Monday, April 20News That Matters

Author: हाम्रो सर्लाही

बालेनलाई वाइसिएलका अध्यक्षले भने – धाकधम्कीसँग नडराउनुहोस्, हामी साथ दिन्छौं

बालेनलाई वाइसिएलका अध्यक्षले भने – धाकधम्कीसँग नडराउनुहोस्, हामी साथ दिन्छौं

थप समाचार
काठमाडौं । माओवादी केन्द्र निकटको युवा संगठन वाइसिएल नेपालले काठमाडौंका मेयर बालेन्द्र साहलाई निडरतापूर्वक अगाडि बढ्न आग्रह गरेको छ । अनधिकृत रुपमा बनेका संचरनालाई हटाइरहेका मेयर साहमाथि राजनीतिक क्षेत्रबाटै धम्की आइरहेका बेला वाइसिएयले आफुले साथ दिने भन्दै निडरतापूर्वक अघि बढ्न भनेको हो । वाइसिएलका अध्यक्ष सुवोध शेर्पालीले सामाजिक सञ्जालमार्फत बालेनलाई कुनै खालको धाकधम्कीबाट पछि नहट्न आव्हान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “मेयर ज्यू अघि बढ्नुहोस्, आफ्नो वा पराई कोही नभनी सधैं जनता एवम् राज्यको भौतिक सम्पत्तिमाथि रजाइँ गर्न खोज्ने प्रवृत्तिका विरुद्ध जनमतको साथ लिएर लम्कनुहोस् ।” अध्यक्ष शेर्पालीले शाहमाथि धम्की नदिन पनि चेतावनी दिएका छन् । उनले अगाडि भनेका छन्, “केही गर्छु भन्ने अठोट गरि जनताबाट स्वतन्त्र रुपमा निर्वाचित भएका यो व्यवस्थाभित्र फुलेका फुल नि...
सेन्चुरी बैंक लालबन्दी शाखा र युनाईटेड होटलबिच ब्यापारिक साझेदारी

सेन्चुरी बैंक लालबन्दी शाखा र युनाईटेड होटलबिच ब्यापारिक साझेदारी

सर्लाही बिशेष
लालबन्दी । सेन्चुरी कमर्सियल बैंक लिमिटेड लालबन्दी शाखा र युनाईटेड होटल प्रा.लि.बिच सहकार्य सुरु भएको छ । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ६ मा रहेका बैंक र होटेलबिच २० प्रतिशत छुट दिने सम्झौता भएको हो । सेन्चुरि बैंकका प्रयोगकर्ताले अब युनाईटेड होटलको बिलमा बैंकको कार्ड वा क्युआरबाट भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने छन। शुक्रवार बिहान बैंकका तर्फबाट लालबन्दी शाखा प्रमुख ललित कुमार रेग्मि र युनाईटेड होटलका संचालक रमेश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । लालबन्दीमा पहिलो पटक होटलसँग सहकार्य गरेको सेन्चुरी बैंक र होटल दुबैले सम्झौता पछि आफुहरुलाई फाईदा पुग्ने र ग्राहकको संख्या बढ्ने अनुमान गरेका छन । जिल्लामा लालबन्दी, गोडैता र मलंगवाबाट सेन्चुरी बैंकको शाखाले सेवा प्रदान गरिरहेका छन। यो सँगै हाल देशभर सेन्चुरी बैंकको १४७ वटा शाखा, १० एक्सतेन्सन काउन्टर, २५ शाखारहित ...
गोडैतामा एकाबिहानै आएमईमा लुटपाट

गोडैतामा एकाबिहानै आएमईमा लुटपाट

सर्लाही बिशेष
गोडैता । सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने गोडैता बजारमा सञ्चालनमा रहेको एक आईएमईमा शुक्रबार बिहान डकैती भएको छ । नकाबधारी समूहले हतियार देखाई ८ लाखभन्दा बढी रकम लिएर फरार भएका छन् । घटनालगत्तै प्रहरी नायब उपरीक्षकको कमान्डमा प्रहरी परिचालन गरिएको छ । चार जनाको समूहमा हतियारसहित आएका नकाबधारीको समूहले गोडैता नगरपालिका–८ बजारमा सञ्चालनमा रहेको आईएमई पसलमा लुटपाट गरेको हो । लुटेराको समूहले आईएमईको एक थान कम्प्युटरसहित ८ लाख ५० हजार रुपैयाँ लुटेर लगेको छ । बिहान १० बजेको समयमा दुईवटा मोटरसाइकलमा चार जना नकाबधारी समूह हतियार देखाई लुटपाट गरेको सञ्चालक शुभनारायण पण्डितले बताए । वडाध्यक्ष मिरेन्द्रकुमार झाले गोडैताको मुख्य बजारमै लुटपाट भएको जानकारी दिए । उनका अनुसार दुई सय मिटर भित्रमा प्रहरीचौकी रहेको छ । घटनाको जानकारी पाए लगत्तै त्यस क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गर...
कौडेना गापाका पदाधिकारीहरुको लागि विपद सम्वेदनशिल सामाजिक सुरक्षा गोष्ठी सम्पन्न

