Sunday, April 19News That Matters

Author: हाम्रो सर्लाही

लघुकथा –  “मशानघाटको चिठ्ठी  ”  परशुराम घिमिरे ,निदान

लघुकथा – “मशानघाटको चिठ्ठी ” परशुराम घिमिरे ,निदान

सर्लाही बिशेष
"मानवमात्रको हित सोच्नु तिम्रो दुर्भाग्य !मानव तिमी विनाशकारी बनिरहेकोले म बाध्य बनेको हुँ …………….. "मशानघाट अगाडि लेख्छ -- "तिमी आफैं आफ्नो अन्त्यको तयारीगरिरहेका छौ , तिमीले मृत्युसँग डराउने र म सम्म आउन हिचकिचाउन पर्ने कुनै कारण देख्दिनँ म । प्रकृति सँग पौठेजोरी खेल्दै मानव लगाएत अवोध प्राणीलाई सम्पूर्णरूपले असर हुनेगरि जे जस्ता विनासका साधन निर्माण गर्यौ विकासका नाममा । त्यसमा केवल मानवहरुको मात्र स्वार्थ निहित भएको देखिन्छ । के यस धरामा अरु प्राणी सहजरूपले बाच्न पाउने अधिकार छैन र ? उनीहरुको र तिमीहरको समान थलो होइन यो पृथ्वी ? हे मानव ! तिमीले अफ्ना न्यायलयहरुमा मानव बाहेक वनस्पति वा अन्य प्राणीको हक अधिकारको बिषयमा कहिलेबाट बहस गर्छौ वा गर्न उचित ठान्छौ ? केबल महान बन्ने होडमा प्रकृतीलाई विनास गर्ने अधिकार कहिले बाट पायौ र कस्ले दियो ? तिम्रो क्रियाकलापले विनास भैरहेछ समय अनि म किन द...
मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने सहमति

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने सहमति

थप समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बहुमतले पार्टी एकता गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहित भएको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति गठन गरेको छ । संयुक्तरुपमा वक्तव्य जारी गर्दै किरण र कन्चणले एकता प्रकृयामा सामेल हुन पार्टी सङ्गठन र  नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।...
गजल l बि पि बिद्रोही

गजल l बि पि बिद्रोही

सर्लाही बिशेष
झण्डा गाड लिपुलेकमा लेख देशको नामकिन चाहियो अयोध्या किन चाहियो राम नबिराउ नडराउ झुट हटाउ दिमागबाटकिन चाहियो छलकपड किन छलछाम टाउको दुख्दा निरमसी खाउँ भोक लागे सिस्नोकिन चाहियो हिरामोती किन चाहियो दाम मकै पिसि रोटो हालौं डोबेर खाउँ नुन खुर्सानीकिन चाहियो पाउरोटी किन चाहियो जाम नजाउँ परदेश दुख गरे खुसी फल्छ हाम्रै खेतमाकिन चाहियो तातो गर्मि किन चाहियो घाम भेटेर नै चौतारीमा दुख सुख बाडौंला नि,किन चाहियो चिठीपत्र किन चाहियो खाम बि पि बिद्रोही...
कांग्रेस सर्लाहीको कार्यवाहक सभापतिको जिम्मेवारी डा.यादवलाई  दिईयो

कांग्रेस सर्लाहीको कार्यवाहक सभापतिको जिम्मेवारी डा.यादवलाई दिईयो

सर्लाही बिशेष
सर्लाही । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उप–सभापति डा.सरोज कुमार यादवले पाउनुभएको छ । पार्टीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह व्यक्तिगत कामले केही समय जिल्ला बाहिर रहनुहुने भएपछि उप–सभापति यादवले कार्यवाहक सभापतिको जिम्मेवारी पाउनुभएको हो । सभापति सिंह पार्टीको काममा नफर्किंदासम्म पार्टीको सम्पूर्ण कार्य सम्पादन गर्ने गरी उप–सभापति यादवलाई जिम्मेवारी दिइएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ । सभापति सिंहको पत्रकै आधारमा बुधबारदेखि नै कार्यवाहक सभापति पदको जिम्मेवारी सम्हालिसकेको उप-सभापति डा.यादवले बताउनुभएको छ ।...
सप्तरीमा करेन्ट लागेर सासु बुहारीसहित तीनको मृत्यु

