Saturday, April 18News That Matters

सर्लाही बिशेष

लघुकथा -“मेरो बाल्यकाल”सन्तोष कार्की,माैसुफ

लघुकथा -“मेरो बाल्यकाल”सन्तोष कार्की,माैसुफ

सर्लाही बिशेष
मेरो बाल्यकालको समयमा कुखुरा 🐓 बासेपछी निन्द्राबाट उठ्नुपर्थ्यो । कहिले बुबाको गालीले, त कहिले आमाको मायालेओछ्यानबाट उठ्नुपर्थ्यो । घाम आउनु भन्दा अगाडि नै दिन सुरु हुन्थ्योजो कोही आफ्नो कामलाई लिएर, आफ्नो भागमा परेको काममा लागि पर्थे । घरको एकलग काम गरेपछिनुहाई धुवाइ गरि स्कुल जानलाई तयार हुन्थ्यौंजसलाई स्कुल जान मन हुँदैन थियो , पेट पक्डिएर रुन थाल्यौं। २/४ कोलोमिटर हिडेर हामी हाम्रो स्कुल पुग्थेउआआफ्नो कक्षामा गएर किताब राख्थेउबिहान सबैजना स्कुलको ग्राउन्डमा राष्ट्रिय गाना गाउँथ्यौ..( श्री मान गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति…) त्यसपछि सबैजना आआफ्नो कक्षामा जान्थेउकक्षा गित ( हट्ने होइन, डटि लड्ने नेपालीको बानी हुन्छ..) गाएपछी तुरुन्तै पढाइ सुरु हुन्थ्यो,सायद नै कुनै घण्टी हुदैन थियोसरको हातबाट कुटाइ नखाको । चार घण्टी पढेपछि टिफिन घण्टी लाग्थ्योसबैजना स्कुल नजिकैको ...
आज यी प्रदेशमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

आज यी प्रदेशमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

सर्लाही बिशेष
काठमाडौं । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ । आज बिहान गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो देशका पहाडी भू-भागमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेको देशका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव को जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा तराईका जिल्लामा बाढी आउन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
सर्लाही निर्वाचन क्षेत्र नं.२(ख)बाट लोसपाबाट संभाबित उम्मेदवार हुसैन खानको चर्चा

सर्लाही निर्वाचन क्षेत्र नं.२(ख)बाट लोसपाबाट संभाबित उम्मेदवार हुसैन खानको चर्चा

सर्लाही बिशेष
सर्लाही । मङ्सिर ४ गते मुलुकमा निर्वाचन घोषणासँगै सर्लाही निर्वाचन क्षेत्र नं.२ (ख)बाट लोकतान्त्रिक समाजवादी पार्टीका संभाबित उम्मेदवार हुसैन खानको नाम चर्चामा रहेको छ । जिल्ला उपाध्यक्ष खानले आपनो उम्मेदवारी घोषणा गरे देखि नाम चर्चामा रहको छ । निर्वाचन क्षेत्र नं. २ (ख)को कौडेना गाउँपालिका वडा नं. ५छपकहियाँ निवासि हुसैन यूवाहरु राजनितिमा पछाडि पारीएकोले यूवाहरुको प्रतिनिधित्व गर्न आफुले उम्मेदवारी दिन लागेको बताउनु भयो । वहाँले जिल्लाकै पुरानो नगरपालिक मलंगवा पनि यही क्षेत्र पर्ने भएको र मलंगवा समुचित बिकास हुन नसकेको बताउदै हुसैन आफु यस क्षेत्रको समुचित बिकासको लागि अहोरात्र खटने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । हुसैन यस अधि तराई मधेश प्रवासि संघ कतारका संस्थापक अध्यक्ष ,एन.आर.एन कतारका केन्द्रिय महाधिबेसन प्रतिनिधि तथा सल्लाहकार समेत रही सक्नु भएकोछ ।...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापानको टोकियोमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापानको टोकियोमा