कौडेना गापाका पदाधिकारीहरुको लागि विपद सम्वेदनशिल सामाजिक सुरक्षा गोष्ठी सम्पन्न

सर्लाही बिशेष
मनोज यादव,कौडेना । सर्लाहीको कौडेना गाउँपालिकामा विपद सम्वेदनशिल सामाजिक सुरक्षा गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवा तथा सेभ द चिल्ड्रेन द्वारा संचालित समुन्नति कार्यक्रम अन्तर्गत गाउँपालिका अध्यक्ष रुपेश कुमारको प्रमुख आतिथ्यतामा उक्त गोष्ठी सम्पन्न भएको हो । विपद व्यवस्थापन र सामाजिक सुरक्षालाई सँगसँगै कसरी अगाडी बढाउँदै लान सकिन्छ भन्ने विषयमा जानकारी गराउने उदेश्यले उक्त गोष्ठीको आयोजना गरिएको आयोजकले जानकारी दिए। बुधबार आयोजना भएको उक्त गोष्ठीमा सहभागी भएका कौडेना गापा कार्यालय अन्तर्गत विभिन्न शाखा तथा क्षेत्रका पदाधिकारीहरु सँग विपदको प्रभाव र जोखिमलाई नक्सांकनको हिसाबले निर्माण गर्नुपर्ने योजनाहरुको विषयमा छलफल गरिएको थियो। गोष्ठी मार्फत गापा अध्यक्ष रुपेशले कौडेना गापा अन्तर्गतका अधिकांश वडाहरु लखनदेही खोलाको छेउमा रहेको र उक्त खोलामा आउन...
नेपाल कम्युनिस्ट पार्टी सर्लाहीको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी सर्लाहीको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

थप समाचार
लालबन्दी । नेपाल कम्युनिस्ट पार्टी सर्लाहीको पाँचौ जिल्ला सम्मेलन सोमबार सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य रणवीरको प्रमुख आतिथ्यता तथा जिल्ला सेक्रेटरी कमल सुस्लीङको अध्यक्षतामा सम्मेलन गरिएको हो । सम्मेलनका अन्य अतिथिहरुमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवनारायण साह, केन्द्रीय सदस्य मिशन शाही, बारा जिल्ला सेक्रेटरी विक्रम शाही, रौतहत जिल्ला सेक्रेटरी एन वी थापा, विशेष सेक्रेटरी पवन महतो लगाएत रहेका थिए । कार्यक्रममा सहिद परिवार तथा सर्लाही जिल्ला सेक्रेटरी सुस्लिङलाई सम्मान गरिएको थियो । भेलाले जनक राउतको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । सम्मेलन लालबन्दीस्थित १० नम्बर वडा कार्यालयमा गरिएको पार्टीले जनाएको छ ।...
गजल  : परशुराम घिमिरे निदान

गजल : परशुराम घिमिरे निदान

सर्लाही बिशेष
पर्दा खोली लगाएका नजर याद आयोबन्द ओठमैंँ मुस्काएका लहर याद आयो । नाग बेली चुल्ठो खोली मदहोस वतासमाकेश फिजाई बटुलेका सगर याद आयो । मेरा हरेक अड्चन ती फूल झैँ बनाएरदिलभित्रै धड्कीएका रहर याद आयो । झम्के साँझ एकअर्काको अँगालोमा बेह्रीईँदाश्वास प्रश्वास रोकिएका बगर याद आयो । जुनताराको गाउँ खोज्यौँ प्रेमील भै रमाउननचिने झैँ हिँडिएका डगर याद आयो ।। -परशुराम घिमिरे निदान...
९० किलो गाँजासहित सिरहामा एम्बुलेन्स चालक पक्राउ

