Monday, April 20News That Matters

Author: हाम्रो सर्लाही

आज ऋषि पञ्चमी मनाइँदै

आज ऋषि पञ्चमी मनाइँदै

सर्लाही बिशेष
सर्लाही | आज भाद्र शुक्ल पञ्चमी, ऋषि पञ्चमी मनाइँदैछ । आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँछन् । सर्लाहीमा रहेको सप्तऋषिको मन्दिरसहिर देशभरको ऋषि मन्दिरमा आज भक्तजनको भीड लाग्छ । ऋषिको पूजासँगै यसपालिको तीज सकिन्छ । हिन्दू महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत गर्छन् ।...
महाभियोग सिफारिस समितिमा जबराको बयान आज पनि

महाभियोग सिफारिस समितिमा जबराको बयान आज पनि

थप समाचार
काठमाडौं | निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि हुँदैछ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ । बुधबार समितिले सिंहदरबारमा जबराको बयान लिएको थियो । तर बयान नसकिएपछि उनको आज पनि बयान हुने कांग्रेस सांसद मीन विश्वकर्माले जानकारी दिए । समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधबार उनले ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गरेका थिए । उनले आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको जिकिर गरेका थिए । बुधबार जबराले चार घण्टा बयान दिएका थिए ।...
पहिरोको कारण मुग्लिन–नारायणगढ सडकखण्ड फेरि बन्द

पहिरोको कारण मुग्लिन–नारायणगढ सडकखण्ड फेरि बन्द

थप समाचार
काठमाण्डाै | मुग्लिन–नारायणगढ सडकखण्ड फेरि बन्द भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा मुसलधारे पानीसहित सडकमा लेदो र पहिरो खसेको मुग्लिन प्रहरीले जनाएको छ । बिहान साढे ५ बजेतिर पहिरो खसेको हो । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको पनि प्रहरीले जनाएको छ । त्यस्तै, चितवनको इच्छाकामना गाउँपालिका ६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ । त्यहाँ पनि सडक बन्द भएको छ । ढुङ्गा पन्छाउन टोली खटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । यसअघि मंगलबार राति खसेको पहिरो हटाएर हिजो बिहान साढे ८ बजेदेखि   मुग्लिन–नारायणगढ सडकखण्ड खुलाइएको थियो । पहिरोको उच्च जोखिम रहेकाले मुग्लिन–नारायणगढ सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ । ...
राप्रपासँग तालमेल गर्दा समस्यामा पर्ने एमाले नेताहरू

राप्रपासँग तालमेल गर्दा समस्यामा पर्ने एमाले नेताहरू

थप समाचार
काठमाडौं । सत्तारुढ दलहरुले गठबन्धन गरेपछि दबावमा परेको नेकपा एमालेले साना पार्टीहरुसँग तालमेलको प्रक्रिया अगाडि बढाएको छ । अध्यक्ष केपी शर्मा ओलीकै अग्रसरतामा पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग तालमेलको प्रयत्न भइरहेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ एमालेसँग तालमेलबारे पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले छलफल गरिरहेको बताउँछन् । ‘पार्टीले अध्यक्षलाई जिम्मा दिएको हो, उहाँले नै कुराकानी गरिरहनुभएको छ’, श्रेष्ठ भन्छन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भने कुराकानी भइरहे पनि २२ भदौ अगाडि यसबारे कुनै निर्णय नहुने बताउँछन् । ‘तलबाट आएको सिफारिस हेरेपछि थप निर्णय हुन्छ, त्यसअघि केही हुन्न’, उनी भन्छन् । चुनावी तालमेलबारे ओलीसँग लिङ्देनले बालकोट पुगेरै यसअघि कुराकानी गरेका थिए । राप्रपाका महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले...
आज मिति २०७९ भदाै १६ गते बिहीवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ भदाै १६ गते बिहीवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अकुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ । परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जागर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । नयाँ काम सम्बन्धि योजना बनाउँदा फाइदा हुन सक्छ । साथै ब्यापार ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोतपाइलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ, सतर्क रहनु होला । कसैसँग हल्का मनमुटाव पनि होला । विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोट पटकको भय पनि छ । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हतपाइको आज कसैबाट आदर पाउने दिन छ, तर पनि जागिरमा भने खासै मन नजाला । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । ...
१७ लाख नगदसहित पक्राउ परेका धावा कारागार चलान

१७ लाख नगदसहित पक्राउ परेका धावा कारागार चलान

थप समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ सम्बन्धी कसूरमा एक जना अभियुक्तलाई पर्पक्षका लागि कारागार चलान गरिएको छ । १७ लाख नगदसहित साउन १८ गते पक्राउ परेका २४ वर्षीय धावा घ्याल्चेनमाथि थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । उनलाई जगन्नाथदेवल, सुन्धाराको कारागारमा राखिए प्रहरीले जनाएको छ ।...
बालबालिकालाई बेच्नका लागि भारत लगेको आरोपमा तीन जना पक्राउ

