Sunday, April 19News That Matters

Author: हाम्रो सर्लाही

एकीकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगरको भेला सम्पन्न

एकीकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगरको भेला सम्पन्न

सर्लाही बिशेष
लालबन्दी । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगरको भेला बिहिवार सम्पन्न भएको छ । भेलाले तुलसा गौतमको अध्यक्षतामा २५ सदस्यिय शिक्षक संगठनको नगर कमिटि गठन गरेको छ । श्री डिम जनता माध्यमिक बिद्यालय परवानीपुरका प्रधानाध्यापक ध्रुव व भण्डारीको अध्यक्षता तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनको मधेश प्रदेश संयोजक एवं केन्द्रिय सचिव भुप नारायण अधिकारीको प्रमुख आतिथ्यतामा नगर भेला एवं अधिवेशन सम्पन्न गरिएको माओवादी केन्द्रका लालबन्दी नगर कमिटि अध्यक्ष लेखराम जर्गा मगरले जानकारी दिनुभयो । नवगठित कमिटिको उपाध्यक्षद्वमा असोक यादव र शंकर पाख्रिन, सचिवमा ललिन्द्र चौधरी, सह–सचिवमा उषा कार्कि, अर्थ सचिवमा जोगेन्द्र महतोसहित अन्य सदस्यहरु चयन भएका छन ।...
भारतसँग ५ वर्षका लागि रासायनिक मल खरिद सम्झौता

भारतसँग ५ वर्षका लागि रासायनिक मल खरिद सम्झौता

थप समाचार
काठमाडौं । नेपालले ५ वर्षका लागि भारतसँग झण्डै नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको छ । यो सम्झौता अनुसार नेपाल सरकारले सन् २०२५/२६ भित्र ४ लाख ५७ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्ने छ । गत चैतमा मल खरिदका लागि भएको सरकार–सरकार (जीटूजी) सम्झौता बमोजिम नेपालको कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) बीच खरिद समयको अन्तर्राष्ट्रिय मूल्यअनुसार मल खरिद गर्ने सम्झौता भएको हो । आर्थिक वर्ष ०८३/८४ सम्मका लागि मल खरिद गर्न साउन १ गते उक्त सम्झौता भएको कृषि सामग्री कम्पनीका निमित्त प्रबन्ध सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिए । सम्झौताअनुसार पहिलो लट १ लाख ६० हजार मेट्रिक टन मल आगामी मंसिरसम्म नेपाल भित्रीसक्ने कार्कीले बताए । ‘साउन एकमा दुई कम्पनीबीच मल खरिदका लागि सम्झौता भएको छ,’ कार्कीले भने, ‘सम्झौता ...
हरिपुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत भुजेल हाजिर

हरिपुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत भुजेल हाजिर

सर्लाही बिशेष
हरिपुर । सर्लाहीको हरिपुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत हाजिर भएका छन । नगरपालिकाले बुधवार एक कार्यक्रम गरि यस अघिका प्रमुख प्रशासकिय अधिकृत राज कुमार दासलाई बिदाई गर्दै नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा आउनुभएका दिवाकर भुजेललाई स्वागत गरेको हो । गएको स्थानिय चुनावमा जिल्ला निर्वाचन कार्यालय सर्लाहीको प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका लालबन्दी निवासी भुजेल हरिपुर नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा आउनुभएको हो । हरिपुरका यस अघिका प्रमुख प्रशासकिय अधिकृत दास सरुवा भएर सिराहा जिल्ला जानुभएको छ । दासले हरिपुर नगरपालिकाबाट १ बर्ष ४ महिना सेवा प्रदान गर्नुभएको थियो । नगरप्रमुख गोपाल पंजियार, उपप्रमुख निलमदेवी राय यादव लगाएतका नगरका कर्मचारीले नयाँ प्रमुख प्रशासकिय अधिकृत भुजेललाई फुल माला तथा अबिर लाएर स्वागत गरेका थिए ।...
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

थप समाचार
काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा नौ हजार ६३३ जनाले ४ जीपीए ल्याएका छन् । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । कोभिड-१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् । शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।...
जिल्लाकै पहिलाे क्याम्पसलाई हरिपुर नगरपालिकाकाे सहयाेग

जिल्लाकै पहिलाे क्याम्पसलाई हरिपुर नगरपालिकाकाे सहयाेग

सर्लाही बिशेष
राजाबाबु मिकरानी, मलंगवा । जिल्लाको पहिलो क्याम्पस सर्लाही क्याम्पसलाई हरिपुर नगरपालिकाले फर्निचर सामाग्री सहयोग गरेको छ । नगर प्रमुख गोपाल पंजियार, निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनय पौडेल, प्रशासन ,जिन्सि प्रमुख रुपलाल देवकोटा, लेखा प्रमुख भुपेन्द्र कुमार सिंह लगाएको टोलीले सर्लाही क्याम्पसमा पुगरे फर्निचरका सामाग्री क्याम्पसलाई हस्तान्तरण गर्नु भएकाे हाे । नगरपालिकाले ३ थान कुर्सि, ३ थान टेबल र २ थान स्टिल दराज प्रदान गरेको हरिपुर नगरपालिकाले सह–लेखापाल राजिव महतोले जानकारी दिनुभयाे । नगरपालिकाको नवौं नगरसभामा सर्लाही क्याम्पसले फर्निचर सहयोग माग गरेपछि साेही अनुसार एक लाख रुपैँया बराबरको फर्निचर प्रदान गरिएको नगरपालिकाले जनाएकाे छ । क्याम्पसका लागि फर्निचर सामाग्री लिएर पुगेकाे नगर प्रमुख पंजियारकाे टोलीलाई क्याम्पस प्रमुख राजेश प्रसाद यादवले स्वागत तथा सम्मान गर्नु भएका...
एसईईको नतिजा आज सार्वजनिक हुँदै,दुई बजे बोर्डको बैठक बस्दै