९० किलो गाँजासहित सिरहामा एम्बुलेन्स चालक पक्राउ

थप समाचार
सिरहा। सिरहा प्रहरीले एम्बुलेन्समा राखेर गाँजा तस्करीमा संलग्न एकजना चालकलाई पक्राउ गरेको छ । सिरहा प्रहरीले चेकजाँचको क्रममा ९० किलो गाँजा बोकेको एम्बुलेन्ससहित त्यसका चालक सरोज लामालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक कुमार मैनालीका अनुसार सोमवार राती पौने ११ बजे चेकजाँचको क्रममा को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट गाँजा ९० केजी परिणाममा गाँजा बरामद भएको हो। एम्बुलेन्सका चालक धनगढीमाई नगरपालिका–९ का २९ वर्षीय लामालाई नियन्त्रणमा लिएको प्रहरीले उनको साथबाट २८ हजार नगदसमेत बरामद गरेको छ । एम्बुलेन्सको बिरामी राख्ने भागमा पाँच वटा बोरामा लुकाएर राखिएको गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए । पक्राउ परेका लामालाई बयान लिएर थप अनुसन्धान गरिदैँछ ।...
हरिवनमा अखिल(क्रान्तिकारी) को मधेस प्रदेश भेला सम्पन्न

हरिवनमा अखिल(क्रान्तिकारी) को मधेस प्रदेश भेला सम्पन्न

सर्लाही बिशेष
हरिवन । अखिल (क्रान्तिकारी) मधेश प्रदेश ले हिजो सर्लाहीको हरिवनमा बृहत भेला कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अखिल क्रान्तिकारीको केन्द्रीय संयोजक पवन कार्कीको प्रमुख आतिथ्यतामा, प्रदेश संयोजक शिवराज धमलाको सभातित्वमा, नेपाल कमयुनिष्ट पार्टी माओवादी केन्द्रको पूर्व केन्द्रीय सदस्य तथा जनसांस्कृतिक मंच मधेश प्रदेशका अध्यक्ष भक्ति रिजाल, अखिल (क्रान्तिकारी) का विभागिय प्रमुखहरु बालकुमार केसी, समिर बुढाथोकी (मुक्ति ). दिनेश यादव, राजेश पटेल, चेत प्रसाद बोलाखे, जुबैर आलम , संजिव फ्युयाल, रबिन बस्नेत, विशेष प्रदेश संयोजक संजिव कार्की, विभागिय सचिव विवेक मैनाली, एहशान अन्सारी लगाएतका केन्द्रीय नेताहरुको उपस्थितिमा भवयताकासाथ सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक पबन कार्कीले यस बृहत भेलाले संगठनको आधिकारिक्ता को बिषयमा कर्याकर्ताहरुले नै प्रष्ट परिसकेको छ । ज...
देशभरका मिटरब्याज पीडितहरुलाई उजुरी गर्न आग्रह

देशभरका मिटरब्याज पीडितहरुलाई उजुरी गर्न आग्रह

थप समाचार
काठमाडौं । सरकारले देशभर रहेका सबै मिटरब्याज पीडितहरुलाई उजुरी गर्न आग्रह गरेको छ। सरकारले गठन गरेको ‘मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल’ले शनिबार एक सूचना जारी गर्दै एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको हो। सूचनामार्फत मिटरव्याज पीडितलाई तथ्य प्रमाणसहित अगामी भदौ ५ गतेसम्म उजुरी गर्न आग्रह गरिएको छ।...
कविता : मास्क र मार्क्स – बि पि बिद्रोही

कविता : मास्क र मार्क्स – बि पि बिद्रोही

सर्लाही बिशेष
उनिहरु सोधिरहेछन सोधिरहेछनमास्क खोइसेनिटाईजर खोइउनिहरु कहिल्यै सोध्दैननझुक्किएर पनिमार्क्स खोइलेनिन खोइ ? भाइरसको कारण पुँजिबाद होपुँजिबादको अन्त्यको उपाय मार्क्सवाद होमास्कसँगै मार्क्सवाद खोजौंभन्ने मेरो अपिल छ ! चोकमा रुंगेर मास्क मात्र नखोजौंकहिलेकाही त खोजौं स्वाधीनता र स्वाभिमानकहिलेकाही त खोजौं कालापानीलिपुलेक र सुस्ता पनि !कहिलेकाहीँ त खोजौं हराएका सपनाहरूकहिलेकाहीँ त खोजौं सपनाहरू खोज्दाखोज्दैहराएकाहरु-हराइएकाहरुलुकाएकाहरु -लुकाइएकाहरु बालुवाटार देखि खुमलटार-बालकोट राजमार्गमाहुइकने गाडिले सवारी चालक अनुमतिपत्र माग्दाबरु झुक्किएरदेश बेच्ने किर्ते लाइसेन्स देखाउँछदेखाउँदैन सेतो मास्कले छोपेकोकालो नक्कली माक्र्सवादी अनुहार ! कोरोनाको यो यामसत्ता चहान्छमार्क्सवादीहरु पनिमास्कले छोपिउन ओ शासक मेरो चेहरामा मास्क होइनमार्क्सवाद नियालम गर्भमै तुहाउन खोजिएकोसमाजबादी शिशु हुँ ...