Sunday, April 19News That Matters

Author: हाम्रो सर्लाही

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

थप समाचार
बुटवल । गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्‍याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने ४४ वर्षीय पाण्डेको शनिबार शव भेटिएपछि हत्या भएको पुष्टि भएको हो । पाँच दिनदेखि सम्पर्कविहीन पाण्डेको अर्घाखाँची पाणिनी–२ मा पर्ने डाँडाकटेरीस्थित सिद्ध सामुदायिक वनमा शव भेटिएको हो । हत्याको अभियोगमा पाणिनि–२ घर भई हाल सैनामैना नगरपालिका–६ कलौनी बस्ने ४३ वर्षीय दीपक भनिने कुलचन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । गौतमले हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका गौतमलाई नेपाल भारत सिमाना बेलहियाबाट आइतबार पक्राउ गर...
विप्लवसहित नेताहरूलाई पक्राउ पुर्जी जारी

विप्लवसहित नेताहरूलाई पक्राउ पुर्जी जारी

थप समाचार
काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव,खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा,विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान,राज्य विरुद्धको अपराध समेतको मुद्दा,हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो। उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ। ३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ।अदालतले मुद्दा हात हतियार तथा खरखजाना मुद्दामा विप्लवसहित मोहनबहादुर कार्की,भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर क...
आज मिति २०७९ साउन १६ गते सोमबारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ साउन १६ गते सोमबारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष :चु, चे, चो, ला, लि, लु, ले, लो, अअप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्न सक्छ। वृष :इ, उ, ए, ओ, बा, बि, बु, बे, बोपरिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ काममा हात हाल्ने समय छ। केही संघर्ष गर्नुपरे पनि फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक कामको योजना प्रारम्भ गर्न सकिनेछ। उद्योग र व्यापारमा पनि फाइदा हुनेछ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला। मिथुन :का, कि, कु, घ, ङ, छ, के, को, हसहयोगीहरूले साथ दिनाले चिताएक...
वामदेवको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र, चुनाव चिह्न धानको बाला

वामदेवको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र, चुनाव चिह्न धानको बाला

थप समाचार
काठमाडौं । वामदेव गौतमको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । गौतमको संयोजकत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानलाई आयोगले आइतबार दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न दिएको हो । गौतमको पार्टीले गोलाकारभित्र झुलेको धानको बाला चुनाव चिह्न पाएको हो । त्यस्तै गौतमको पार्टीको केन्द्रीय कार्यालय काठमाडौं र आयोगमा पार्टीको दर्ता नम्बर १९० रहेको छ । दल दर्ताको प्रमाणपत्र प्राप्त भएसँगै कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गराउने अभियान जारी रहने सो पार्टीका नेता निमकान्त पाण्डेले जनाए ।...
गजल : परशुराम घिमिरे “निदान´´

गजल : परशुराम घिमिरे “निदान´´

सर्लाही बिशेष
सताय‍ो नयनले बिहानी कुनैदिननचायो रुपैले जवानी कुनै दिन सुनायो मलाई दिलैमा कसैलेडुबाई रसैमा कहानीे कुनै दिन चलायो गजब्का सुनौला पहेलीचल्यो सुस्त प्रेमील निसानी कुनै दिन म डुल्दै हराएँ भुली अाफुबाटउनकै रहेछ शिरानी कुनै दिन जवानी नशाको हो कि मात यस्तोआँखैले गरौंकि छेडखानी कुनै दिन भिजेका ती केश रेशमी उनैकाखस्यो छाती माझ पानी कुनै दिन । परशुराम घिमिरे निदान - मकवानपुर...
किरणको काम र विप्लवको अर्थ नै छैन, बाबुराम त माओवादी नै होइनन् : प्रचण्ड

किरणको काम र विप्लवको अर्थ नै छैन, बाबुराम त माओवादी नै होइनन् : प्रचण्ड

थप समाचार
काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादी दोस्रो शक्ति बन्ने दाबी गरेका छन् । आज सम्पर्क समन्वय समितिको प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै प्रचण्डले काँग्रेसको नेतृत्वसँग पनि आफूले कुरा गर्दा अहिले काँग्रेस पहिलो हुन्छ तर माओवादीलाई दोस्रो हुनबाट रोक्न गडबड नगर्न सचेत गराईएको बताए । यो गठबन्धन पनि आगामी चुनाव सम्मै कायम राख्ने कुरामा निर्धक्क हुन उनले कार्यकर्तालाई अपील गरे । संघ र प्रदेशको चुनावमा टिकट दिँदा माथिबाट मान्छे हेरेर मात्र दिईने पनि उनले प्रचण्डले उल्लेख गरे । एक प्रसंगमा प्रचण्डले, किरण माओवादी काम नभएको र विप्लव माओवादीको पनि अब अर्थ नभएको दावी गर्दै बाबुराम भट्टराई माओवादी नै नभएकाले उनको हिशाब नरहेको बताए ।...
काँग्रेस नेता रिजालको अर्को महान कार्य, अशक्तलाई दिए एक लाख बढी मूल्य पर्ने स्पाईनिङ्ग मेसिन

