Saturday, April 18News That Matters

सर्लाही बिशेष

आज मिति २०७९ असोज ८ गते शनिवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असोज ८ गते शनिवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ  मेष राशिका जातकका लागि आजको दिन व्यापार ब्यवसायबाट लाभ हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईको योजना सफल हुनेछ । यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु उत्तम हुनेछ । यात्राबाट तपाईलाई फाइदा हुनसक्छ । यात्रा अघि घरका जेष्ठ र श्रेष्ठ सदस्यबाट आशीर्वाद लिएर मात्र हिडनु होला । शनिको जप गर्नुहोला । वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार फाइदा हुन्छ । तपाईको सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना बन्न सक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । अर्थलाभ हुनेसक्ने छ त्यसैले सर्तक अप्नाउनुहोला । आजको दिन मौन रहनु उत्तम हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहानको सूर्योदयको दर्शन गर्नुहोला । मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह परिवार र आफन्तजनह...
मधेस प्रदेशकै उत्कृष्ट सगुन सहकारीको मुनाफा पौने ५ करोड

मधेस प्रदेशकै उत्कृष्ट सगुन सहकारीको मुनाफा पौने ५ करोड

सर्लाही बिशेष
हरिवन । मधेस प्रदेशकै उत्कृष्ट सहकारीका रूपमा स्थापित सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले आज भव्य कार्यक्रमका बीच आफ्नो २३औँ वार्षिकोत्सव मनाएको छ। सगुनका अध्यक्ष केशव ढकालको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका केन्द्रीय अध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताले सगुन प्रदेशकै नमुना सहकारीका रूपमा स्थापित हुँदै गएको बताए। कार्यक्रमका प्रमुख अथिति कँडेलले सगुनले आफ्ना सेयर सदस्य र समुदायमा आधारित उत्कृष्ट सेवा प्रदान गरिरहेको भन्दै प्रशंसा गरे। कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ध्रुवनारायण यादव, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारीका प्रकाशप्रसाद पोखरेल, जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, निवर्तमान प्रदेश सांसद डिल्ली उप्रेती, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, बागमती नगरपालकाका मेयर भरत थापा, बा...
आज मिति २०७९ असोज ७ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असोज ७ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अमेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)कामहरु स्वत स्फुर्त रुपमा अगाडी बढ्नेछन् । व्यापार व्यवसाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिनेछ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोव्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । माया प्रेम...
परवानीपुरमा पाँचौ वडाध्यक्षकप फुटबल प्रतियोगीता सुरु

परवानीपुरमा पाँचौ वडाध्यक्षकप फुटबल प्रतियोगीता सुरु

सर्लाही बिशेष
परवानीपुर । सर्लाहीको लालबन्दी नगरपालिकामा फुटवल प्रतियोगीता सुरु भएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १६ को आयोजना तथा स्थानिय मिरमिरे युवा क्लवको सह–आयोजनामा फुटवल प्रतियोगीता सुरु भएको हो । वडा नम्बर १६ को भोर्लेनीस्थित खेल मैदानमा लालबन्दी नगरपालिकाका १७ ओटै वडाको सहभागीतामा प्रतियोगीता सुरु भएको हो । प्रतियोगीताको एक कार्यक्रमका बिच बुधवार अपराह्न उद्घाटन गरिएको छ । लालबन्दी नगरपालिकाका प्रमुख बासु अधिकारीको प्रमुख आतिथ्यमा फुटवल प्रतियोगीताको उद्घाटन भएको हो । नेपालीहरुको महान चाड बडादशैँ, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा पाँचौ वडाध्यक्ष कप नकआउट फुटवल प्रतियोगीता आयोजना गरिएको वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापाले जानकारी दिनुभयो । १० दिन सम्म चल्ने प्रतियोगीताका बिजेताले नगद ७० हजार रुपैँया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने द्वितिय हुने टिमले नगद रु ...
फूलजोर खोलाले गाडी बगायो, चालकसहित ३ जनाले भागेर ज्यान जोगाए

