Saturday, April 18News That Matters

सर्लाही बिशेष

कविता : म बन्धनमै छु – परशुराम घिमिरे ‘निदान’

कविता : म बन्धनमै छु – परशुराम घिमिरे ‘निदान’

सर्लाही बिशेष
अरूको स्वतन्त्रता हनन गरेरम'म' हुन खोजिरहेँसबै गुमनाम बनाएरम उम्कन खोजिरहेँर त म बन्धनमा छु । मैले मुक्तिको चाह राख्दै गर्दामुक्ति भावले नै जेलिरह्‌योम निरहंकार हुने सोच्दै गर्दाशरीरको सम्बन्धले नै मलाई पोल्योत्यसैले त म बन्धनमा छु सभाहरूमा ठुलै स्वरले चिच्याएँ -'म' भन्‍ने चिजलाई चिनर समेटभित्र नियाल ।विवेकले हेर - राम्रो नराम्रोमलाई मेरै 'म'ले साथ दिएनत्यसैलेत म बन्धनमा छु । अरूलाई सुधार्न खोज्दाआफू खुस्केको पत्तो हुने रहेनछसुधार्ने सोच्नु मेरो भ्रम रहेछबिग्रेको देख्ने नजरले नै धोका दिएत्यसैले त म बन्धनमा छु ।...
सेन्चुरी बैंक लालबन्दी शाखा र युनाईटेड होटलबिच ब्यापारिक साझेदारी

सेन्चुरी बैंक लालबन्दी शाखा र युनाईटेड होटलबिच ब्यापारिक साझेदारी

सर्लाही बिशेष
लालबन्दी । सेन्चुरी कमर्सियल बैंक लिमिटेड लालबन्दी शाखा र युनाईटेड होटल प्रा.लि.बिच सहकार्य सुरु भएको छ । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ६ मा रहेका बैंक र होटेलबिच २० प्रतिशत छुट दिने सम्झौता भएको हो । सेन्चुरि बैंकका प्रयोगकर्ताले अब युनाईटेड होटलको बिलमा बैंकको कार्ड वा क्युआरबाट भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने छन। शुक्रवार बिहान बैंकका तर्फबाट लालबन्दी शाखा प्रमुख ललित कुमार रेग्मि र युनाईटेड होटलका संचालक रमेश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । लालबन्दीमा पहिलो पटक होटलसँग सहकार्य गरेको सेन्चुरी बैंक र होटल दुबैले सम्झौता पछि आफुहरुलाई फाईदा पुग्ने र ग्राहकको संख्या बढ्ने अनुमान गरेका छन । जिल्लामा लालबन्दी, गोडैता र मलंगवाबाट सेन्चुरी बैंकको शाखाले सेवा प्रदान गरिरहेका छन। यो सँगै हाल देशभर सेन्चुरी बैंकको १४७ वटा शाखा, १० एक्सतेन्सन काउन्टर, २५ शाखारहित ...
गोडैतामा एकाबिहानै आएमईमा लुटपाट

गोडैतामा एकाबिहानै आएमईमा लुटपाट

सर्लाही बिशेष
गोडैता । सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने गोडैता बजारमा सञ्चालनमा रहेको एक आईएमईमा शुक्रबार बिहान डकैती भएको छ । नकाबधारी समूहले हतियार देखाई ८ लाखभन्दा बढी रकम लिएर फरार भएका छन् । घटनालगत्तै प्रहरी नायब उपरीक्षकको कमान्डमा प्रहरी परिचालन गरिएको छ । चार जनाको समूहमा हतियारसहित आएका नकाबधारीको समूहले गोडैता नगरपालिका–८ बजारमा सञ्चालनमा रहेको आईएमई पसलमा लुटपाट गरेको हो । लुटेराको समूहले आईएमईको एक थान कम्प्युटरसहित ८ लाख ५० हजार रुपैयाँ लुटेर लगेको छ । बिहान १० बजेको समयमा दुईवटा मोटरसाइकलमा चार जना नकाबधारी समूह हतियार देखाई लुटपाट गरेको सञ्चालक शुभनारायण पण्डितले बताए । वडाध्यक्ष मिरेन्द्रकुमार झाले गोडैताको मुख्य बजारमै लुटपाट भएको जानकारी दिए । उनका अनुसार दुई सय मिटर भित्रमा प्रहरीचौकी रहेको छ । घटनाको जानकारी पाए लगत्तै त्यस क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गर...
कौडेना गापाका पदाधिकारीहरुको लागि विपद सम्वेदनशिल सामाजिक सुरक्षा गोष्ठी सम्पन्न