सप्तरीमा करेन्ट लागेर सासु बुहारीसहित तीनको मृत्यु

थप समाचार
सप्तरी । सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ। कञ्चनपुर नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो भने राजगढ गाउँपालिकामा एकजनाको मृत्यु भएको हो । सो घटनामा परेर मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार रहेका छन्। उनीहरु नातामा ससुरा–बुहारी हुन्। इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार अञ्जलीलाई आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो। सात महिनाको गर्भवतीसमेत अचेत अवस्थामा रहेकी बुहारी अञ्जलीलाई बचाउन गएकी सौदानन्दलाई समेत करेन्ट लागेको थियो। दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए। उता, सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा भने ५६ वर्षीय शिवशङ्कर साहको पनि करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएक...
स्थानीय तहमा शान्ति निर्माण सम्बन्धमा निर्वाचित जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्थानीय तहमा शान्ति निर्माण सम्बन्धमा निर्वाचित जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सर्लाही बिशेष
धिरोज यादव, मलंगवा । सर्लाही सदरमुकाम मलंगवामा स्थानीय तहमा शान्ति निर्माण सम्बन्धमा निर्वाचित जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राकृतिक श्रोत द्वन्द्ध रूपान्तरण केन्द्र नेपालको आयोजना र जिल्ला समन्वय समिति सर्लाहीको समन्वयमा कार्यक्रम गरिएको हो । प्राकृतिक श्रोत द्वन्द्ध रूपान्तरण केन्द्र नेपालको राष्ट्रिय श्रोत ब्यक्ति कृष्ण गौतमको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुसँग स्थानिय तहको शान्ति निर्माण विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप–सभापतिसहित जिल्लाका सबै पालिकाका प्रमुख, उपप्रमुखहरुको सहभागीता रहेको थियो । कार्यक्रममार्फत संस्थाले गरेको काम र अभियानका बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो । प्राकृतिक श्रोत द्वन्द्ध रूपान्तरण...
जिल्ला न्यायाधीशहरुकाे विदाईमा कर्मचारी मिलन केन्द्र सर्लाहीले गरे “फेरी भेटौला कार्यक्रम”

जिल्ला न्यायाधीशहरुकाे विदाईमा कर्मचारी मिलन केन्द्र सर्लाहीले गरे “फेरी भेटौला कार्यक्रम”

सर्लाही बिशेष
सर्लाही । कर्मचारी मिलन केन्द्र, सर्लाहीले एक कार्यक्रमका बिच सरूवा हुनु भएका जिल्ला न्यायाधीशहरूलाई "फेरी भेटौला कार्यक्रम" मार्फत विदाई गरेको छ । जिल्ला प्रशासन कार्यालय, सर्लाहीको सभा हलमा कर्मचारी मिलन केन्द्रद्वारा आयोजित फेरी भेटौला कार्यक्रममा सर्लाही जिल्ला अदालत, मलंगवाबाट सरूवा भई जान लाग्नु भएका माननीय प्रमुख जिल्ला न्यायाधीश  ध्रुव कुमार पिया, माननीय जिल्ला न्यायाधीश दुर्गा प्रसाद ढुंगेल, माननीय जिल्ला न्यायाधीश विदुर कोइराला र माननीय जिल्ला न्यायाधीश टेकनाथ गौतमलाई विदाई गरेकाे छ । विदाई हुने माननीय न्यायाधीशहरूलाई कर्मचारी मिलन केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले "मायाको चिनो", केन्द्रका अध्यक्ष रामदरेश रायले "गम्छा " र केन्द्रका वरिष्ठ उपाध्यक्ष होमनाथ सुवेदीले "अविर र माला" लगाएर विदाई गरे । कार्यक्रमका मुख्य आकर्षक व्यक्तित्व एवं प...
आज नाग पञ्चमी मनाइँदै: यस्तो छ धार्मिक मान्यता

आज नाग पञ्चमी मनाइँदै: यस्तो छ धार्मिक मान्यता

सर्लाही बिशेष
काठमाडौँ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको ह...
हरिपूर्वामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला

हरिपूर्वामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला

सर्लाही बिशेष
हरिपूर्वा । सर्लाहीको हरिपूर्वामा एक युवकको विभत्स ढंगले हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको छ । हरिपूर्वा नगरपालिका–३, धनकौलका रामसोगारथ रायको छोरा वर्ष १९ का सुशील कुमार यादवको हत्या भएको अवस्थामा शौचालयको खाल्डोमा शव फेला परेको हो । सोमबार बिहान गाउँकै आधारभूत विद्यालय धनकौलको चर्पी निर्माणका लागि खनिएको करिव ६ फिट गहिरो खाल्डोमा शव फेला परेको हो । धारिलो हतियारले घाँटी रेटिएको र फलामको तिखो सुईरोले आँखामा प्रहार गरेर हत्या गरिएको अवस्थामा सुशीलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिनुभयो । भारतमा मजदुरी गर्ने सुशील केही दिनअघि मात्रै घर आएका थिए । सुशील गएको सुक्रबारदेखि नै घरबाट बेपत्ता भएपनि परिवारले प्रहरीमा भने खबर गरेको थिएन । परिवारले सुशील पुनः कामका लागि भारत नै गएको होला भनी प्रह...
बर्दिबासको सिद्धार्थ बैंकको भवनमा भीषण आगलागी

बर्दिबासको सिद्धार्थ बैंकको भवनमा भीषण आगलागी

थप समाचार
बर्दिबास । महोत्तरीको बर्दिबास बजारमा सिदार्थ बैंक रहेको भवनमा भीषण आगलागी भएको छ । केहीबेर अघि सुरु भएको आगलागीका कारण आसपासमा भागाभाग भएको छ । प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणकाे प्रयास गरिरहे पनि अहिलेसम्म बारुण यन्त्र पुग्न सकेको छैन । जीम क्लब रहेको भवनको दोस्रो तल्लामा आगो लागेको हो । पहिलो तल्लामा सिद्धार्थ बैंक छ भने तल सटरहरु छन् । आगो विस्तारै बढ्दै गएपछि आसपासमा पनि क्षति पुर्‍याउन सक्ने अनुमान छ । आगलगीको कारण खुल्न सकेको छैन ।...