Sunday, April 19News That Matters

Breaking news 1

सर्लाही १ (ख) की सांसद लुंगेलीले आश्रममा मिष्ठान्न भोजन गराईन

सर्लाही १ (ख) की सांसद लुंगेलीले आश्रममा मिष्ठान्न भोजन गराईन

Breaking news 1
लालबन्दी । प्रदेश सांसदमा पुनः निर्वाचित भएपछि बेची लुंगेलीले बृद्धाश्रममा मिष्ठान्न भोजन गराउँदै बृद्ध बृद्धाको आशिर्वाद ग्रहण गर्नुभएको छ । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट मधेश प्रदेशसभा सांसदमा दोश्रो पटक निर्वाचित भएपछि लुंगेलीले पुण्यको काम गर्दै आफ्नो जितको खुसि आश्रममा आश्रीत बृद्धबृद्धासँग साटासाट गर्नुभएको हो । लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धाश्रममा आश्रीतहरुलाई शुक्रवार मिष्ठान्न भोजन ग्रहण गराउनुभएको हो । बाम लोकतान्त्रीक गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएकी नेकपा (एकिकृत समाजवादी) नेत्री एवं प्रदेशसभा (ख) कि लोकप्रिय सांसद लुंगेलीले आफ्ना समर्थक, सहयोगी र नेताहरुको साथमा आश्रममा पुगेर बृद्धबृद्धालाई भोजन गराउनुभएको आश्रमकी संचालक भवानी कोईरालाले जानकारी दिनुभयो । सांसद लुंगेलीले आश्रमलाई आगामि दिनहरुमा पनि सहयोग गर्...
छोरीलाई स्वतन्त्र उम्मेदवार उठाएका शिवपुजन माओवादीबाट निष्काशित

छोरीलाई स्वतन्त्र उम्मेदवार उठाएका शिवपुजन माओवादीबाट निष्काशित

Breaking news 1, ट्रेन्डिङ, राजनीति
सर्लाही | नेकपा माओवादी केन्द्रले सर्लाहीका नेता तथा पूर्वसांसद शिव पुजन यादवलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको छ । माओवादी मधेश प्रदेश ईन्चार्ज गणेश साहले पार्टीका प्रदेश सदस्य यादवलाई कारबाही गरेको विज्ञप्ति जारी गरेका हुन् । प्रतिनिधिसभामा छोरी र प्रदेशसभामा भतिजा सहित अन्य सदस्यलाई बागी उम्मेदवार बनाएकाले उनलाई पार्टीको साधारण सदस्य समेतबाट निष्कासित गरेको साहले बताए । पार्टीसंग गरेका बाचालाई समेत ख्याल नगरी मनोपोली ढंगले पार्टीको निर्णय विपरीत कार्यहरु गरी प्रचार प्रसारमा संलग्न भएको, पार्टीले सार्वजनिक रुपमा उम्मेदवारी फिर्ता लिन अनुरोध गरिसकेको र २४ घण्टे स्पष्टिकरणको कुनै जवाफ हालसम्म नदिनु भएकोले नेता यादवलाई कारबाही गरिएको माओवादी मधेश ईन्चार्ज साहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नेता यादवले छोरी मधुमाला कुमारीलाई सर्लाही क्षेत्र नम्बर ४ बाट स्वत...
दल र उम्मेदवार आज अन्तिम प्रचारप्रसारमा, राति १२ बजेदेखि के– के गर्न पाईंदैन ?

दल र उम्मेदवार आज अन्तिम प्रचारप्रसारमा, राति १२ बजेदेखि के– के गर्न पाईंदैन ?