सर्लाही बिशेष
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापानको टोकियो स्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् । जापानस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले नारिता अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरे।नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा प्रचण्ड जापान उडेका हुन् । उनले भ्रमणका क्रममा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यातालिका रहेको छ । उनको सचिवालयले दिएको जानकारी अनुसार प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजना हुने ‘नेपाल फेस्टिभल’को समुद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तैगरी आइतबार हिरोसिमाको भ्रमण गर्नेछन् । हिरोसिमा घटना भएको शनिबार ७५ बर्ष पूरा हुँदैछ । त्यस्तैगरी अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम पनि रहेको छ ।...
लघुकथा –  “मशानघाटको चिठ्ठी  ”  परशुराम घिमिरे ,निदान

लघुकथा – “मशानघाटको चिठ्ठी ” परशुराम घिमिरे ,निदान

सर्लाही बिशेष
"मानवमात्रको हित सोच्नु तिम्रो दुर्भाग्य !मानव तिमी विनाशकारी बनिरहेकोले म बाध्य बनेको हुँ …………….. "मशानघाट अगाडि लेख्छ -- "तिमी आफैं आफ्नो अन्त्यको तयारीगरिरहेका छौ , तिमीले मृत्युसँग डराउने र म सम्म आउन हिचकिचाउन पर्ने कुनै कारण देख्दिनँ म । प्रकृति सँग पौठेजोरी खेल्दै मानव लगाएत अवोध प्राणीलाई सम्पूर्णरूपले असर हुनेगरि जे जस्ता विनासका साधन निर्माण गर्यौ विकासका नाममा । त्यसमा केवल मानवहरुको मात्र स्वार्थ निहित भएको देखिन्छ । के यस धरामा अरु प्राणी सहजरूपले बाच्न पाउने अधिकार छैन र ? उनीहरुको र तिमीहरको समान थलो होइन यो पृथ्वी ? हे मानव ! तिमीले अफ्ना न्यायलयहरुमा मानव बाहेक वनस्पति वा अन्य प्राणीको हक अधिकारको बिषयमा कहिलेबाट बहस गर्छौ वा गर्न उचित ठान्छौ ? केबल महान बन्ने होडमा प्रकृतीलाई विनास गर्ने अधिकार कहिले बाट पायौ र कस्ले दियो ? तिम्रो क्रियाकलापले विनास भैरहेछ समय अनि म किन द...
गजल l बि पि बिद्रोही

गजल l बि पि बिद्रोही

सर्लाही बिशेष
झण्डा गाड लिपुलेकमा लेख देशको नामकिन चाहियो अयोध्या किन चाहियो राम नबिराउ नडराउ झुट हटाउ दिमागबाटकिन चाहियो छलकपड किन छलछाम टाउको दुख्दा निरमसी खाउँ भोक लागे सिस्नोकिन चाहियो हिरामोती किन चाहियो दाम मकै पिसि रोटो हालौं डोबेर खाउँ नुन खुर्सानीकिन चाहियो पाउरोटी किन चाहियो जाम नजाउँ परदेश दुख गरे खुसी फल्छ हाम्रै खेतमाकिन चाहियो तातो गर्मि किन चाहियो घाम भेटेर नै चौतारीमा दुख सुख बाडौंला नि,किन चाहियो चिठीपत्र किन चाहियो खाम बि पि बिद्रोही...
कांग्रेस सर्लाहीको कार्यवाहक सभापतिको जिम्मेवारी डा.यादवलाई  दिईयो