फूलजोर खोलाले गाडी बगायो, चालकसहित ३ जनाले भागेर ज्यान जोगाए

सर्लाही बिशेष
लालबन्दी | सर्लाहीको परवानिपुर हुँदै देउरालीबाट घारिबथानतर्फ जाँदै गरेको एउटा म्याजिक गाडी मंगलबार दिउँसो फूलजोर खोलामा आएको बाढीले बगाएको छ।​ डिसहोमका कर्मचारी मर्मतको काम गर्दै हिँडिरहेका बेला लालबन्दी नगरपालिका १५ देउरालीबाट ईश्वरपुर नगरपालिका १२ घारिबथानतर्फ जान खोज्दा फूलजोर खोलामा आएको बाढीले उनीहरु सवार बा १९ च ९६६० नम्बरको म्याजिक बगाएको हो। माथि चुरे डाँडातिर ठूलो पानी पर्नासाथ खहरे खोलामा दिउँसो ३ बजेतिर एक्कासी बाढी आएको थियो। खोलाले गाडी बगाउनासाथ भित्र रहेका चालकसहित ३ जनाले भने तत्कालै भागेर ज्यान जोगाएका थिए  । अरु बेला पानी नै नहुने भएपनि बर्खाको बेला त्यहाँ पानी पर्नासाथ ठूलो बाढी आउने गरेको छ। सर्वसाधारणले जसोतसो खोला तरेपनि सवारी साधन वारपार गराउन भने समस्या हुने गरेको छ।...
चट्याङ लागेर १ जनाको मृत्यु, ४ जना घाइते

चट्याङ लागेर १ जनाको मृत्यु, ४ जना घाइते

सर्लाही बिशेष
रितिक अधिकारी / सर्लाहीको ईश्वरपुर नगरपालिका १२ स्थित चुरेभेगमा पर्ने गुईडुङमा सोमबार अपरान्ह चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । सोमबार अपरान्ह करिब ४ बजे पानीसँगै परेको चट्याङ लागेर गुईडुङका अन्दाजी २८ वर्षीय प्रेमबहादुर घलानको ज्यान गएको हो भने २ वर्षीय बालिकासहित चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रबिन पोखरेलले जानकारी दिनुभयो । उनका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका घलानलाई उपचारका लागि सोमबार साँझ बर्दिवासस्थित जनसेवा अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । घलानलाई ज्वाइँ वुद्धबहादुरको घरमा पारिवारिक छलफल चलि रहेको समयमा चट्याङ लागेको स्थानीयले बताएका छन् । चट्याङ लागेर मृतक घलानकी श्रीमती २६ वर्षीया नन्दीमाया घलान,ज्वाइँ २७ वर्षीय वुद्धबहादुर पाख्रिन, वुद्ध बहादुरकी छोरी २ वर्षकी प्रतिमा ...
सर्लाहीमा वृक्षरोपण गरेर संविधान दिवस मनाइयो

सर्लाहीमा वृक्षरोपण गरेर संविधान दिवस मनाइयो

सर्लाही बिशेष
सर्लाही, मलंगवा।। सर्लाहीमा कर्मचारी मिलन केन्द्र, सर्लाही र डिभिजन वन कार्यालय, सर्लाहीको संयुक्त आयोजनामा वृक्षारोपण गरेर संविधान दिवस तथा राष्ट्रिय दिवस २०७९ मनाइएको छ । सर्लाहीको सदरमुकाम मलंगवामा स्थित तिन विघे परिसरमा जिल्ला समन्वय समिति, सर्लाहीका उप-प्रमुख जितेन्द्र कुमार कुशवाहाले बिरुवा रोपी कार्यक्रमको शुभारम्भ गरेका हुन । सोही अवसरमा कर्मचारी मिलन केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, मिलन केन्द्रका अध्यक्ष रामदरेश राय, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक प्रविण पोखरेल, सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक भरत खनिया, राष्ट्रिय अनुसंधान जिल्ला कार्यालयका अनुसंधान निर्देशक चन्दन कुमार झा, डिभिजन वन कार्यालयका साजन चौधरी, मलंगवा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम, नेपाल निजामती कर्मचारी युनियनका कपि...
सर्लाहीका एकैपालिका ३ खेलाडी प्रदेश स्तरीय प्रतियोगिताका लागि छनौट

