जनताको सेवक भएर काम गर्नेछु:महेश बर्तौला
थाहानगर/३१ असोजआशन्न प्रतिनिधि सभा निर्वाचनका उमेदवार तथा नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाले आफू निर्वाचित भएपछि सदनमा मतदाताहरुको सम्मान हुने ढंगले प्रस्तुत हुने बताउनु भएको छ । एमाले थाहा नगर वडा नं. २ ले सोमबार विहान आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उमेदवार बर्तौलाले मतदाताहरुले हाम्रो प्रतिनिधि हो भनेर गर्व गर्ने गरेर काम गर्ने बताउनु भयो । बर्तौलाले भन्नुभयो, ‘म स्थानीय बासिन्दा नै हुँ, मेरो भूगोलप्रति मेरो अगाढ प्रेम छ, म अझै २५ वर्ष राजनीतिक जीवनमा सक्रिय रहनेछु, यो बीचमा सधैंव तपाईहरुसँगै रहेर काम गर्नेछु ।’थाहा नगरलाई काठमाडौंको भगिनी सहरको रुपमा विकास गर्न आवश्यक भूमिका आफूले निर्वाह गर्ने बताउँदै जबसम्म शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारको उचित विकास हुन सक्दैन त्यतिबेलासम्म सबै हिसावले पछाडि पर्ने बताउँदै बर्तौलाले आफू यी सबै विषयहरुम...