कांग्रेस सर्लाहीको कार्यवाहक सभापतिको जिम्मेवारी डा.यादवलाई दिईयो

सर्लाही बिशेष
सर्लाही । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उप–सभापति डा.सरोज कुमार यादवले पाउनुभएको छ । पार्टीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह व्यक्तिगत कामले केही समय जिल्ला बाहिर रहनुहुने भएपछि उप–सभापति यादवले कार्यवाहक सभापतिको जिम्मेवारी पाउनुभएको हो । सभापति सिंह पार्टीको काममा नफर्किंदासम्म पार्टीको सम्पूर्ण कार्य सम्पादन गर्ने गरी उप–सभापति यादवलाई जिम्मेवारी दिइएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ । सभापति सिंहको पत्रकै आधारमा बुधबारदेखि नै कार्यवाहक सभापति पदको जिम्मेवारी सम्हालिसकेको उप-सभापति डा.यादवले बताउनुभएको छ ।...
स्थानीय तहमा शान्ति निर्माण सम्बन्धमा निर्वाचित जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्थानीय तहमा शान्ति निर्माण सम्बन्धमा निर्वाचित जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सर्लाही बिशेष
धिरोज यादव, मलंगवा । सर्लाही सदरमुकाम मलंगवामा स्थानीय तहमा शान्ति निर्माण सम्बन्धमा निर्वाचित जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राकृतिक श्रोत द्वन्द्ध रूपान्तरण केन्द्र नेपालको आयोजना र जिल्ला समन्वय समिति सर्लाहीको समन्वयमा कार्यक्रम गरिएको हो । प्राकृतिक श्रोत द्वन्द्ध रूपान्तरण केन्द्र नेपालको राष्ट्रिय श्रोत ब्यक्ति कृष्ण गौतमको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुसँग स्थानिय तहको शान्ति निर्माण विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप–सभापतिसहित जिल्लाका सबै पालिकाका प्रमुख, उपप्रमुखहरुको सहभागीता रहेको थियो । कार्यक्रममार्फत संस्थाले गरेको काम र अभियानका बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो । प्राकृतिक श्रोत द्वन्द्ध रूपान्तरण...
जिल्ला न्यायाधीशहरुकाे विदाईमा कर्मचारी मिलन केन्द्र सर्लाहीले गरे “फेरी भेटौला कार्यक्रम”

जिल्ला न्यायाधीशहरुकाे विदाईमा कर्मचारी मिलन केन्द्र सर्लाहीले गरे “फेरी भेटौला कार्यक्रम”

सर्लाही बिशेष
सर्लाही । कर्मचारी मिलन केन्द्र, सर्लाहीले एक कार्यक्रमका बिच सरूवा हुनु भएका जिल्ला न्यायाधीशहरूलाई "फेरी भेटौला कार्यक्रम" मार्फत विदाई गरेको छ । जिल्ला प्रशासन कार्यालय, सर्लाहीको सभा हलमा कर्मचारी मिलन केन्द्रद्वारा आयोजित फेरी भेटौला कार्यक्रममा सर्लाही जिल्ला अदालत, मलंगवाबाट सरूवा भई जान लाग्नु भएका माननीय प्रमुख जिल्ला न्यायाधीश  ध्रुव कुमार पिया, माननीय जिल्ला न्यायाधीश दुर्गा प्रसाद ढुंगेल, माननीय जिल्ला न्यायाधीश विदुर कोइराला र माननीय जिल्ला न्यायाधीश टेकनाथ गौतमलाई विदाई गरेकाे छ । विदाई हुने माननीय न्यायाधीशहरूलाई कर्मचारी मिलन केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले "मायाको चिनो", केन्द्रका अध्यक्ष रामदरेश रायले "गम्छा " र केन्द्रका वरिष्ठ उपाध्यक्ष होमनाथ सुवेदीले "अविर र माला" लगाएर विदाई गरे । कार्यक्रमका मुख्य आकर्षक व्यक्तित्व एवं प...
आज नाग पञ्चमी मनाइँदै: यस्तो छ धार्मिक मान्यता

आज नाग पञ्चमी मनाइँदै: यस्तो छ धार्मिक मान्यता

सर्लाही बिशेष
काठमाडौँ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको ह...