काँग्रेस नेता रिजालको अर्को महान कार्य, अशक्तलाई दिए एक लाख बढी मूल्य पर्ने स्पाईनिङ्ग मेसिन

सर्लाही बिशेष
लालबन्दी ।। समाजसेवी एवम् नेपाली काँग्रेस मधेश प्रदेश समिति सदस्य ध्रुव रिजालले शारीरीक रुपमा असक्त लालबन्दी ५ रन्जितपुरका विवेक कर्ण र आशा कर्णलाई एक लाख बढी मूल पर्ने स्पाईनिङ्ग मेसिन मेसिन प्रदान गर्नुभएको छ ।कर्ण दाजु बहिनी विगत ७ वर्षदेखि दुर्लभ रोग स्पाईसि सिटीबाट ग्रसित छन् । उनीहरुको शारीरीक व्यायामका लागि सहयोग पुर्याउने उदेश्यले आफूले मानवीय भावनाले स्पाईनिङ्ग मेसिन प्रदान गरेको नेता रिजालले बताउनु भयो । युवा नेता रिजाल विगत लामो समयदेखि समाजसेवामा सक्रिय रहनुभएको छ । गतवर्षको शितलहरको समयमा समेत विपन्न वर्गलाई न्यानो कम्बल, विपन्नलाई खाध्यन्न सहयोग गर्नुभएका समाजसेवी नेता रिजालले शनिवार विहान वडाअध्यक्ष मिन प्रसाद ढुंगेल(रामु)को अध्यक्षता तथा लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना पाख्रिनको प्रमुख आतिथ्यतामा एक कार्यक्रम को आयोजना विरामीको थेरापीका लागि सहयोगी सिद्ध हुने उक्त मेश...
तरकारी बोकेर भारततर्फ जाँदै गरेको ट्रकमा भेटियो ६ बोरा गाँजा, चालक पक्राउ

तरकारी बोकेर भारततर्फ जाँदै गरेको ट्रकमा भेटियो ६ बोरा गाँजा, चालक पक्राउ

थप समाचार
काठमाडौं । विराटनगरमा तरकारी बोकेर भारततर्फ जादै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद भएको छ । शुक्रबार राति संखुवासभाबाट बन्दाकोपी लिएर विराटनगर हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको ट्रकबाट सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले ६ वटा बोरामा १५६ किलो गाँजा बरामद गरेको हो । बन्दा कोपी बोकेर भारततिर जान लागेको प्रदेश १-०२-००१ ख ८६७७ नम्बरको ट्रक चेकजाँच गर्दा शुक्रबार राति ६ बोरा गाँजा भेटिएको सशस्त्र प्रहरीले बताएको छ । गाडीमा ४६ बोरा बन्दा कोपी र ६ बोरा गाँजा थियो । गाँजासहित पक्राउ परेका ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका ३ का २९ वर्षीय विवेक राईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानी बुझाएको सशस्त्र प्रहरीले बताएको छ ।...
बरहथवामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बरहथवामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही बिशेष
बरहथवा । सर्लाहीको बरहथवामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका–५, लक्ष्मीनियाँ टोल बस्ने २६ वर्षीय मुकेश साहको मृत्यु भएको हो । शुक्रबार बिहान दक्षिणतर्फबाट आउँदै गरेको इन्द्र बाँनिया कन्ष्ट्रक्सनको बागमती प्रदेश ०३–००१ क ०१९६ नम्वरको टिपरले विपरीत दिशाबाट गइरहेको ना २१ प ७४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक साहको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चलाकलाई कारबाही गर्नुपर्ने माग गर्दै स्थानीयले आन्दोलन गरेका छन। बिहान ८ः४५ बजेतिर भएको सो दुर्घटनाका मृतक साह बरहथवा ७ मा रहेको जय शक्तिमान पाउरोटी उद्योगमा काम गर्थे । दुर्घटनामा संलग्न टिपर र त्यसका चालक मकवानपुरको भिमफेदी गाउँपालिका–६, सिमलटार बस्ने २७ वर्षीय राजु लामालाई बरहथवा प्रहरीले नियन्त्रणमा लिएको छ ।...
सर्लाहीको पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु

सर्लाहीको पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु

सर्लाही बिशेष
पर्सा । सर्लाहीको पर्सामा शुक्रबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहान ९ बजे पर्सा गाउँपालिका ६ दक्षिणबारी टोलका ४५ बर्षिय सुवोध झा लाई करेन्ट लागेको हो । आफ्नै घरमा रहेको पानी तान्ने मोटर जोड्ने क्रममा करेन्ट लागी घाईते भएका झालाई उपचारका लागी प्रादेशिक अस्पताल मलंगवा पुर्‍याईए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार मृत झाको शवलाई आवश्यक कानुनी प्रकृया पुर्‍याएर परिवारलाई जिम्मा लगाईएको छ ।...