मानवलाई गराए मीष्ठान्न भाेजन

युवा नेता रिजाल दम्पतीले मानवसेवा आश्रममा आश्रति २ सय बढी मानवलाई गराए मीष्ठान्न भाेजन

थप समाचार
काठमाण्डाै,२९,असाेज । नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य एवम् समाजसेवी युवा नेता ध्रुव रिजाल दम्पतीले शनिवार (आज) मानवसेवा आश्रम काठमाण्डाैंमा आश्रति २०० जना बढी मानवलाई भाेजन गराएका छन् ।“समाजसेवी नेता रिजालले आफ्ना सासू ससुरा ओम कुमारी आचार्य र फडिन्द्र प्रसाद आचार्यकाे स्मृतिमा काठमाण्डाैं नागार्जुन नगरपालिका स्थित रानी वनमा रहेको मानवसेवा आश्रममा आश्रति मानवहरूलाई मीष्ठान्न भाेजन गराएका उनको सचिवालयले जनाएको छ ।लालबन्दी नगरपालिका वडा नं-५, रन्जितपुरका स्थायी निवासी रिजाल नगर बिकास कोषको पूर्व अध्यक्ष हुन ।उनले विभिन्न समयमा विभिन्न संस्थाको कार्यकारी पद सम्हाली सकेका छन् । नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य एवम् लालबन्दी-५ का क्षेत्रीय प्रतिनिधिसमेत रहेका युवा नेता रिजाल केही दिनमै चुनावी अभियानमा सहभागीहुन आफ्नो गृहनगर आउन लागेका उनको सचिवालयले जनाएको छ । उनको सचिवालयक...
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीका खत्रिको ज्यान गयाे

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीका खत्रिको ज्यान गयाे

थप समाचार
काठमाण्डाै । ललितपुरको महालक्ष्मी नगरपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा ९३ प ८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सर्लाही मोहनबाबु खत्रीको ज्यान गएको हो। ललितपुरको इमाडोलदेखि लुबुतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भइ घरको भित्तामा ठोक्किएको प्रहरीले जानकारी दिएको छ । २६ वर्षका खत्रीको ललितपुरको किस्ट अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । ...