अख्तियार आयुक्तकै जागिर खुस्काईदिने राष्ट्रिय खेलाडी पनि चुनावी मैदानमा
सागरनाथ, असोज २७ गते ।। नेपाल कराते महासंघका केन्द्रीय सचिव राष्ट्रिय खेलाडी ध्वजमान मुक्तानले संघीय संसदका लागि उमेदवारी दिनुभएको छ ।
खेलकै माध्यमबाट देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल हुनुभएका पछिल्लो समय भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा समेत परिचय बनाउनु भएका मुक्तानले सर्लाही क्षेत्र नम्बर १ बाट संघीय संसदको लागि स्वतन्त्रबाट उमेदवारी दिनुभएको हो । उहाँले मौरी छाप चुनाव चिन्ह प्राप्त गर्नुभएको छ ।
सम्पूर्ण जीवन खेलमै समर्पित गर्नुभएका मुक्तान देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, कालोबजारी, बेरोजगारी, चरम गरीबी लगायतका समस्या टुलुटुलु हेरेर बस्न नसकेको भन्दै आफै चुनावमा होमिएको बताउनुभयो । उहाँले आफूले चुनाव जिते खेल क्षेत्रसहित समाजलाई सही मार्गमा डो¥याउन, शान्ति सुव्यवस्था कायम गर्न र विकास र समृद्धिका लागि काम गर्ने बताउनुभयो ।
भाईरल पोष्टसँग कुराकान...