Breaking news 1, ट्रेन्डिङ, समाचार
राजनीतिक दल तथा उम्मेदवारहरु आज अन्तिम प्रचारप्रसारमा छन् । राति १२ बजेदेखि चुनाव प्रसारप्रसार गर्न  पाइँदैन । निर्वाचन आयोगले आउँदो आइतवार अर्थात् मंसिर ४ गते हुने चुनावका लागि आज राति १२ बजेदेखि आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न/नगराउन राजनीतिक दल, उम्मेदवार र नागरिकलाई सचेत गराएको छ । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने र ४८ घण्टा अघिदेखि चुनाव प्रचारप्रसारलगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता ०७९ ले निषेध गरेकाले त्यस्तो कार्यमा संलग्न नहुन आयोगले सचेत गराएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान केन्द्रबाट ३ सय मिटर वरिपरि कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री भए तत्काल हटाउनुपर्ने, चुनावको वातावरण बिथोलिने कुनै पनि किसिमको सभा, सम्मेलन, भोजभतेरलगायत कार्यलाई पूर्ण रूपमा निषेध गरिएको बताउनुभयो । यस्तै, सामाजिक सञ्जाल, अनलाइन व...
रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै आयोगमा उजुरी

रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै आयोगमा उजुरी

Breaking news 1, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । मंगलबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले कानूनी व्यवस्था अनुसार चितवन–२ को निर्वाचन अधिकृतको कार्यालयमा उक्त उजुरीबारे जानकारी गराएको बताए । निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । लामिछानेविरुद्धको उजुरीबारे आयोगका उपन्यायाधिवक्ता वाग्लेले भनेका छन् :...
निर्वाचन सम्पन्न नहुँदासम्म सर्लाही जिल्लामा मदिरा विक्रि,वितरण र सेवनमा राेक

निर्वाचन सम्पन्न नहुँदासम्म सर्लाही जिल्लामा मदिरा विक्रि,वितरण र सेवनमा राेक

Breaking news 1
सर्लाही ।  जिल्ला प्रशासन कार्यालय सर्लाहीले २७ गतेदेखि जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीले एक सूचना जारी गर्दै २७ गते आईतवारदेखि लागू हुनेगरी जिल्लाभर मदिरा बिक्री वितरण, सेवन तथा ओसारपसारमा रोक लगाउनु भएको हाे । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ,निष्पक्ष,सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था, सर्वदलिय/सर्वपक्षिय,समन्वय बैठकबाट भएको निर्णय तथा जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार २७ गते आईतबारदेखि निर्वाचन सम्बन्धी कार्य सम्पन्न ननहुँदासम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन गर्न निषेधित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी...
नेपाली काँग्रेस सर्लाहीका पुर्व सभापति नागेन्द्र कुमार रायले गरे लोकतान्त्रिक पक्षधरका साझा उमेदवार राजेन्द्र महतोको समर्थन

नेपाली काँग्रेस सर्लाहीका पुर्व सभापति नागेन्द्र कुमार रायले गरे लोकतान्त्रिक पक्षधरका साझा उमेदवार राजेन्द्र महतोको समर्थन

Breaking news 1, राजनीति
मनोज यादव / सर्लाही | नेपाली काँग्रेस जिल्ला कार्यसमिति समिति सर्लाहीका पुर्व सभापति एवं पुर्व मन्त्री तथा सर्लाही क्षेत्र न-४ का प्रतिनिधि सभा सदस्य उमेदवार नागेन्द्र कुमार रायले सर्लाही निर्वाचन क्षेत्र नं २ मा लोकतान्त्रिक पक्षधरका साझा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्र महतो लगायत उहाँसँगै सर्लाही क्षेत्र नं २(क) र (ख) मा नेपाली काँग्रेस र लोसपाबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार द्वय जंगीलाल राय र मेथुर चौधरीलाई समर्थन गर्नुभएको छ। उहाँले नेपाली काँग्रेस पार्टी लगायत क्षेत्र नं २ का नेपाली काँग्रेसका नेताकार्यकर्ता लगायत आम जनसमुदायलाई सो निर्वाचन क्षेत्रबाट उमेदवार बनेका महतो, राय र चौधरीलाई इमानदारिताका साथ निष्ठापूर्वक पुर्ण रुपले मतदान गरि विजयी बनाउन समेत अपिल गर्नुभएको छ।...
अमेरिकी सांसदमा नेपाली मूलका दुई उम्मेदवार विजयी

