Sunday, April 19News That Matters

सर्लाही बिशेष

ट्रयाक्टर दुर्घटनामा चार जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा चार जनाको मृत्यु

ट्रेन्डिङ, समाचार, सर्लाही बिशेष
ताप्लेजुङ l ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्रयाक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्रयाक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्रयाक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए । उनका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो । ट्रयाक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ । अध्यक्ष वनेमका अनुसार ट्रयाक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए ।...
भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गयाे

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गयाे

सर्लाही बिशेष
 भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । केदारनाथको गरुडचट्टी पहाडमा ठोक्किएर हेलिकप्टरमा आगो लागेको बीबीसीले जनाएको छ । दुर्घटनामा पाइलट अनिल सिंहको पनि ज्यान गएको उत्तराखण्ड नागरिक उड्डयन प्राधिकरणका मुख्य कार्यकारी अधिकारी रविशंकरले बताउनुभएको छ । ज्यान गुमाउने बाँकी ६ जना तीर्थ यात्री रहेका अनुमान गरिएको खबरमा उल्लेख छ । घटनाप्रति भारतीय राष्ट्रपति द्रोपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।...
सत्यमाेहन जाेशीकाे निधनकाे शाेकमा आज सार्वजनिक बिदा

सत्यमाेहन जाेशीकाे निधनकाे शाेकमा आज सार्वजनिक बिदा

सर्लाही बिशेष
काठमाण्डाै | संस्कृतिविद् सत्यमोहन जोशीको निधनमा सरकारले आज शोक बिदा दिएको छ । गृह मन्त्रालयले हिजो विज्ञप्ति निकालेर आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जोशीको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशमा रहेका कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय भएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निकालेको विज्ञप्तिमा उल्लेख छ । शताब्दी पुरुष जोशीको १ सय ३ वर्षको उमेरमा अस्ति आइतवार बिहान निधन भएको थियो । सरकारले अस्ति राष्ट्रिय सम्मानका साथ जोशीको बिदाइ गरेको थियो । जोशीको शव अध्ययनका लागि किस्ट मेडिकल कलेज ललितपुरलाई उपलब्ध गराइएको छ । शव अध्ययनका लागि उपलब्ध गराएर जोशीका आफन्तले जोशीको पार्थिव शरीरको सट्टा चिनाको दाहसंस्कार गरेका छन् ।  ...
निर्वाचन आयोगले गलत सूचना रोक्न फेसबुकसँग सहकार्य गर्ने

निर्वाचन आयोगले गलत सूचना रोक्न फेसबुकसँग सहकार्य गर्ने

सर्लाही बिशेष
काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गलत सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गर्ने भएएको छ । आयोगले आइतबार फेसबुकको दक्षिण एसिया हेर्ने व्यूरोको अधिकारीहरुसँग छलफल गरेको छ । आइतबार फेसबुकको दक्षिण एसिया कार्यालयको नीतिगत मामिला हेर्ने प्रमुख सहितको टोली नेपाल आएको थियो । उनीहरुले निर्वाचन आयोगका पदाधिकारी र सूचना/प्रविधि हेर्ने विज्ञ टोलीसँग छलफल गरेको थियो । त्यसक्रममा फेसबुकले राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन सामग्रीको प्रचारप्रसार तथा मिथ्या सूचना नियन्त्रणबारे भर्चुअल कार्यशाला आयोजना समेत गरेको आयोगका अधिकारीहरुले बताएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले फेसबुकसँग तीनवटा विषयमा सहकार्य हुने बताए । ‘निष्पक्ष र सन्तुलित रुपमा निर्वाचन गर्न सामाजिक सञ्जालमा हुनसक्न...
चुनाव प्रचारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन

चुनाव प्रचारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन

समाचार, सर्लाही बिशेष
काठमाण्डाै | निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरू तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेको छ ।  आज सोमवार देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिनुभएको हो । उहाँले उम्मेदवारहरूले विभिन्न ठाउँमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो काम नगर्न अनुरोध गर्नुभयो । उहाँले ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारहरूलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गर्नुभयो ।  सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन चुनाव चिह्नकाे प्रयोग भएको छ त्यही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहितामा उल्लेख भएकाले त्यहीअनुसार काम गर्न पनि आयोगका सचिव दुवाडीले आ...
अख्तियार आयुक्तकै जागिर खुस्काईदिने राष्ट्रिय खेलाडी पनि चुनावी मैदानमा