कौडेना गापाका पदाधिकारीहरुको लागि विपद सम्वेदनशिल सामाजिक सुरक्षा गोष्ठी सम्पन्न

सर्लाही बिशेष
मनोज यादव,कौडेना । सर्लाहीको कौडेना गाउँपालिकामा विपद सम्वेदनशिल सामाजिक सुरक्षा गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवा तथा सेभ द चिल्ड्रेन द्वारा संचालित समुन्नति कार्यक्रम अन्तर्गत गाउँपालिका अध्यक्ष रुपेश कुमारको प्रमुख आतिथ्यतामा उक्त गोष्ठी सम्पन्न भएको हो । विपद व्यवस्थापन र सामाजिक सुरक्षालाई सँगसँगै कसरी अगाडी बढाउँदै लान सकिन्छ भन्ने विषयमा जानकारी गराउने उदेश्यले उक्त गोष्ठीको आयोजना गरिएको आयोजकले जानकारी दिए। बुधबार आयोजना भएको उक्त गोष्ठीमा सहभागी भएका कौडेना गापा कार्यालय अन्तर्गत विभिन्न शाखा तथा क्षेत्रका पदाधिकारीहरु सँग विपदको प्रभाव र जोखिमलाई नक्सांकनको हिसाबले निर्माण गर्नुपर्ने योजनाहरुको विषयमा छलफल गरिएको थियो। गोष्ठी मार्फत गापा अध्यक्ष रुपेशले कौडेना गापा अन्तर्गतका अधिकांश वडाहरु लखनदेही खोलाको छेउमा रहेको र उक्त खोलामा आउन...
गजल  : परशुराम घिमिरे निदान

गजल : परशुराम घिमिरे निदान

सर्लाही बिशेष
पर्दा खोली लगाएका नजर याद आयोबन्द ओठमैंँ मुस्काएका लहर याद आयो । नाग बेली चुल्ठो खोली मदहोस वतासमाकेश फिजाई बटुलेका सगर याद आयो । मेरा हरेक अड्चन ती फूल झैँ बनाएरदिलभित्रै धड्कीएका रहर याद आयो । झम्के साँझ एकअर्काको अँगालोमा बेह्रीईँदाश्वास प्रश्वास रोकिएका बगर याद आयो । जुनताराको गाउँ खोज्यौँ प्रेमील भै रमाउननचिने झैँ हिँडिएका डगर याद आयो ।। -परशुराम घिमिरे निदान...
हरिवनमा अखिल(क्रान्तिकारी) को मधेस प्रदेश भेला सम्पन्न

हरिवनमा अखिल(क्रान्तिकारी) को मधेस प्रदेश भेला सम्पन्न

सर्लाही बिशेष
हरिवन । अखिल (क्रान्तिकारी) मधेश प्रदेश ले हिजो सर्लाहीको हरिवनमा बृहत भेला कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अखिल क्रान्तिकारीको केन्द्रीय संयोजक पवन कार्कीको प्रमुख आतिथ्यतामा, प्रदेश संयोजक शिवराज धमलाको सभातित्वमा, नेपाल कमयुनिष्ट पार्टी माओवादी केन्द्रको पूर्व केन्द्रीय सदस्य तथा जनसांस्कृतिक मंच मधेश प्रदेशका अध्यक्ष भक्ति रिजाल, अखिल (क्रान्तिकारी) का विभागिय प्रमुखहरु बालकुमार केसी, समिर बुढाथोकी (मुक्ति ). दिनेश यादव, राजेश पटेल, चेत प्रसाद बोलाखे, जुबैर आलम , संजिव फ्युयाल, रबिन बस्नेत, विशेष प्रदेश संयोजक संजिव कार्की, विभागिय सचिव विवेक मैनाली, एहशान अन्सारी लगाएतका केन्द्रीय नेताहरुको उपस्थितिमा भवयताकासाथ सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक पबन कार्कीले यस बृहत भेलाले संगठनको आधिकारिक्ता को बिषयमा कर्याकर्ताहरुले नै प्रष्ट परिसकेको छ । ज...
कविता : मास्क र मार्क्स – बि पि बिद्रोही