अमेरिकी सांसदमा नेपाली मूलका दुई उम्मेदवार विजयी

Breaking news 1, समाचार
अमेरिकाको चुनावमा उमेदवार बनेका नेपालीमूलका दुवैजना विजयी भएका छन् ।मेरिल्यान्ड जनरल एसेम्बलीका लागि मेरिल्यान्ड राज्यको विधायक (सांसद) मा डेमोक्र्याट पार्टीका तर्फबाट नेपाली मूलका डा. ह्यारी भण्डारीले पुनः जीत हासिल गर्नुभएको छ । उहाँ कुल १३ हजार ९४९ मत ल्याएर पहिलो निर्वाचित विधायक बन्नुभएको छ । यो कुल खसेको मतको २० दशमलव २७ प्रतिशत हो । सन् २०१८ मा सम्पन्न चुनावमा विजयी भएर अमेरिकाको मूलधारको राजनीतिमा जित हासिल गर्ने पहिलो नेपाली बन्नुभएका भण्डारीले आफ्नो क्षेत्रका नागरिकलाई शिक्षामा सुधारको अभियान अगाडि सार्नुभएको थियो । यसका लागि उहाँले दुवै पटकको चुनावमा ‘टिचर फर डेलिगेट’ भन्ने नारा अगाडि सार्नुभएको थियो । हयारीसहित डेमोक्र्याट पार्टीका कार्ल ज्याक्सन र निक एलेनले पनि विजयी हासिल गर्नुभएको छ । कार्लले १३ हजार ती सय एक मत र निकले १२ हजार पाँच सय ४७ मत प्राप्त गर्नुभएको छ । डिष्...
धानको मूल्य वृद्धि

धानको मूल्य वृद्धि

Breaking news 1, कृषि समाचार
सरकारले धानको मूल्यमा वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम् समर्थन मूल्य तोकेको छ ।  कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा.प्रकाश सञ्जेलका अनुसार कात्तिक १६ गते बसेको मन्त्रिपरिषदको बैठकले धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम् समर्थन मूल्य तोकेको हो । मोटा धानको प्रति क्विन्टल दुई हजार ९६७ रूपैयाँ र मध्यम धानको प्रतिक्विण्टल तीन हजार १२८ रूपैयाँ न्यूनतम् समर्थन मूल्य तोकिएको प्रवक्ता सञ्जेलले जानकारी गराए ।  गत वर्षको तुलनामा मोटा धानको मूल्य प्रतिक्विन्टर २१५ रूपैयाँ वृद्धि भएको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल २६६ रुपैयाँ वृद्धि भएको छ । किसानले धान भित्र्याउन लागेको बेला सरकारले धानको मूल्य वृद्धि गर्दै समर्थन मूल्य तोकेको हो । सरकारले तोकेको न्यूनतम् मूल्यभन्दा कममा धान खरिद बिक्री गर्न पाइँदैन ।...
ओलीले फेरि प्रधानमन्त्री बनेर देखाए हुन्छ- प्रचण्ड

ओलीले फेरि प्रधानमन्त्री बनेर देखाए हुन्छ- प्रचण्ड

Breaking news 1, राजनीति
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिनुभएको छ । आज दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई आफैंले प्रधानमन्त्री बनाए पनि ओलीले आफैले बनाएको संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको बताउनुभयो । उहाँले तत्कालीन समयमा ओलीले एकपटक आफूलाई प्रधानमन्त्री बनाइदिनुुस् भनेकाले आफूले सहयोग गरेर दोस्रो पटक प्रधानमन्त्री बनाइएको भन्दै पुन प्रधानमन्त्री बनेर देखाउन चुनौती दिनुभयो । प्रचण्डले केपी ओलीले आफूले लिम्पियाधुरा लिपुलेक समेटेर बनाएको नक्सा पनि ओलीले बाध्य भएर मात्रै बनाएको टिप्पणी गर्नुभयो ।...
जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, १२ जना घाइते

जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, १२ जना घाइते

Breaking news 1, समाचार
प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । १२ जना घाइते भएका छन् । प्युठान नगरपालिका– ५ पूर्णा गाउँ कुना पानीमा गएराति साढे १२ बजे लु १ ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा पूर्णा गाउँकी ५२ वर्षकी मैमा घर्ती, ४३ वर्षकी बच्ची थापा र ४६ वर्षका खुमन थापाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको जिल्ला अस्पतालमा बिजुवारमा उपचार भइरहेको छ । प्युठान नगरपालिका–१ खैरामा लाग्ने पूर्णिमा मेला हेरेर फर्किएका व्यक्ति दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।...