अख्तियार आयुक्तकै जागिर खुस्काईदिने राष्ट्रिय खेलाडी पनि चुनावी मैदानमा

सर्लाही बिशेष
सागरनाथ, असोज २७ गते ।। नेपाल कराते महासंघका केन्द्रीय सचिव राष्ट्रिय खेलाडी ध्वजमान मुक्तानले संघीय संसदका लागि उमेदवारी दिनुभएको छ । खेलकै माध्यमबाट देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल हुनुभएका पछिल्लो समय भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा समेत परिचय बनाउनु भएका मुक्तानले सर्लाही क्षेत्र नम्बर १ बाट संघीय संसदको लागि स्वतन्त्रबाट उमेदवारी दिनुभएको हो । उहाँले मौरी छाप चुनाव चिन्ह प्राप्त गर्नुभएको छ । सम्पूर्ण जीवन खेलमै समर्पित गर्नुभएका मुक्तान देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, कालोबजारी, बेरोजगारी, चरम गरीबी लगायतका समस्या टुलुटुलु हेरेर बस्न नसकेको भन्दै आफै चुनावमा होमिएको बताउनुभयो । उहाँले आफूले चुनाव जिते खेल क्षेत्रसहित समाजलाई सही मार्गमा डो¥याउन, शान्ति सुव्यवस्था कायम गर्न र विकास र समृद्धिका लागि काम गर्ने बताउनुभयो । भाईरल पोष्टसँग कुराकान...
डेंगु बढेपछि हरिवनमा लामखुट्टे नष्ट अभियान सुरु

डेंगु बढेपछि हरिवनमा लामखुट्टे नष्ट अभियान सुरु

सर्लाही बिशेष
सर्लाही | नगर क्षेत्रमा डेंगु संक्रमण बढ्दै गएपछि सर्लाहीको हरिवन नगरपालिकाले लामखुट्टे नष्ट गर्ने अभियान सुरु गरेको छ। हरिवन नगरपालिकाले लामखुट्टे रहन सक्ने बजार क्षेत्रका सम्भावित ठाउँमा लामखुट्टे खोज र नष्ट गर (सर्च एण्ड डिस्ट्रोए) अभियान सुरु गरेको हो। हरिवन नगर क्षेत्रमा अहिलेसम्म करिब ४० जनामा डेंगु संक्रमण देखिएको छ। परीक्षण नगरी घरमै ज्वरोको औषधि खाएर बस्ने बिरामीको संख्या सयौँ छ। डेंगु संक्रमण तीव्र बन्दै गएपछि लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले जानकारी दिए।  ‘सर्च एण्ड डिस्ट्रोए’ अभियान अन्तर्गत डेंगु सार्ने लामखुट्टे नष्ट गर्न औषधि स्प्रे सुरु गरिएको छ,’ चौधरीले भने। हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले मंगलबार हरिवन बजार क्षेत्रमा औषधि स्प्रे गर्दै अभियानको सुरुवात गरेका छन्। पहिलो चरणम...
डेंगी नियन्त्रणका लागि हरिवनमा औषधी छिट्न शुरु, वडा अध्यक्ष रेजा नै देखिए फ्रण्टमा

डेंगी नियन्त्रणका लागि हरिवनमा औषधी छिट्न शुरु, वडा अध्यक्ष रेजा नै देखिए फ्रण्टमा

सर्लाही बिशेष
असोज २५ गते । ‘खोजौं र नष्ट गरौं’ भन्ने नाराका साथ हरिवनमा लामखुट्टे मार्ने औषधी छिट्न सुरु गरिएको छ । पछिल्लो समय हरिवनसहित देशभर डेंगीको संक्रमण फैलिएको भन्दै त्यसको नियन्त्रण तथा रोकथाम गर्ने उदेश्यले यहाँ पनि स्प्रे गरिएको हो । पुरै नगरलाई नै स्प्रे गर्ने अभियान अन्तर्गत पहिलो दिन आज हरिवन नगरपालिकाको वडा नम्बर ११ को हरिवन बजारका विभिन्न स्थानहरुमा औषधी छिटिएको छ । औषधी छिट्न नगरपालिकाको स्वास्थ्य शाकाका स्वास्थ्यकर्मीसँगै वडा अध्यक्ष शेख मेहबुब रेजा आफै खटिनु भएको छ । उहाँले नगरपालिकाको एम्बुलेन्समा बसेर आफैले लामखुट्टे मार्ने औषधि छिट्नु भएको छ । डेंगी रोग नियन्त्रण तथा रोकथामको प्रमुख उपाय भनेकै सर्च एण्ड डिस्ट्रोय अर्थात लामखुट्टे बस्ने वास स्थान र त्यसको लार्भा नष्ट गर्नु भएकोले औषधि छिटिएको नगर स्वास्थ्य शाखाका प्रमुख शशीकान्त सिंहले बताउनुभयो । ‘खोजौं र नष्ट गरौं’ अभ...
आज मिति २०७९ असोज २१ गते शुक्रबारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असोज २१ गते शुक्रबारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अमेष राशिका जातकका लागि रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको विष्णु, शिव मन्दिरमा यात्रा गर्दा मनमा खुसीयाली छाउने छ । बिहानै सूर्योदयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । यात्रा निकै फलदायी हुनेछ । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो व्यापारबाट अर्थलाभ हुनेछ । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । अनावश्यक आरोप लाग्नसक्छ । कुनै कुरा बोल्दा विचार गर्नुहोला । मौन रहनु उत्तम हुनेछ । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह  आजको दिन परिवार र आफन्तजनले सहयोग दिनेछन् । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ । मौन रहनु निकै फलदायी रहेको छ । कर्कट : हि, हु, हे, हो, डा, डि, डु, ड...
आज मिति २०७९ असोज १७ गते शोमबारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असोज १७ गते शोमबारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोपरिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतको परिणाम प्राप्त हुनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। रोकिएको काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ। मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण ह...