कविता : मास्क र मार्क्स – बि पि बिद्रोही

सर्लाही बिशेष
उनिहरु सोधिरहेछन सोधिरहेछनमास्क खोइसेनिटाईजर खोइउनिहरु कहिल्यै सोध्दैननझुक्किएर पनिमार्क्स खोइलेनिन खोइ ? भाइरसको कारण पुँजिबाद होपुँजिबादको अन्त्यको उपाय मार्क्सवाद होमास्कसँगै मार्क्सवाद खोजौंभन्ने मेरो अपिल छ ! चोकमा रुंगेर मास्क मात्र नखोजौंकहिलेकाही त खोजौं स्वाधीनता र स्वाभिमानकहिलेकाही त खोजौं कालापानीलिपुलेक र सुस्ता पनि !कहिलेकाहीँ त खोजौं हराएका सपनाहरूकहिलेकाहीँ त खोजौं सपनाहरू खोज्दाखोज्दैहराएकाहरु-हराइएकाहरुलुकाएकाहरु -लुकाइएकाहरु बालुवाटार देखि खुमलटार-बालकोट राजमार्गमाहुइकने गाडिले सवारी चालक अनुमतिपत्र माग्दाबरु झुक्किएरदेश बेच्ने किर्ते लाइसेन्स देखाउँछदेखाउँदैन सेतो मास्कले छोपेकोकालो नक्कली माक्र्सवादी अनुहार ! कोरोनाको यो यामसत्ता चहान्छमार्क्सवादीहरु पनिमास्कले छोपिउन ओ शासक मेरो चेहरामा मास्क होइनमार्क्सवाद नियालम गर्भमै तुहाउन खोजिएकोसमाजबादी शिशु हुँ ...
लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०७९’ का लागि छनोट भए १० कृति

लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०७९’ का लागि छनोट भए १० कृति

सर्लाही बिशेष
लालबन्दी ।  लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०७९’ का लागि छनोट भएका १० कृतिहरूको नाम  लालबन्दी नगर वाङ्मय परिषद्ले सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त वाङ्मय परिषद्ले आज एक विज्ञप्तिमार्फत १० कृतिहरू र तिनका सर्जकहरूको नाम पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो । स्वतन्त्र विज्ञहरूसहितको  सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा निम्न सूची सार्वजनिक गरेको हो । छनौटमा परेका कृतिहरूमा डा. नवराज लम्सालको अग्नि, प्रतीक ढकालको उज्यालो कर्णाली, सुरेन्द्र अस्तफलकाे तेल भिसा, सुशीला पौडेलको तृषा, मोहन मैनालीको देखेको देश, डा. नेत्र एटमको प्रिय मौनता, टीका आत्रेयको भ्रूण प्रश्न, महेश थापाको मरीचिका, दिपा मेवाहाङ राई को यादको सन्दुक र बिना थिङको याम्वुनेर रहेको उक्त विज्ञप्तिमा उल्लेख छ ...
एकिकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दीले  बुझायो नगरप्रमुखलाई  ध्यानाकर्षणपत्र

एकिकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दीले बुझायो नगरप्रमुखलाई ध्यानाकर्षणपत्र

सर्लाही बिशेष
लालबन्दी । नेकपा (माओवादी केन्द्र) निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगर कमिटिले लालबन्दी नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संगठनले लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीलाई १९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । शिक्षक संगठनले स्थानिय सरकारले माध्यामिक शिक्षामा देखिने खालको कुनै काम नगर्दा शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान हुन नसकेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ । संगठनले आफ्नो ध्यानाकर्षण पत्रमा मासिक पारिश्रमिकको व्यावस्था, शैक्षिक तालिम तथा अवलोकन भ्रमण, बालविकास र कर्माचारीहरुलाई सम्मानजनक तलबको व्यवस्था, आर्थिक तथा प्राविधिक सहयोग सहित विद्यालय नियमित अनुगमन र नगरपालिकाको कुल बजेटको २० प्रतिशत रकम शिक्षामा विनियोजन गर्नु पर्ने माग राखेको छ । संगठनको लालबन्दी नगर कमिटिका अध्यक्ष तुलसा गौतमका अनुसार विद्यालय बाहिर रहेक...
केन्द्राध्यक्षहरुको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

केन्द्राध्यक्षहरुको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

सर्लाही बिशेष
सर्लाही । शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरको सूचना अनुसार यही मिति २०७९ साउन २८ गते विहान ८ः०० बजेदेखि सञ्चालन हुने निम्नमाध्यमिक तह अध्यापन अनुमतिपत्रको लिखित परीक्षाकाे सर्लाही परीक्षा केन्द्रका लागि नियुक्त केन्द्राध्यक्षहरुको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखीकरणमा जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले शिक्षक सेवा आयोग परीक्षा सञ्चालन निर्देशिका, २०७८, शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरको परीक्षा सञ्चालन विषयक परिपत्र तथा जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीको निर्देशनानुसार स्वच्छ, निष्पक्ष, मर्यादित, अनुशासित, व्यवस्थित, विश्वसनीय र भय रहित वातावरणमा परीक्षा सञ्चालन, व्यवस्थापन एवं सम्पादन गर्नु/गराउनु हुने अपेक्षा राखेको बताउनु भयो । उहाँले तराई मधेश क्षेत्रमा परीक्षामा हुने गरेको अनियमिततालाई पूर्णरुपमा बन...