बालबालिकालाई बेच्नका लागि भारत लगेको आरोपमा तीन जना पक्राउ

थप समाचार
धनुषा । धनुषा प्रहरीले दिल्लीतर्फ लगिँदै गरेका दुई जना बालिकाको उद्धार गरेको छ । उनीहरुलाई भारतमा बेच्नका लागि लैजान लागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ पनि गरेको छ । जनकपुरधामबाट जयनगरतर्फ जाँदै गरेको नेपाली रेलमा बालिकालाई चढाएर लग्दै गरेकोअवस्थामा इनर्वा स्टेशनबाट ती बालिकाको उद्धार गरिएको र तीन जनालाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ कमलानगर बस्ने २६ वर्षीय रुपेशकुमार मिश्र, वडा नम्बर २३ का २३ वर्षीय दिलमहम्द साह र महोत्तरीको मटिहानी नगरपालिका २ बस्ने २० वर्षीया रानी भनिने मुस्कान मण्डल छन् । ती बालिकालाई भारतको दिल्लीतर्फ बेच्न लगिरहेको सूचनाको आधारमा बालिकाको उद्धार गरी उनीहरुलाई पक्राउ गरिएको क्षेत्रीले बताए । पक्राउ परेकाबिरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्या...
कविता : म बन्धनमै छु – परशुराम घिमिरे ‘निदान’

कविता : म बन्धनमै छु – परशुराम घिमिरे ‘निदान’

सर्लाही बिशेष
अरूको स्वतन्त्रता हनन गरेरम'म' हुन खोजिरहेँसबै गुमनाम बनाएरम उम्कन खोजिरहेँर त म बन्धनमा छु । मैले मुक्तिको चाह राख्दै गर्दामुक्ति भावले नै जेलिरह्‌योम निरहंकार हुने सोच्दै गर्दाशरीरको सम्बन्धले नै मलाई पोल्योत्यसैले त म बन्धनमा छु सभाहरूमा ठुलै स्वरले चिच्याएँ -'म' भन्‍ने चिजलाई चिनर समेटभित्र नियाल ।विवेकले हेर - राम्रो नराम्रोमलाई मेरै 'म'ले साथ दिएनत्यसैलेत म बन्धनमा छु । अरूलाई सुधार्न खोज्दाआफू खुस्केको पत्तो हुने रहेनछसुधार्ने सोच्नु मेरो भ्रम रहेछबिग्रेको देख्ने नजरले नै धोका दिएत्यसैले त म बन्धनमा छु ।...
केपी ओलीले फेरि युद्ध होस् भन्ने चाहेका छन् : प्रचण्ड

केपी ओलीले फेरि युद्ध होस् भन्ने चाहेका छन् : प्रचण्ड

थप समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया नटुंगियोस् भन्ने चाहेको आरोप लगाएका छन् ।राजधानीमा आयोजित माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समिति बैठकमा उनले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै शान्ति सम्झौता गर्दा त्यसको साक्षी बसेको तर अहिले शान्ति सम्झौतालाई निष्कर्षमा पुग्न नदिने गरी तर्क गरेको समेत आरोप लगाए। ‘आफैंले १२ बुँदेमा हस्ताक्षर गर्ने, आफैं विस्तृत शान्ति सम्झौता गर्दा साक्षी बस्ने, अहिले शान्ति सम्झौतालाई अन्तिम निष्कर्षमा पुग्न नदिने भनेपछि यो प्रतिगामी पनि छ, बेइमानीपूर्ण पनि छ,’ प्रचण्डले प्रतिप्रश्न गरे, ‘षडयन्त्रकारी पनि छ । के फेरि युद्ध होस् भन्न चाहेको हो केपी र केपी गुटले ?’ एमालेले तत्कालीन विद्रोही माओवादीलाई पीडक र माओवादीबाट पीडितलाई मात्र पीडित मान्ने तर्क गरिरहेक...
राप्रपा नेपाल अबको वैकल्पिक शक्ति : कमल थापा

राप्रपा नेपाल अबको वैकल्पिक शक्ति : कमल थापा

थप समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा )नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी वैकल्पिक शक्तिका रूपमा आएको बताउनु भयो । अहिलेको दुरावस्थाबाट मुलुकलाई मुक्त गर्नको निमित्त जनताले अबको चुनावमा बोल्ड निर्णय गर्नुपर्ने उनको भनाइ छ। बेथिति, विकृति र अन्यायबारे चिन्ता गरेर मात्र गरेर हुन्न, साहसिक निर्णय गर्नुपर्ने हुन्छ, अबको निर्वाचनमा जनताले स्वाधिनता,सुशासन,हिन्दूत्व र समृद्धिको पक्षमा आफुलाई उभ्याउनु पर्ने उनले बताउनु भयो। राप्रपा नेपाल उनले ठुला भन्ने दलहरूको असक्षमता, अदुर्दर्शिता र अकर्मण्यताको जवाफ दिँदै जनताले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रुपमा उभ्याउन सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । अहिलेको दुरावस्थाबाट मुलुकलाई मुक्त गर्नको निमित्त जनताले अबको चुनावमा बोल्ड निर्णय गर्नुपर्ने उनको भनाइ छ। बेथिति, विकृति र अन्यायबारे चिन्ता गरेर मात्र गरेर हुन्न, साहसिक निर्णय गर...