बिरोध खतिवडाको बदमासिमा महेश बर्तौलाले मागे माफी
हेटौंडा । नेकपा एमालेका बागमती प्रदेशका उपसचिब तथा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले २०७४ सालको निर्वाचन जितेर जनतासंग बेखबर हुने, पार्टी माथी धोका दिएर पार्टी फोर्ने कार्य गरेको भन्दै बिरोध खतिवडाको बदमासिको आज मनहरिमा माफि मागेका छन् ।
एमाले मनहरी गाउँपालिका कमिटीको अयोजनामा भएको कार्यक्रलममा बोल्दै बर्तौलाले मनहरीका मतदाताहरुसंग खतिवडाले गरेको गल्तिका विषयमा माफी समेत माग्नुभयो । कार्यक्रममा बोल्दै बर्तौलाले आफू स्कुले जीवन देखि बिद्यार्थी राजनीति गरेको र पहिलो पटक जनताको बिचमा मत माग्न आएको बताउनुभयो । युवा उम्मेदवार बर्तौलाले आफुलाई जनताले बिश्वासको मत दिएर जिताएको खण्डमा असाधारण काम गरेर देखाउने र युवाले जित्दा कस्तो काम गर्छ भन्ने सबैले महसुस गर्नेगरि काम गर्ने बताउनु भयो ।
आफ्नो निर्वाचन क्षेत्रको राक्सिाराङ र कैलासमा एक टुक्रा पनि काल...