सर्लाहीका एकैपालिका ३ खेलाडी प्रदेश स्तरीय प्रतियोगिताका लागि छनौट

सर्लाही बिशेष
राधेश्याम कुशवाहा, सर्लाही ।।नवौं राष्ट्रिय खेलकुदमा प्रदेश स्तरीय खेल प्रतियोगितामा सर्लाहीका एकै गाउँपालिकाका ३ खेलाडी छनौट हुन सफल भएका छन । कब्बडी खेलका लागि छनौट हुन सफल हुनेमा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका आशा कुमारी महतो, चन्द्रीका कुमारी राउत र विवेक कुमार महतो रहेको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।उनिहरु सर्लाही जिल्ला स्तरीय खेला प्रतियोगिताबाट छनौट भएर मधेश प्रदेश स्तरीय खेल प्रतियोगितामा सहभागी हुन जनकपुरधाम जान लागेका हुन । यो सम्पूर्ण चन्द्रनगर गाउँपालिकाबासीको लागि गौरवको विषय रहेकोे उहाँ बताउँछन । हामी सबैको शुभकामना तथा आर्शिवाद हाम्रा तीनै जना युवा खेलाहीहरुको साथमा रहोस भन्ने भगवान संग प्रार्थना गर्दै छु, उनले भने । प्रदेश स्तरीय खेलबाट छनौट भई नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने अवसर प्राप्त होस भन्दै उहाँले सफलताको कामना गर्दै शुभकामन...
नेपाल र विश्व बैंकबीच ५३ अर्ब ऋण सम्झौता

नेपाल र विश्व बैंकबीच ५३ अर्ब ऋण सम्झौता

सर्लाही बिशेष
 काठमाडौं | नेपाल सरकार र विश्व बैंकबीच आइतबार ५२ अर्ब ९६ करोड सहुलीयतपूर्ण ऋण प्राप्ति सम्बन्धी सम्झौता भएको छ । क्षेत्रीय यातायात तथा व्यापार आबद्धता वृद्धि तथा आबद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (३४ अर्ब ९६ करोड नेपाली रूपैयाँ) र डिजिटल नेपाल गति वृद्धि आयोजनाका लागि १४ करोड डलर (१८ अर्ब नेपाली रूपैयाँ) को सहुलियतपूर्ण वित्तीय सम्झौतामा हस्ताक्षर भएको विश्व बैंकले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका छन् । समावेशी रूपमा आर्थिक–सामाजिक विकासलाई सघाउन सुदृढ आबद्धता तथा व्यापार, सेवाग्राही र व...
आफु सांसद बने पिडितहरुको अवाज बन्ने छु :  युवा नेतृ साह

आफु सांसद बने पिडितहरुको अवाज बन्ने छु : युवा नेतृ साह

सर्लाही बिशेष
लालबन्दी । पार्टीले समानुपातिक सूचिमा आफ्नो नाम समेत समावेश गरेपछि काँग्रेस नेतृ अनिता साह निकै नै हर्षित हुनुभएको छ । पार्टीले सर्लाही क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभाको समानुपातिक सांसदको लागि आफ्नो नाम सिफारिस गरी पठाएपछि निकै खुशि लागेको भन्दै आफ्नो क्षेत्रकै कान्छी उमेदवार दावि गरिनुभएकी साहले पार्टी नेतृत्वकालाई धन्यवाद दिनुभयो । आगामी मंसीरमा हुने संघ र प्रदेश सभा निर्वाचनका लागि दलहरुले भोलि र पर्सि समानुपातिक सदस्यको बन्दसूचि बुझाउँदैछन् । पार्टीले बुझाउने बन्दसूचिमा आफू पर्ने दाबी गर्दै साहले समानुपातिक सांसद बन्न पाए सांसद भएर जनताको सेवा गर्ने ठुलो चाहना रहेको बताउनुभयो । मलाई विश्वास छ नेपाली कांग्रेस पार्टीले मलाई मायाँ गरेको छ, । आफु सांसद भएपछि क्षेत्रवासीको समृद्धी, विकासमा लाग्ने छु, पिडितहरुको अवाज बन्ने छु, शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने छु युवा नेतृ ...