लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०७९’ का लागि छनोट भए १० कृति
लालबन्दी । लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०७९’ का लागि छनोट भएका १० कृतिहरूको नाम लालबन्दी नगर वाङ्मय परिषद्ले सार्वजनिक गरेको छ ।
भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त वाङ्मय परिषद्ले आज एक विज्ञप्तिमार्फत १० कृतिहरू र तिनका सर्जकहरूको नाम पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो । स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा निम्न सूची सार्वजनिक गरेको हो ।
छनौटमा परेका कृतिहरूमा डा. नवराज लम्सालको अग्नि, प्रतीक ढकालको उज्यालो कर्णाली, सुरेन्द्र अस्तफलकाे तेल भिसा, सुशीला पौडेलको तृषा, मोहन मैनालीको देखेको देश, डा. नेत्र एटमको प्रिय मौनता, टीका आत्रेयको भ्रूण प्रश्न, महेश थापाको मरीचिका, दिपा मेवाहाङ राई को यादको सन्दुक र बिना थिङको याम्वुनेर रहेको उक्त विज्ञप्तिमा उल्लेख छ ...