एसईईको नतिजा आज सार्वजनिक हुँदै,दुई बजे बोर्डको बैठक बस्दै

थप समाचार
काठमाडौं ।   माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुँदै छ । नतिजा सार्वजनिक गर्ने निर्णय गर्न आज दिउँसो २ बजे बोर्डको बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा आज सार्वजनिक हुने जानकारी दिए । उनले भने, ‘हामी अन्तिम तयारीमा छौं । नतिजा बुधबार आउँछ ।’ शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रुपमा परीक्षा केन्द्रमा नै उपस्थिति भएर परीक्षा दिएका थिए । परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी भएका थिए । नतिजा ग्रेड अनुसार नै सार्वजनिक गरिने छ । ९० र सोभन्दा माथि अंक ल्याउनेलाई ए प्लस, ८० र सोभन्दा माथि तर ९० भन्दा कम ल्याउ...
आज मिति २०७९ साउन ११ गते बुधवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ साउन ११ गते बुधवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष :चु, चे, चो, ला, लि, लु, ले, लो, अअप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्न सक्छ। वृष :इ, उ, ए, ओ, बा, बि, बु, बे, बोपरिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ काममा हात हाल्ने समय छ। केही संघर्ष गर्नुपरे पनि फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक कामको योजना प्रारम्भ गर्न सकिनेछ। उद्योग र व्यापारमा पनि फाइदा हुनेछ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला। मिथुन :का, कि, कु, घ, ङ, छ, के, को, हसहयोगीहरूले साथ दिनाले चिताएक...
धनकौलमा ट्याक्टरको ठक्करबाट एक युवकको ज्यान गयो

धनकौलमा ट्याक्टरको ठक्करबाट एक युवकको ज्यान गयो

सर्लाही बिशेष
धनकौल । सर्लाहीको धनकौलमा ट्याक्टरको ठक्करबाट एक युवकको ज्यान गएको छ । धनकौल गाउँपालिका २ स्थित मधुवनी सडकखण्डमा गिट्टि लोड गरेको ट्याक्टरको ठक्करबाट स्थानिय २२ बर्षिय रमेश कुमार यादवको ज्यान गएको हो । ना ७ त १७३५ नम्बरको ट्याक्टरले मानपुरबाट बिर्तातर्फ आउँदै गरेको बिआर ३० क्यु ४१०२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका यादवलाई उपचारका लागी मेडिसिटि बयोधा अस्पताल वीरगंजमा रेफर गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।यादवलाई ठक्कर दिने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। चालक भने फरार रहेकाले खोजी भईरहेको र हालसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जानकारी दिनुभयो ।...
परवानीपुरबाट ४५ किलो गाँजासहित टाटा पिकअप प्रहरीको नियन्त्रणमा

परवानीपुरबाट ४५ किलो गाँजासहित टाटा पिकअप प्रहरीको नियन्त्रणमा

थप समाचार
लालबन्दी । सर्लाहीको लालबन्दी १६ मिलनचोकबाट प्रहरीले गाँजा लिएर आउँदै गरेको टाटा पिकअपलाई नियन्त्रणमा लिएको छ । आईतबार मध्यरातमा वडा नम्बर १६ परवानिपुरबाट रानिगंजतर्फ आउँदै गरेको बा६च ८६६६ नम्बर टाटा पिकअपलाई शंका लागी पछ्याउने क्रममा प्रहरीले मिलनचोकमा नियन्त्रणमा लिएको हो । अस्थायी प्रहरी चौकीबाट असई गणेश दनुवारको टोलीले सुराकीको आधारमा गाडिलाई पछ्याएको थियो । गाडिलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएपनि चालक भने फरार भएका बताईएको छ । बरामद गाडिलाई चेकजाँच गर्दा गाडिको पछाडीको भागमा फल्स बटन बनाएर ४५ किलो गाँजा लुकाएर ल्याएको भेटिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । बरामद गाँजासहित गाडिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका सुचना अधिकृत डिएसपी बिजय यादवले जानकारी दिनुभयो । ५ ओटा रातो र एउटा सेता प्लाष्टिकमा पोको पारेर ल्या...
वर्षमा झण्डै ३ करोडको दाँत कोट्याउने सिन्का आयात

वर्षमा झण्डै ३ करोडको दाँत कोट्याउने सिन्का आयात

सर्लाही बिशेष
काठमाडौं । नेपालमा दाँत कोट्याउने सिन्काको आयात यो वर्षमा झन् बढेको छ । एक वर्षमा नेपालमा २ करोड ७१ लाख मूल्यको ‘टूथ पिक्स’ आयात भएको हो । भन्सार विभागको तथ्यांक अनुसार एक वर्षमा ८ लाख ८६ हजार किलो टुथ पिक आयात भएको हो । यसबाट सरकारले ८३ लाख रुपैयाँ राजस्व असुल गरेको छ । आर्थिक वर्ष २०७७/७८ नेपालमा २ करोड ३ लाख मूल्यको ७ लाख ७२ हजार किलो ‘टूथ पिक्स’ आयात भएको थियो । विभिन्न देशबाट नेपालमा दाँत कोट्याउने सिन्का आयात हुने गरेको छ । नेपालमा यस्ता ‘टुथ पिक्स’ बनाउने उद्योगहरु स्थपना हुन नसक्दा वर्षैसाल यस्तो वस्तुको आयात बढेको छ । चीन, भारत, थाइल्यान्डबाट टुथ पिक्स आयात हुने गरेको छ ।...